back
CTIZAN AD

यताको खबर

वि.सं.२०७६ चैत २४ सोमवार

732 

shares

सेतो नायल
नीलो नायल
अनि, निजर र बेन्यु
सबका सब बग्न छोडेर
टक्क अडेका छन् यतिखेर ।
मानौँ तिनीहरु बग्न बिर्सिए
शताब्दी पछि
वा कसैले खियाएनन् दाबो
वा कसैले हानेन् जाल
र छाडेनन् बल्छी ।
न पीडा, न सन्त्रास
त्यसैले मन लागेन बग्न पूर्ववत ।

**

लेक भोल्टा, चाड र भिक्टारिया
सबमा न देखियो कुनै नीलो छाल
र, न सुसायो कुनै नयाँ गीत
सृष्टि स्तब्त हो की ?
यो कुनै मायाजाल ।
हतारमा …..
टाउको माथि पसल बोक्दै, बेच्दै हिड्ने ‘निके’
सडक छेउ जोलोफ भात बेच्दै बस्ने ‘मामा उचे’ ।
सबका सब कहाँ टक्क अडिए होलान ?
र, अलप भए होलान्
यो अजङ्गको सडकबाट ।
र, कहाँ होत लागे होलान्
यो सहरको निर्जीव शून्यताबाट ।

**

सबका सब,
यहाँ नायलझैँ रोकिएका छन्
सबका सब यहाँ
चाडजस्तै सुस्ताएका छन्
मानौँ,
अड्किएको समयझैँ
घुम्नै छोडेको पृथ्वीझैँ
टक्क रोकिएका छन्
बिग्रीएको घडीझैँ ।

***

लेगोस नाइजेरिया। मार्च ५,२०२०


*सेतो नायल, निलो नायल, बेन्यु र निजर– अफ्रिकामा बग्ने नदीहरु)
*चाड, भोल्टा र भिक्टोरिया–अफ्रिकाका तालहरु)
*राइन –अफ्रिकन भात )
*मामा उचे –नाम)

वि.सं.२०७६ चैत २४ सोमवार १७:१७ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...