१५ चैत्र । अष्ट्रेलियाली सरकारले नेपालबाट आफ्ना नागरिक अष्ट्रेलिया लैजान सार्वजनिक सूचना नै जारी गरेको छ ।
नेपालस्थित अष्ट्रेलियाली दूतावासका अनुसार नेपालमा रहेका अष्ट्रेलियाली नागरिक लैजान कतार एयरवेजको उडान सिड्नीसम्म बन्दोबस्त गरिने लागिएको छ ।
महामारीको विपद् भोगिरहेका विभिन्न राष्ट्रका सरकारहरुले आफ्ना नागरिकलाई देशमै उतार्न संसारभरी जहाज रिजर्व गरिरहेका छन् ।
नेपालस्थित दूतावासका अनुसार नेपालको लकडाउन लम्बिँदै जाने र नेपाल रहेका अष्ट्रेलियालीहरु असहजता पर्ने डरले अष्ट्रेलियनहरुलाई मुख्य प्राथमिकता दिएर राजदूत स्वयमले सो व्यवस्थापन गर्न लागेको जनाइएको छ ।
दूतावासले नेपाल सरकारको सकरात्मक व्यवस्थापन प्रति धन्यवाद ज्ञापन गर्दै जान चाहेकालाई मात्र सो व्यवस्था गरिएको बताएको छ ।
वि.सं.२०७६ चैत १५ शनिवार १७:२१ मा प्रकाशित






























