back
CTIZAN AD

प्रिय मान्छे, कोरोनामाथिको जित पनि हाम्रै भागमा पर्नेछ 

वि.सं.२०७६ चैत १५ शनिवार

771 

shares

तात्कालिक सापेक्षतामा सुविधा र तालिमले सुसज्जित सेनाहरूलाई टाकुरामा बसेर ढुङ्गा लडाएरै अनि लुकेर अरिङ्गालका गोलामा ढुङ्गा हानेरै हाम्रो इतिहासको क्यानभासमा रगतलाई रङ बनाएर स्वतन्त्रताको नक्शा कोर्ने काम हाम्रा अग्रजहरूले गरेका हुन् । यतिवेला स्रोत साधन नभए पनि जित्न सकिन्छ भन्ने विगतका नजिरहरूलाई सम्झेर व्यवहार गरौं । कोरोनामाथिको जित पनि हाम्रै भागमा पर्नेछ ।

संसार कोभिड १९ बाट आक्रान्त छ । करिब छ लाखजतिलाई यसले भौतिक रूपमै छोयो । बाँकी संसारमा कोरोना भाइरसले भूत बनेर आतङ्क मच्चाइरहेको छ ।

मान्छेका सबै प्रयत्न जीवनका निम्ति हुन् । जब जीवन सङ्कटमा परेको अनुभूति हुन्छ तब साङ्गहरू दौडिन थाल्छन्, विकलाङ्गहरू रूनकराउन । कोरोनाले दौडिन सक्ने र नसक्ने, शक्तिशाली र अशक्त, पहिलो विश्वको र तेस्रो विश्वको भनेर भेदभाव गर्दैन । नत पण्डित र लामाहरू न त पादरी र मौलानाहरू सबैका लागि यतिबेला कोरोना कहर अपूर्व भोगाइ बनेको छ ।

संसार हाम्रो हो भन्ने अझ एउटा युगको राजनैतिक र सामरिक महामारी बेलायतको प्यालेस र वेष्टमिनिष्टरका रक्षाकवचहरू तोडेर कोरोना राजकुमार र प्रधानमन्त्रीमाथि जाइलागेको छ । यस्तो अवस्थामा हामी जस्ता मागेर युरोपेली जिन्दगी बाँच्न पल्केकाहरूको सुरक्षा कसले गर्दिने होला । हामी आफैंले मात्र यो समस्याको समाधान गर्न सकिन्छ । नेपालको स्वतन्त्रता दिवस छैन । हामी कहिल्यै पराधीन नहुनु क्यालेण्डरमा यो पर्वले स्थान नपाउनुको कारण हो ।

हो, तात्कालिक सापेक्षतामा सुविधा र तालिमले सुसज्जित सेनाहरूलाई टाकुरामा बसेर ढुङ्गा लडाएरै अनि लुकेर अरिङ्गालका गोलामा ढुङ्गा हानेरै हाम्रो इतिहासको क्यानभासमा रगतलाई रङ बनाएर स्वतन्त्रताको नक्शा कोर्ने काम हाम्रा अग्रजहरूले गरेका हुन् । यतिवेला स्रोत साधन नभए पनि जित्न सकिन्छ भन्ने विगतका नजिरहरूलाई सम्झेर व्यवहार गरौं । कोरोनामाथिको जित पनि हाम्रै भागमा पर्नेछ ।

केही समय एकान्तवास अरू थपिने छ । हामीले हार खानु हुँदैन । सरकारले गरेको आव्हानलाई स्विकारेर चल्नुपर्छ । समस्या कोरोनाको भन्दा भोकको हुनेछ । हामी हुनेखाने पनि छौं, भए खाने पनि । गरिखाने पनि छौं बसिखाने पनि । काम गर्नेहरूसँग सञ्चय गर्ने सामर्थ्य छैन । धैर्य बेलेर रोटी बन्दैन । भोक नै भयमाथि विजय पाउनका लागि प्रयोग भएको प्रामाणिक हतियार हो । त्यसैले यो हतियारको प्रयोग गर्नपर्ने परिस्थिति सिर्जना हुनबाट समाजलाई रोकौं । नखाए मरिन्छ भन्ने भएले गर्दा मान्छे अन्तिममा भकारी भत्काउन निस्कन्छ । त्यसैले अब हाम्रो नजिकमा भएका दैनिक ज्यालादारी गरेर बाँचेका मान्छेहरूको बारेमा सोचौं ।

ठूला ठूला महल, गोदाम र सेप (लकर) बनाउने पनि यिनै हुन् र भत्काउन पर्दा पनि यिनीहरूकै प्रयोग हुन्छ । यो सत्यलाई बुझेर काम गरौं । त्रिपिटक, कुरान, बाइबल र पुराण सबैमा भएको कुरा एउटै हो, सबै जीवनको मूल्य समान हुन्छ । तर केही लोभीपापीले आफ्नो कम्पनीको उत्पादनको मार्क प्राइज बढी टाँसिदिए झैं तेरो र मेरोको भनेर अब्बल र दोयम बनाएर कित्ताकाट गरिदिँदा संसार रछानसमान बनेको हो । अब यो विपत्तिको सामना गर्न वास्तविक भौतिक दुरी बढाउने र मानवताको दुरी घटाउने प्रण गर्नुपर्छ ।

हाम्रो समाज धर्मभिरू भनिन्छ । अब परीक्षाको घडीमा छौं हामी । आफूले खानेबेलामा अर्को कुनै भोक चपाएर बसेको देवतालाई सम्झने गरौं । नखाने मुर्तिमा स्याउ सुन्तला चढाउने, अर्घ र अलङ्कार चढाउने हामीले कोरोना कहरबाट बच्ने साझा लडाइमा बाँडेर खाउँ मिलेर बाँचौको भजनलाई भजेर होइन अपनाएर देखाउनु आवश्यक छ ।

व्यक्ति प्राकृतिक सत्ता हो । अथवा व्यक्ति आफू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सबै अधिकार एकैपटकमा प्रयोग गर्न सक्छ ।

भान्सामा बनेको आँटोपिठो बाँडेर खानलाई न अख्तियारले रोक्छ न कुनै कानुनले । न त बाँड्नका लागि कुनै अध्यादेश जारी गर्नपर्छ ।

त्यसैले मबाट हामी बनेर हिँड्ने बाचा गरौं ।

उमेरका बालबालिका र बृद्धबृद्धालाई जसरी अग्राधिकार र आरक्षणको कुरा गरिन्छ यतिवेला अभावका कारण अस्तव्यस्त बन्न लागेकाहरूलाई प्राथमिकतामा राखौं ।

साबुन पानीले धोएर त हात मात्र सफा हुन्छ । अब विचारले धोएर मनलाई सुकिलो बनाउनु पर्छ ।

घर सफा, शरीर सफा त गरेकै छौं अब मन सफा गर्ने बाचा गरौं ।

आशा छ हामी हामीसँगै हामीभन्दा कमजोरहरूलाई पनि बचाउनका लागि क्रियशील बन्ने छौं । सबैले आफ्नो क्षमताअनुसार आफ्नो नजिकका मान्छेलाई सहयोग गर्ने हो भने राहत वितरणको काम गर्न सजिलो पर्नेछ ।

बाढीपैह्रो, भूकम्प र आगलागि पिडितलाई त एकै ठाउँमा जम्मा गरेर खाने, बस्ने र उपचार गर्ने शिविर नै चलाउन सकिन्छ तर यो यस्तो सङ्कट हो जहाँ आफ्नो प्रियजनलाई ज्वरो आइनै हाले पनि सुम्सुम्याउन मिल्दैन । आशा छ हामी भयभित हुने छैनौ तर सतर्कताका साथ सङ्कटबाट मुक्तिका लागि घरभित्रै बसेर पनि खटिरहने छौं ।

धन्यवाद

वि.सं.२०७६ चैत १५ शनिवार १७:३७ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...