back
CTIZAN AD

टिकापुर नगरपालिकाले सुरु गर्यो कोभिड १९- हटलाइन सेवा

वि.सं.२०७६ चैत १६ आइतवार

831 

shares

१६ चैत, लम्की। टीकापुर नगरपालिकाले कारोना भाइरस ( कोभिड– १९) को जोखिम हुन नदिन हटलाइन सेवा शुरुआत गरेको छ ।

सो भाइरसको सम्भावित जोखिमका बारेमा सरोकार समूहसित समन्वय गर्न नगरपालिकाले ०९१५६००८८ र ०९१ ५६१०८८ नम्बर मार्फत् हटलाइन सेवा शुरु गरेको हो ।

शनिबार यहाँ बसेको सर्वदलीय बैठकले सो भाइरसको जोखिम विरुद्ध सामुहिक काम गर्ने निर्णय गरेको छ ।
मुख्य राजनैतिक पार्टीका नेतृत्व सहभागि सो बैठकले लकडाउनमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ लगायत सरोकारवालासँग समन्वय गर्ने निर्णय समेत गरेको छ । ‘स्वास्थ्य तथा दैनिक उपभोगका वस्तुको समस्या लगायत केही भएमा नगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवामा फोन गर्न म नगरवासीलाई आग्रह गर्दछु ।’ नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने ।

बैठकले टीकापुर नगरपालिका अन्तर्गत सङघ सस्थाले राहत सामग्र्री वितरण लगायत अन्य गतिविधि सञ्चालन गर्दा एकद्वार प्रणालि मार्फत् नगरपालिकासँग समन्वय गरी वितरण गर्ने निर्णय सो बैठकले गरेको छ ।

बैठकले भारत लगायत अन्य मुलुकबाट जिल्लामा आएकालाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने निर्णय समेत गरेको छ । ‘लकडाउन अघि नगर प्रवेश गरेका सबै नागरिकलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका छौं । भोलिदेखि प्रहरीले खोजी गरी क्वारेन्टाइनमा राख्नेछन् । अटेर गर्नेलाई कारवाही हुनेछ ।” उनले भने ।

नगरपालिकाले रु ३६ लाख को विपद् कोष समेत खडा गरेको छ । बैठकमा नेकपाका नगर अध्यक्ष खडक शाह, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, समाजवादी पार्टीका हरि तिमिल्सेना लगायतका नेताहरु सहभागि थिए । रासस

वि.सं.२०७६ चैत १६ आइतवार १२:१३ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...