१८ चैत्र, काठमाडौँ । अमेरिकाले नेपालमा रहेका ३०२ जना अमेरिकी नागरिकलाई आज दिउँसो अमेरिका फर्काएको छ ।
नेपालस्थित अमेरिकी दूतावासको संयोजनमा नेपालका विभिन्न ठाउँमा रहेका अमेरिकी नागरिकको उद्धार गरि काठमाडौँबाट आज फर्काइएको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले देशभर लकडाउन गरेका कारण अमेरिकी दूतावासले आफ्ना नागरिकलाई स्वदेश पठाएको हो ।
राजदूत र्याण्डी डब्लु बेरीले सयौँ घण्टाको समन्वय र सहकार्यबाटै विभिन्न ठाउँमा रहेका अमेरिकी नागरिकको उद्धार गरी फर्काउन सफल भएको बताएका छन् ।
उनले उद्धार कार्यमा जुट्ने नेपाली पथप्रदर्शक तथा दूतावास टिमप्रति आभार व्यक्त गरेका छन् । त्यस्तै उनीहरुको बसोबास, निःशुल्क भोजन र आरामको व्यवस्था गरेर अतिथि सत्कार देखाउनु भएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
वि.सं.२०७६ चैत १८ मंगलवार १७:२५ मा प्रकाशित






























