१५ चैत, काठमाण्डौं । नेपालमा कोरोना भाइरस संक्रमणको संख्या पाँच पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज भाइरस पोजेटिभ देखिएकी बाग्लुङकी १९ वर्षीया युवती हुन् । उनी बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा डा. देवकोटाले उक्त कुराको जानकारी दिएका हुन् । ती युवती चिकित्सकको सम्पर्कमा रहेको र बाग्लुङबाट काठमाण्डौं ल्याउने तयारी गरिरहेको बताइएको छ ।
उनी पनि चैत्र ४ गते (मार्च १७) मा फ्रान्सबाट आएकी युवतीसँगै कतार इयरवेजको जहाज क्यू आर ६५२ मै नेपाल आएकी थिइन् ।
डा .देवकोटाका अनुसार अहिलेसम्म ८ सय ७५ केस टेष्ट गरिसकीएको छ । टेकु अस्पतालमा अहिलेसम्म आइसोलेसनमा १० जना रहेका छन् । जसमा ४ जना आइसोलेन र ६ जना क्वारेन्टिनमा रहेको छन् भने ती मध्ये २ जना पोजिेटिभ हुन् उनीहरुको उपचार भइरहेको छ ।
वि.सं.२०७६ चैत १५ शनिवार १७:२६ मा प्रकाशित






























