back
CTIZAN AD

मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन एकसाता लम्बिन सक्ने

वि.सं.२०७६ चैत १६ आइतवार

774 

shares

१६ चैत, काठमाण्डौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकार थप एकसाता लकडाउन गर्ने तयारीमा रहेको छ ।

यसअघि चैत्र १० गते फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना संक्रमण देखिएपछि तत्कालै बसेको कोरोना रोकथामम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले चैत ११ गतेबाट गरिएको लकडाउन चैत १८ गते बिहान सकिने भएपनि पुनः एकसाता थप गरिने भएको हो ।

यस विषयमा थप छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बेलाएका हुन् । उक्त बैठकले नै थप लकडाउनेको विषयमा निर्णय गर्ने श्रोतले जनाएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन जस्तो अन्य विकल्प नभएकाले पनि सरकारले लकडाउन थप गरेर महामारीलाई रोक्ने तयारी गरिरहेको हो ।

लक डाउनका बेला बढी प्रभावित भएको मजदूर क्षेत्रको समस्या सम्बोधनका लागि सरकारले विशेष राहत प्याकेज ल्याउने बताइएको छ । यसअघि केही स्थानीय निकायले दैनिक मजदुरी गरेर जिवीकोपार्जन गर्नेहरुका लागि खाना खाने व्यवस्था मिलाइएको र अत्यावस्यक बजेट व्यवस्था गर्ने तयारी समेत गरिरहेको बताइएको छ ।

लकडाउन गरिए पनि सर्वसाधारणहरु अत्यावस्यक तथा खाद्य सामाग्रीका लागि बाहिर निस्कने गरेको र त्यसले झन जोखिम बढाएको भन्दै त्यसका लागि तरकारी, खाद्यान्न लगायतका सामग्री घर–घर पुर्याउनका लागि पनि छलफल भएको थियो । त्यसको पनि आज छलफल गरिने बताइएको छ ।

फाइल फोटो

वि.सं.२०७६ चैत १६ आइतवार ११:३० मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...