back
CTIZAN AD

कल्याण कोष स्थापना गर्न एनआरएनएद्वारा उच्चस्तरीय समिति गठन

वि.सं.२०७६ चैत २४ सोमवार

837 

shares

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसबिरुद्ध लड्न नेपाल सरकारलाई १ करोड ६० लाखको भौतिक सामग्री सहयोग गर्ने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एनआरएनए कल्याण कोष स्थापना गर्न उच्चस्तरीय समिति गठन गरेको छ । संघको आइतबार सम्पन्न पदाधिकारी बैठकले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधिलाई समेटेर एक समिति गठन गरेको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए ।

‘एनआरएनए कल्याण कोष’ को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड रुपैयाँ जम्मा गर्दै जाने ठोस योजनासहित कार्य अगाडी बढाउने उद्देश्यले समिति गठन गरिएको लण्डनबाट संचारकर्मी चिरन शर्माले जानकारी दिए । बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सबाट नेपाल राष्ट्र बैंकले दिने कमिसनको केही अंश सो कोषमा जम्मा हुँदा वार्षिक ८ करोड रुपैयाँ संकलन हुने संघको अनुमान छ ।

नवगठित समितिमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, अध्यक्ष बैंकिङ्ग एशोसियसन्, अध्यक्ष, नेपाल रेमिट्यान्स एशोसियसन, संघका उपाध्यक्ष डा बद्री केसी, प्रवक्ता डिबी क्षेत्री, चिरन्जीवी थापा र सदस्य सचिवमा अनल भट्टराई रहेका छन् ।

यसैबीच गैरआवासीय नेपाली संघद्वारा गठित कोविड–१९ राहत कोषको उपसमिति विस्तार गरिएको संघका उपाध्यक्ष सोनाम लामाले जानकारी दिए ।

संघको परोपकार तथा राहत विभागका प्रमुखसमेत रहेका लामाले कोरोना महामारीको लागि आर्थिक संकलनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले क्षेत्रीय संयोजकहरुलाई समेत परिचालन गर्न लागिएको जानकारी दिए । संघका कोषाध्यक्ष श्रेष्ठको संयोजत्वमा गठित सो समितिको उपसंयोजकमा गौरी जोशी, आरके शर्मा, लोक दाहाल छन् ।

यस्तै समितिको सदस्यहरुमा राजन त्रिपाठी(अमेरीका), नारायण आचार्य (युरोप), रविन्द्रप्रसाद श्रेष्ठ, प्रविन गुरुङ, होमनाथ पाण्डे, रोशन थापा छन् । संघका सबै राष्ट्रिय समितिका अध्यक्षहरु सो समितिको पदेन सदस्य रहने छन् ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसबिरुद्ध लड्न नेपाल सरकारलाई १ करोड ६० लाखको भौतिक सामग्री सहयोग गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७६ चैत २४ सोमवार १६:२७ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...