back
CTIZAN AD

मौलाउँदो भ्रष्टाचारका कारण र नियन्त्रणका केहि उपायहरु

वि.सं.२०७६ चैत २४ सोमवार

1.2K 

shares

गरिब र धनी बिचको खाडल सांघुरो पार्दै बास्तविक समाजबादतर्फ जान सहि योजना बन्नुपर्दछ । राज्य चलाउनेहरुले माथिबाटै उदाहरण संप्रेषण गर्न सक्नुपर्दछ । भ्रष्टाचारलाइ शत्रु भन्ने तर त्यसैको वरपर लसपस गरीरहने हो भने यो हटदैन । नेतृत्वको इच्छाशक्ति र मनोवल प्रष्ट हुन जरुरी छ ।

सिंगो मानव समुदायसँगै हामी नेपाली पनि कोरोना कहरमा छौँ । यतिबेला हामी आफना नेता र मन्त्रीमाथी लागेका भ्रष्टाचारजन्य आरोपहरु प्रष्ट रुपमा खण्डन गर्नसक्ने अवस्थामा पनि छैनौ । बरु जताततै टिप्पणी छ की चुनावमा गरेको खर्च उठाउन, अर्को चुनावको तयारी गर्न, पार्टी वा गुटलाई पैसा भण्डारण गर्न र आफना पुस्ताको भबिष्यलाई जोहो गरेर राखिदिन स्थानिय तह देखी केन्द्रका बडे नेताहरु पनि उद्धत रहेका छन् । यो जनटिप्पणीलाई हलुका मान्ने स्थिति छैन । कात्रो किन्दा पनि भ्रष्टाचार हुने आशंका बढाइएका छन् ।

अर्थतन्त्रका कारण राज्यले सामाजिक जिम्मेवारी वहन गर्न नसकेको पनि भनिएला तर संबिधानले समाजबाद उन्मुख भनिएको बेला पनि जनताका आधारभुत बिषयमा ब्यबस्थापन गर्न नसकेको सत्य हो । भ्रष्टाचारको जालो यति बिघ्न किन झांगिदैछ र मौलाउदैछ भन्ने विषयमा विषयमा अध्ययन, अनुसन्धान गर्दा यसका धेरै कारण देखीन्छन । सर्वप्रथमत मानसिकता हो । त्यसपछि राजनैतिक ब्यबस्था र त्यसभित्रको समग्र प्रणाली अर्थात अहिलेको हाम्रो सन्दर्भमा भन्नुपर्दा निर्वाचन प्रणाली हो । यो प्रणालीमा नेता रीझाउनदेखी टिकट लिन र चुनाव जित्न पैसै पैसा चाहिन्छ । यो संगै हाम्रो धर्म संस्कार, संस्कृति चाडपर्व, रितिरिवाजको उपयोग सहि छ की छैन भन्ने बारेमा अध्ययन गर्न आवश्यक छ । साथै हाम्रा पुर्खाहरुको जीवन पद्धति र अहिले हामी सम्म आइपुग्दा हाम्रो जीवन पद्धति, हाम्रो जीवन भोगाईलाई अध्ययन अनुसन्धान गर्न, विश्लेषण गर्न तथा आवश्यकता अनुसार परिवर्तन र परिमार्जन गर्न जरुरी छ ।

हामी मानव सामाजिक प्राणी हौं । सामाजिक मुल्य मान्यतालाई स्विकार गर्दै सामाजिक दृस्ठिकोण, समाजको भूमिकाको विषयलाई पनि विश्लेषण गर्न जरुरी छ । साथै हाम्रो समाजलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्ने वा पार्न सक्ने साथै हाम्रो दैनिकीलाई प्रभाव पार्ने विषयलाई पनि विश्लेषण गर्न जरुरी देखिन्छ । जुन विषय बस्तुले हामीलाई सकारात्मक सन्देश दिन्छ र प्रभाव पार्छ भने त्यस्लाई अंगाल्नु र अपनाउनु पर्छ । न कि हाम्रो जिवनमा नकारात्मक असर गर्छ वा जोखिम र असहजता बढाउँछ भने त्यस्लाई परिमार्जन, परिस्कृत र सुधार गरेर समयसापेक्ष, समयानुकूल, सरल, सहज र छिटो छरितो बनाउन जरुरी हुन्छ ।

जीवन पद्धति हाम्रो पुर्खाहरु नितान्त कृषि र पशुपालन पेशामा आधारित थिए । भौतिक बिज्ञान, सूचना र प्रबिधिको बिकास भएको थिएन । हाम्रो सनातन धर्म, संस्कार, चाडपर्व, रितिरिवाज, चालचलन त्यो समयमा अति बैज्ञानिक र समयसापेक्ष थियो । आफ्नै मौलिक धर्म संस्कार र चाडपर्व मान्थे र रमाउथे । औपचारिक शिक्षाको बिकास भएको थिएन । त्यो समयमा आर्थिक कारबार गर्दा रुपैयाँ पैसा हँुदैन थियो । जिन्सी चिज बस्तु साटासाट गरेर जिबिकोपार्जन गर्थे । जीवन सहज र सरल थियो । निजि स्वार्थ थिएन । सामुहिक हितमा र सामुहिक महत्वको लागि काम गर्थे । तर समय बित्दै जांदा आधुनिक शिक्षाको, बिज्ञानको, सूचना र प्रबिधिको बिकाशसंगै मानिसमा शिक्षाको पहुँच बढ्दै जांदा मानिसहरु स्वार्थी, महत्वाकांक्षी र विलासी बन्दै गए । मानिसको इच्छा आकांक्षा बढ्दै गयो । असीमित इच्छा आकंक्षा पूरा गर्न मानिस अनेक उपायको खोजिमा लाग्नथाले ।

धर्म संस्कार र संस्कृति हामी नेपाली सनातन हिन्दु धर्म संस्कार र संस्कृति बाट बढि प्रभावित छौं । हामी नेपाली चार जात छत्तीस बर्णको फुलबारी हौं । हाम्रो आ आफ्नै जातजाति अनुसारको धर्म संस्कार, रितिरिवाज र चालचलन छ । आ आफ्नै भेषभुषा छ । आर्यनहरु नितान्त सनातन हिन्दु धर्म मान्छौं भने मंगोलियनहरु पनि कुनै न कुनै रुपमा हिन्दु धर्म बाट प्रभावित र प्रेरित छौं । धेरै संस्कार कतै न कतै मिल्न जान्छ । यो हाम्रो मौलिक धर्म संस्कार हो । यति हुँदाहँुदै पनि समयको बिकाशक्रम संगै शिक्षा , बिज्ञान र प्रबिधिको बिकाश भयो । संसार, बिश्व, ब्रह्माण्ड एउटा सानो भकुण्डो जस्तो भएकाले संसारका हरेक समाजको र हरेक मानिसको हरेक क्रियाकलापले हाम्रो समाजमा र ब्यक्ति ब्यक्तिमा पनि प्रत्यक्ष असर पुर्याउने भएकाले मानिसको जनजीवन झनझन जटिल र बिशिस्ट बन्दै गयो । बिदेशीहरुको चाडपर्व, रितिरिवाज को गहिरो प्रभाव पर्दै जांदा आफ्नै मौलिक धर्म संस्कृति , चाडपर्व अनि आयातित संस्कार र चाडपर्व थपिदै गएकाले नेपालीहरुको दैनिकिमा झन धेरै आर्थिक भार बढ्दै गएको छ । जस्तै न्वारान, पास्नी, छेवर, गुन्युचोली, बिबाह, ब्रतबन्ध, मृत्यु पछिको काजकिरिया, दशैं, तिहार, तिज, माघी, उधौली, उभौली, छैट, लोहोसार आदि आदि आफ्नै मौलिक रितिरिवाज हुन् भने अझै धेरै आयातित पर्व थपिए जस्तै baby shawer, मेहन्दी रोसन रे, राखी बन्धन त्यस्तै आजकाल January 1st पनि अंग्रेजी नयाँ बर्ष, क्रीसमस र भ्यालेन्टाईन डे मनाउन थालियो । यी विविध कारण ले गर्दा हाम्रो जिवनमा जटिलता थपियो । आर्थिक ब्यय भार थपियो । यस्ले हाम्रो दैनिक जिवनमा असर पार्यो । यी तमाम बिषय हाम्रो समाजका निकटतम आवश्यकतामा परिणत भयो । झनझन आर्थिक भार बढ्यो । यस्लाई पूरा गर्न विभिन्न अवसर र बाटाहरु खोज्ने क्रममा हाम्रो समाजमा भ्रष्टाचार बढ्दै गयो

आजकल धर्म संस्कार, चाडपर्व, रिति रिवाज पनि बोझिलो बन्दैछ । जस्ले गर्दा आफ्नो दैनिकी चलाउन पनि गैर कानुनी बाटाहरु पकड्न वा समाउन बध्य छ समाज । इमान बन्धकी राख्न बिवस छ समाज । यी यस्ता अनावश्यक आर्थिक बोझ र जोखिमबाट उन्मुक्ति पाउन आफ्नो धर्म संस्कार, चाडपर्वलाई आफूसंग भएको स्रोत साधन, क्षमता अनुसार सरल र सहज तरिकाले मनाउंने बानिको बिकास गर्न सके भ्रष्टाचार कम गर्न सकिन्छ भन्ने मेरो बुझाइ हो ।

हाम्रो मौलिक संस्कार र संस्कृति को विषयमा छलफल र विश्लेषण गर्नुपर्दा न्वारान, पास्नी, छेवार, गुन्युचोली, ब्रतबन्ध, बेलबिबाह, बिबाह, मृत्युपछिको काजकिरिया पनि सरल बनाउन सकेनौ । न्वारान बच्चा जन्मिएको केहि दिन भएपछि नाम राख्ने , पहिचान दिने पहिलो कर्म वा संस्कार हो । हाम्रो आमा, हजुरआमाको पालामा न्वारान गर्दा आफ्नै घरको परिवार मात्र भएर गर्थे भने अहिले न्वारानमा नै लाखौं लाख खर्च गरेर धेरै मानिसको जमघट भएर गर्ने चलन बढेकाले आर्थिक भार बढेको छ ।

बच्चा बढ्दै जाँदा आमाको दुध संगै ठोस खानाको जरुरी पर्ने हुँदा ६ महिना पुगेपछि माम वा ठोस खानेकुरा खुवाउने चलन छ, जस्लाई पास्नी भनिन्छ । पहिला पहिला नजिकको नातेदार र नजिकैको छिमेकी भेला भएर पास्नी कर्म गरिन्थ्यो भने आज सम्म आइपुग्दा लाखौं लाख खर्च गरेर अनावश्यक तडक भडकका साथ मनाउने प्रचलनले अनावश्यक आर्थिक भार बढेको छ । बिकृत हुँदै जाँदैछ ।

छोरा ३ देखी ५ बर्षको हुंदा कपाल काट्ने कर्मलाई छेवर भनिन्छ । यो नेपालीहरुको मौलिक कर्म हो । आज हामी शिक्षित र बिकासको उत्कर्समा पुगेउं भन्ने झल्काउन होला सायद हरेक हाम्रो मौलिक संस्कार संस्कृति लाई भड्किलो र खर्चिलो बनाउदै छौं । हाम्रो स्रोत साधन अनुत्पादक क्षेत्रमा खर्च गर्दै जानाले आम्दानी घट्दै जाने अनि खर्च अधिक बढ्दै जानाले भ्रष्टाचार झन झन बढ्दै गएको छ । आज हामी अनावश्यक विषयलाई ष्ककगभ बनाएर त्यहि कुरामा प्रतिस्पर्धा गर्ने र प्रतिस्ठाको विषय बनाउनाले समाज झन झन बिकृत र बिकराल बन्दैछ । जस्को कारण भ्रष्टाचार मौलाएको छ ।

छोरी बच्चा ५ देखी ७ र ११ बर्ष को हुँदा गुन्युचोली लगाइदिने, बेलसंग बिबाह गरिदिने हाम्रो संस्कार हो । हाम्रो संस्कारको जगेर्ना गर्ने र बचाई राख्ने अभिभारा हाम्रै हो । तर भट्किलो र तडकभडक हैन सरल र सहज हुनुपर्छ । जुन संस्कार र संस्कृति हामीलाई भार र जटिल नबनोस् ।
आदिम युगमा औपचारिक शिक्षा थिएन । गुरुकुल शिक्षा थियो । एकान्तमा, जङ्गलमा गुरुसंग बसेर ज्ञान आर्जन गर्नु पर्ने भएकाले जंगली जनावरहरुको आक्रमणबाट बच्न, आत्मरक्षाको लागि शिकार खेल्न शिक्ने सिकाउने अनि शिक्षा लिने, दीक्षित भएपछि जनै लगाउने र मन्त्र सिक्ने । मन्त्र लिनु अनिवार्य थियो । धर्म कर्मलाई निरंतरता दिन आवश्यक थियो । त्यसैले त्यो समयमा ब्रतबन्ध सान्दर्भिक र बैज्ञानिक थियो । तर आज समयको बिकासक्रम संगै शिक्षा लिने विभिन्न माध्यमको बिकास भएको छ । विभिन्न ऐच्क्षिक विषयहरु छानेर पढ्न पाउंने समयको बिकास भएकोछ । शिक्षा लिने विभिन्न प्रबिधिको बिकास भएको परिपेक्षमा यो बर्तबन्ध कत्तिको सान्दर्भिक छ र झनै खर्चिलो बनाउनुपर्ने बारे समिक्षा गर्ने बेला आयो कि ? यस्लाई बहसको विषय बनाई परिवर्तन र परिमार्जन गर्न सके हाम्रो खर्च र समय बचाउन मद्धत पुर्याउछ भन्ने मेरो विश्लेषण हो ।

संसारलाई सुचारु गर्न, सृष्टिलाई निरंतरता दिन , एक आपसमा सहज सहयोग ,माया ममता र कजबचष्लन बलम अबचष्लन को लागि विवाह अत्यन्तै जरुरी विषय हो । यो संसारमा सबै ठाउँमा गरिने कर्म हो । यस्लाई सहज बनाउन कानुनले कानुनी बिबाहको ब्यवस्था गरेको छ । साथै हाम्रो धर्म संस्कार अनुसार पनि अत्यधिकखर्च गराइ बिबाह सम्पन्न गर्ने चलन छ । मैले यति मात्र भन्न खोजेकी हुं कि आफ्नो हैसियत , क्षमता स्रोत साधन अनुसार , परिवारलाई ऋणको भार नबनाई गर्नु पर्छ भन्ने मेरो भनाइ हो । जस्ले समाज बिकृत र बिखन्डन हुन नपरोस् । धेरै रमझम तडकभडकलाई प्रतिस्ठाको विषय बनाएर आफू प्रतिष्ठित हुनलाई भ्रष्टाचार गर्न नपरोस् ।

हाम्रो धर्म संस्कार जातजाति अनुसार काजकिरिया अर्थात मृत्यु काजकिरिया गर्ने बिधि बिधान फरक फरक भएकाले कुनै जातिले या नि आर्यहरुले १३ दिन अलिनो , एकछाक मात्र खाने चलन छ भने मंगोलियनहरुले ५ छाक या नि ३ दिन एकछाक र अलिनो खाएर मृत आत्मालाई श्रद्धाञ्जली दिने गरिन्छ । परिवारलाई समवेदना प्रकट गरिन्छ । आर्यहरुको जुन संस्कार छ १३ दिन सम्म कुनामा बस्ने , कोरा बस्ने संस्कार हाम्रा पिता पुर्खाको पालामा सान्दर्भिक थियो । तर आजको ब्यस्त जिवनशैली, अनेकन जिम्मेवारी पूरा गर्नुपर्ने परिपेक्षमा यो बढी खर्चिलो र अनावश्यक समय ब्यतित हुने भएकाले यो विषयलाई बहसको बिसय बनाई समयसापेक्ष , छिटोछरितो,  सहज र सरल बनाउने हो कि ? यस्ता अब्यहारिक, असान्दर्भिक धर्म संस्कारले समयको बर्बादीसंगैै आर्थिकभार बढाएर भ्रष्टाचार गर्ने छिस्केनी , प्वाल खोज्न बाध्य हुन्छौं । त्यसैले भ्रष्टाचार कम गर्न यी विभिन्न अनावश्यक संस्कारलाई बहसमा ल्याई सबैलाई छलफल गराई समयसापेक्ष बनाउन जरुरि
छ ।

दशै तिहार तिज जस्ता बिशेष महत्वका सांस्कृतिक पर्व मा तथा माथि उल्लेखित ब्यक्तिगत कर्म, पारीवारीक संस्कार र अन्य सामुदायिक चाडपर्वमा समाजले अब भड्किलो जिवनशैली र अनावश्यक तडकभडकमा प्रतिस्पर्धा गरेर समाजलाई बिखन्डित गर्ने ब्यक्तिहरुलाई निरुत्साहित गर्न जरुरी छ । भ्रष्टाचारीमाथि कठोर कारवाहि र सामाजिक बहिष्कार गर्दै समाजका इमानदार , दक्ष र सरल जीवन बांच्ने ब्यक्तिहरुलाई सम्मानीत गर्न तथा साधा जीवन बांच्न उतप्रेरित गर्नसके भ्रस्टाचारको उन्मुलनमा सहयोग पुग्नेछ ।

हाम्रो भएको स्रोत, साधन र समयलाई बिलाशितामा खर्चेर बर्बाद गर्न नदिइ समाज रुपान्तरणमा एउटा इटा थप्ने काममा लाग्नुपर्दछ । गरिब र धनी बिचको खाडल सांघुरो पार्दै बास्तविक समाजबादतर्फ जान सहि योजना बन्नुपर्दछ । राज्य चलाउनेहरुले माथिबाटै उदाहरण संप्रेषण गर्न सक्नुपर्दछ । भ्रष्टाचारलाइ शत्रु भन्ने तर त्यसैको वरपर लसपस गरीरहने हो भने यो हटदैन । नेतृत्वको इच्छाशक्ति र मनोवल प्रष्ट हुन जरुरी छ । त्यसो भयो भने मानसीकता, निर्वाचन प्रणाली र जीवन पद्धति तथा अन्य सामाजिक बाध्यताहरु परीवर्तन गर्न पनि सहज हुनेछ ।

वि.सं.२०७६ चैत २४ सोमवार १६:२० मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...