back
CTIZAN AD

नेपालको लागी कोरोना एक अवसर पनि हुन सक्छ

वि.सं.२०७६ चैत २४ सोमवार

963 

shares

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको प्रकोप हामी नेपालीहरुको संयमताको कारण आजका दिन सम्म भयावह स्थीति देखि केहि टाढा छ । हाल सम्म ९ जना संक्रमित भए पनि दुःखद् निधन न हुनुले पनि नेपाली जनमानसको प्रतिरोधात्मक क्षमता प्राकृतिक रुपमा नै सवल छ भन्ने बुझिन्छ । हामीले अझै दुई तिन महिना सम्म सम्यमित रहन सकिएको अवस्थामा कोरोनाले हामीलाई ठुलो क्षति पु¥याउन सक्ने छैन । “जहा“ लापरवाही त्यहा कोरोना” भन्ने एक उदाहरण पनि प्राप्त भएको छ ।

नेपालपरम्परागत रुपबाटै आत्मवल र स्वास्थ्य रक्षाको पहिचान बनाएको देश हो । पाषण युग देखि आज सम्म पनि कुनै रोग लाग्यो भने स्थानीय जडिबुटीबाट नै स्वास्थ्य रक्षा गर्ने गरेको पाइन्छ । अव हाम्रो सामु परम्परागत रुपबाट प्राप्त सम्पत्तिलाई विश्व सामु प्रस्तुत गर्ने वेला आएको छ । यो कोरोनाको स्थिति पुर्ण रुपमा नियन्त्रणमा आउन अझै तीन महिना लाग्न सक्छ, त्यस समय सम्म खाद्य संकटको अर्को महामारी आउन सक्छ । त्यस्तो खाले खाद्य संकट मेट्न आज भन्दा २५०० वर्ष पूर्व आत्रेय राज अत्रीले जुम्ला जस्तो दुर्गम स्थानमा नागरिकलाई कुपोषण युक्त राख्न खुवाउने गरेको खाद्यौषधि जसलाई आफ्नो संहितमा निम्नश्लोकमा वर्णन गरेका छन् ।

शैलभवाश्वगन्धाश्च शिघु्र शिता शतावरी
त्रिफला मिश्रितौषध्य पीयुष सदृशो भवेत

ओखर, अश्वगन्धा, शिघु्र, शिता, कुरिलो र त्रिफला मिश्रण गर्ने मानबमोजिम तयार गरी ५ ग्राम देखि १० ग्राम सम्म दिनमा २ पटक सेवन गराउदा पाषाण युगे परिस्थितिमा मानिसमा खाद्यान्नको विकास थिएन, परिकार बनाएर खान जान्दैन थिए जंगली कन्दमुल रुखका बोक्रा पात खादा अखाद्य बोट समेत प्रयोग हुदा कतिपय विरामी हुने कतिको ज्यानै जाने जस्तो परिस्थिति लाई मध्य नजर गरी खाद्यौषधिको रुपमा तयार गरिएको खाद्य पोषण हो । यसको सेवनद्वारा प्रतिरोधात्मक क्षमता वृद्धि हुने पानी मात्र पिए पनि मानिसमा जोस जाँगर को कमी नहुने हुँदा यसलाई तयार गरी आफ्नो क्षेत्रका सबै नर नारीलाई खुवाउने गरेका रहेछन् । कालान्तरमा जुम्ला देखि गोलकोटे राजाको राज गुरु भई गोलकोट हाल वाग्लुङ जिल्लामा राजगुरु जादा पनि यसैको मिश्रण त्यहाँका जनतालाई सेवन गराउदा अन्य रजौटाका प्रजा भन्दा गोलकोटे प्रजा धेरै बलीया र निरोगी वंश यसको कारण के छ भनी पत्ता लगाउदा राज गुरुले खुवाउने प्रसादका कारण हो त्यो प्रसाद कसरी बनाइन्छ । त्यो पत्ता लगाउनखोज्दा राजाले परिवारमा आगो समेत लगाएर कस्टपु¥याए, पछि चन्द्रकोटे राजाले ती राज गुरुका परिवारलाई आºनो राज्यमा स–सम्मान ल्याए भन्ने हाम्रो देशको किवदन्ति छ ।

जसरी यहाँ बताइएको छ, सो अनुरुप मिश्रण गरी खाद्यौषधि तयार गरी खाद्यौषधिको रुपमा विश्व बजारमा पु¥याउन सकिन्छ । त्यस्तै कोरोनाको औषधि पनि हामी तयार गरी विश्व बजारमा वेच्न सक्छौ“, हो वैज्ञानिकद्वारा प्रमाणित नभएको झार पातको डल्लालाई कोरोनाको औषधि भन्ने भनि विश्वास न गर्ने समाजको जमातले अवस्य हाम्रो आलोचन गर्न सक्छ तर म के कुरामा विश्वस्त छु भने सन् १९७८ मा वृन्दावनमा पढ्न बसेको समयमा त्यहा मलेरियाको ठुलो प्रकोप चलेको थियो मलेसियाका कारण कतिपय को मृत्यु समेत भएको थियो । मलाई जुन महिनाको गर्मीमा पनि अत्यधिक जाडोको साथ ज्वारो आयो त्यहाँस्थित राम कृष्ण मिसन अस्पतालको डा. जोन्सलाई देखाउँदा उन्ले रक्त परिक्षण पश्चात मलेरीया भएको पुष्टि भएपनि औषधि खरिद गर्न न पाउदै नेपाल जाने रेलको टिकट छ जाउ भनि साथिहरुले रेलमा बसाल्नु भयो ज्वरो निकै आएको थियो ज्वरो कम गर्न एस्पिरिन नामक चक्की बाहेक अरु औषधि थिएन, अत्यन्त कठिनाईका साथ तान्सेन आइ पुग्यौ“ त्यहा“ मेडिकलमा मलेरिया भएको कुरा सुनाउदा मिशन अस्पतालमा भर्ना हुनु पर्ने भनियो । साथिहरु भर्ना गर्ने पक्षमा हुनुहुन्थेन, मेरो अवस्था गम्भिर थियो । लतारिदै घरसम्म पुगियो । मेरो हालत देखि पिताजीले वारीका काल्ना बाट झार टिपेर ल्याइ स्वरस तयार गरी एक कचौरा त्यो झारको पानी पिलाउनुभयो र म सुतेको ६ घण्टा सम्म लागेको निद्रा खुले पछि ज्वरो सकियो जुन औषधिको प्रभावले आज सम्म त्यो ज्वरोको रोगले आक्रमण गर्न सकेको छैन, त्यस प्रकृतिका वनस्पतिको धनी देशले आफ्ना वनस्पतिको विश्व सामु पहिचान गराउन सके यो कोरोना हाम्रो अवसर को विषय पनि बन्न सक्छ ।

अनेक प्रकारका भाइरस उडाउन सक्ने जुन ८५ पुस्ता देखि हामीलाई सिकाइएको थियो । त्यो औषधि तयारी अवस्थामा छ । जुन अत्रेय राज अत्रीले आºनो संहितामा लेखिएको श्लोक मेरा पिता पं श्री खिमानन्द पाद्यले मलाई पढाउनु भएको थियो ।

पारद : कज्जलीकुत्वा सप्तपर्णार्का निक्षिपेत् ।
संयोज्य बटीका कृत्वा शीतध्न भवति घु्रवम ।।

जब हामी तात्कालीन विशुखर्क गाउ पञ्चायतको वडा नं १ वलिवा¨ भन्ने स्थानमा थियौ त्यहा औषधि बनाउने ढुंगा र काठ माटाका उपकरणहरु प्रसस्त थिए पिताजीले विद्यालय शिक्षा दिने र कथा प्रवचनमा जाने हुनाले घरेलु प्रविधिबाट औषधि निर्माण कार्य अत्यन्तै कम गर्नु हुन्थ्यो र पनि गाउलेहरुलाई रोग लागेमा मानिसहरु चिकित्सालयको रुपमा हाम्रो घरलाई सम्झिन्थे । शरिरमा लाग्ने जुन सुकै रोगलाई निको पार्ने क्षमता रहन्थ्यो जव पिताजिले वाराणसीमा गई त्यहाका गुरुकुलमा अध्ययन गरी आउनु भएपछि उक्त श्लोकको सुत्रमा सरलीकरण गर्नु भएको रहेछ । पारद कज्जली कृत्वाको स्थानमा स्वर्ण युक्त सिद्धमकरध्वज प्रयोग गरि औषधि बनाउनु हुन्थ्यो ।

मुख्य द्रव्यमा सिद्धमरक ध्वज, अर्क चुर्ण सप्तपर्ण चुर्ण, रहेका छन्, भने सहयोगी घटक तौतिल्य र बब्बुल रहेको छ । “तौतिल्य बब्वुलश्चैव” भन्ने श्लोको अन्तिम चरण स्मरण पटलमा नरहेको ले यहा उल्लेख गर्न सकिएन । यो औषधिले श्वसन तन्त्रिका र पाचन तन्त्रीकाका डरलाग्दा रोगहरु निको पारेको स्मरण छ । सान्निपातिक रोग जन्माउने कडा कडा भाइरस उडाउन सफल औषधिको लागि यो कमजोड प्रकृतिको कोरोना भाइरस सायद यो औषधिको लागि सामान्य हुन सक्छ तर प्रयोग त गरिनु प¥यो ।

२०३३ सालको कुरा हो म मात्र १४ वर्षको थिए त्यतिवेला हामीले माइला काका भन्ने एकजना सावरका जुत्ता सिलाउन अत्यन्त दक्ष सार्किका हुनुहुन्थ्यो । हाम्रो घर भन्दा उत्तर तर्फको दलित वस्तीमा उहा वस्नु हुन्थ्यो उहाँलाई श्वसन तन्त्रीका र पाचन तन्त्रीकामा सान्ति पातिक समस्या आएछ (तात्कालिन भाषमा) तेज खोकी ज्वरो र संग्रहिणी भएको थियो, ती काकाको उपचार गर्न पिताजी उहा“का घरमा जानुभै निदान गर्नु भयो उहा“ले मलाई अत्यन्तै माया गर्थे प्रत्येक वर्ष १ जोडा सावरका जुत्ता मेरोलाई सिलाई दिने गर्नु हुन्थ्यो ती जुत्ता लगाएर म वृन्दावन जादा त्यहाका मानिसहरुर बाटाका जुक्ता भन्दा राम्रा र वलिया र नरम जुत्ता नेपालमा सिलाई हु“दो रहेछ भनेर आश्चर्य चकित हुन्थे, त्यो सिपको सम्मान र मान वियताको कारण ति काकालाई निको पार्ने प्रण गरी पिताजी घर आउनु भई पिताजीले मलाई बावु ति माइला सार्किको रोग तैले निको पार्नु पर्छ । कर्तव्य परोपकार गर्नु पनि हो भन्दै धेरै पुरानो काठको दराज खोल्नु भयो र त्यसबाट ५ वटा काठका ठेकीहरु निकाल्नु भयो ती सबैको बाहिरी भागमा लेखिएको थियो स्वर्ययुक्त सिद्धमथकरध्वज, अर्क चुर्णम्, सप्तपर्ण चुर्णम्, तौतिल्यय् तिसबै बाट छुट्टा छुट्टै तौल गर्न एका तर्फ गाठो भएको एकछानो तराजुबाट मात्रानुसार काठकै आरीमा मिश्रण गरी मलाई ४/४ रत्तिका वटी निर्माण गर्न लगाउनु भयो र सात दिनको खुराक तयार गरी पठाउनु भयो । मैले त्यहा गएर दुई दुई गोली साँझ विहान खुवाउनु भने, केहि झार दिन भएको थियो त्यसको स्वरस पान गर्नु भनि छाडेको ठीक सात दिनमा पुर्ण स्वस्थ्य भएर ती माइला काका हाम्रो घरमा आएको प्रत्यक्षोदाहरण छ । यसरी अत्यन्त घातक भाइरस समाप्त पार्न सफल ठुलो औषधि यो कारोना समाप्त पार्न सफल सिद्ध हुने विश्वासले ४०० ग्राम औषधि तयारी अवस्थामा छ । तुरुन्त रोग निको पार्न यो मात्राले २/३ जना विरामीलाई स्वस्थ्य बनाउन सकिन्छ । यो सँगै काँडाकोरुपमा खुवाउने झोल औषधि आ–आफ्नै घरमा तयार गरी २/२ घण्टामा १५०/१५० एम्.एलको अर्थात १/१ गिलास पिउनु पर्छ ।
क्वाथ तयार गर्ने द्रव्यहरु
क्र.स.     द्रव्य                            प्रतिशत
१           ज्वानो                         २० प्रतिशत
२          विरेनुन                        ५ प्रतिशत
३           तुलसी                        ३० प्रतिशत
४          मुगीलो वा असुरो        २० प्रतिशत
५          हिंग                            १ प्रतिशत
६         वेसार                           ७ प्रतिशत
७         ल्वाङ                           ४ प्रतिशत
८         शिघु्र                           १३ प्रतिशत

मिसाइ १०/१५ मिनेट उमालेर छान्ने र थर्मसमा राख्ने मनतातो काडा २/२ घण्टामा पिउने कोरोना घनवटी दिनमा ३ पटक सेवन गर्नाले कोरोना पुर्ण रुपमा निको हुन्छ ।

५ थरी औषधीको मिश्रण तयार गरी निर्माण गरेको वटीको नाम के थियो पिताजी संघ मैले सोदिन उहाँले भन्नुभएन । पिताजीसंग हस्त लिखित ग्रन्थ थियो । जसको नाम आत्रेय राज अत्री संहिता थियो त्यसबाट मैले १०० जति श्लोकहरु याद गरेको थिए बाकी पुस्तकमानै भएको कारण यो वटीको नाम प्रति ध्यान दिइएन बसाई सराइको क्रममा पहाडबाट ल्याउन नसकिने मुल्यवान सामान उतै सुरक्षित राखिएको थियो । धमिराको ग्रास भएछन् श्लोकको अन्तिम चरण पनि याद भएन औषध सुत्र भने स्मरण पटलमा रहि रहेको र शीत पित्त युक्त प्रतिश्यायका रोगिलाई खुवाई निको पारेका कारण पनि याद भैरह्यो, वर्तमान रोग सुहाउँदो नाम कोरोनाध्न वटीको रुपमा प्रस्तुत गरिएको छ ।

यो कारोनाघ्न वटी र माथि दिएको भान्सामानै उपलब्ध हुने द्रव्यको काँडापान गरेमा विश्वभरमा आक्रान्त पार्न सफल कोरोना अवस्य समाप्त हुने छ । यो औषधिले स्वस्सन तन्त्रिका र पाचन तन्त्रिकाको भया वह रोग निको पारेको र त्यसै प्रकृतिको कोरोना भएका कारण यसले कोरोनाको भाइरस भगाई सो सम्बधि रोग निको पार्नेमा द्विमत छैन । स्वास्थ्य मन्त्रायले खुट्टा न कमाइ देशको सम्पत्तिलाई उजागर गर्ने वेला आएको छ । यो मौका गुमाउनु हुन्छ । हाम्रा पुर्वजहरुले पर्ण कुटीरमा वसी तपस्या गरेर हीमश्रृंलादारभ्यं सप्त समुद्र पर्यन्तेभ्य सर्वे जीवा सुखिनो भवन्तु सर्वेसन्तु निरामया अर्थात् हाम्रो हीम श्रृखंला देखि सात समुद्र पारि सम्मका सबै जीवहरु सुखि र निरोगी होउन् भनि नित्य कामना गर्ने वंश परम्पराको धनी देश नेपालले विश्व सामु आफ्नो पहिचान प्रस्तुत गर्ने वेला आएको छ ।

यो श्लोकले अह्राए अनुसारको जडिबुटीद्वारा तयार गरेका वटीहरुले श्वसन तन्त्रीकामा प्रवेश गरेका भाइरस उडाउने काम गर्छ भने पाचन तन्त्रका वेक्टेरिया र भाइरस सबै समाप्त पार्छ । यो औषधि पक्कै पनि कोरोना निरोधि छ, वर्तमान परिस्थितिमा सराकारले विरामीलाई परिक्षण गरी राष्ट्रिय रुपबाट उत्पादन सुरु गरेमा अवस्य देशले काचुली फेर्ने छ । अस्तु

(लेखक गौतम जडिबुटी बिज्ञ हुन् । उनलाई ९८५७०२४९९३ मा संपर्क गर्न सकिन्छ । )

वि.सं.२०७६ चैत २४ सोमवार १७:३९ मा प्रकाशित

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...

वाह ! मन्त्रीहरूको सम्पत्ति

वाह ! मन्त्रीहरूको सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को...

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

चन्दा भुसाल, बुटवल । तिलोत्तमा नगरपालिकाले अघि सारेको “सडक मानवमुक्त”...

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दाको फर्छौट न्यायिक प्रणालीको प्रभावकारीता मापन गर्ने महत्वपूर्ण आधार...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...