back
CTIZAN AD

चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि…

वि.सं.२०७३ पुस ४ सोमवार

942 

shares

४ पुस, बेनी (म्याग्दी)  । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् ।

मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायतका हिन्दू र्धमशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताउनुभयो ।

“मन्दिर परिसरमा रहेको विशाल चट्टानमा दैवी शक्तिमा प्रतीक देखिन थालेका छन् । सबैको आकार धर्मशास्त्रमा नामाकारण गरेजस्तै छन्” उहाँले भन्नुभयो ।

केसीका अनुसार सबैभन्दा बढी शिवलिङ्ग र सालग्राम भए पनि अन्यको सङ्ख्यासमेत बढ्दै जान थालेको छ । क्षेत्र विकास कोषले संरक्षणका लागि रङ लगाउनुका साथै आसपासका क्षेत्रमा खोजीकार्य समेत सुरु गरेको छ । मन्दिरमा पूजाआजा गर्न जाने भक्तजनले त्यहाँ समेत गएर पूजा गर्न थालेका छन् । मन्दिरका पुजारीका अनुसार आकार दिनप्रति दिन बढ्दै जान थालेपछि अवलोकन गर्न आउने समेत अचम्मित हुने गरेका छन् । त्यसक्षेत्रमा करिब ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ ।

विश्वमै सबैभन्दा ठूलो चट्टानको दाबी गरिएको गलेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल समेत भइरहेको छ । गलेश्वर क्षेत्रको विकासका लागि राज्य, स्थानीयका साथै प्रवासमा रहेका नेपालीले समेत सहयोग गर्दै आइरहेका छन् । रासस

वि.सं.२०७३ पुस ४ सोमवार ०४:१३ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...