२४ चैत, काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा राजन खनालको नाम सिफारिस गरेको थियो । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीले राष्ट्र बैंकमा ३० बर्ष काम गरेका छन ।
वि.सं.२०७६ चैत २४ सोमवार १७:५६ मा प्रकाशित






























