back
CTIZAN AD

कोभिड-१९ को सामाजिक आर्थिक प्रभाव र आगामी हाम्रो कार्यनीति

वि.सं.२०७६ चैत २४ सोमवार

1.5K 

shares

अव यो Lock down को अवधिमा पनि आर्थीक गतिविधीहरु सन्चालन गर्नु पर्दछ । एशियाली विकास बैंकले साना उद्योगहरु  सन्चालन गर्नु  पर्ने सल्लाह दिएको छ । तर यस्ता काममा जाने श्रमिकहरु सकभर आवासिय हुनुपर्दछ र तिनीहरुको नियमित स्वास्थ्य परिक्षण हुनु पर्दछ । यस वापत उद्योगपतीहरुलाई लाग्ने थप लागतको केहि अंश सरकारले अनुदानको रुपमा  उद्योगपतीलाई उपलब्ध गराउनु पर्दछ ।

हाल विश्वब्यापी रुपमा आतंक मच्चाइ रहेको रोगलाई कोरोना भाइरस रोग र छोटकरीमा कोरोना भनिन्छ । यसलाई अंग्रेजिमा Corona Virus Disease भनिन्छ । यसको पहिचान सन २०१९ मा भएको हुनाले छोटकारीमा COVID – 19  ( कोभिड – १९ ) भनिएको हो । कोरोना भाइरस रोग (कोभिड-१९) को पहिचान सर्वप्रथम चीनको हुबेई प्रान्तको राजधानी वुहान शहरमा डिसेम्बर २०१९ मा भएको थियो । चीनको वुहानबाट फैलिएको यो रोगले हाल विश्वब्यापी महामारीको रुप लिइसकेको छ । शुरुमा पहिचान भएका मुलुकहरुमा हाम्रो देश पाचौ रहेको छ । हालसम्म नेपालमा यो रोगबाट प्रभावित/ संक्रमित हुनेको जम्मा संख्या ५ जना रहेको छ । जसमा निको भएर घर फर्किएका सख्या १ जना, उपचाररत संख्या ४ जना, र मृत्यु संख्या 0 जना रहेको छ । हाम्रो समेत अन्य करीव २०० देशमा फैलिसकेको यस रोगले नेपालको सामाजिक आर्थिक क्षेत्रमा पारेको प्रभाव सम्वन्धमा यस लेखमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।

शैक्षिक प्रभाव

यो रोगको कारणले संसारभरका शैक्षिक संस्थाहरु प्रभावित भएका छन । यसको कारणले विश्वविद्यालहरु एवम विद्यालहरु बन्द भएका छन । UNESCO ले यसै सालको मार्च २५ सम्मको तथ्यांक सार्वजनिक गरे अनुसार यसरि विश्व भर विश्वविद्यालहरु एवम विद्यालहरु बन्द  गर्ने देशहरुको संख्या १६५ पुगेको छ । यसले गर्दा विश्वब्यापी रुपमा कारीव १.५ विलियन (१ अरब ५० करोड) विद्यार्थीहरु प्रभावित भएको अनुमान गरिएको छ । जुन कुल भर्नाको करीव ८७% हुन आउछ ।

नेपालमा पनि विश्वविद्यालहरु एवम विद्यालहरु सवै बन्द भएका छन । स्कुले विद्यार्थीहरुको फलामे ढोका मानिने SEE (Secondary Education Examination) को परिक्षा स्थगित भएको छ । यसरि SEE को परिक्षा बाट प्रभावित हुनेको संख्या छ लाख भन्दा (६,००,०००) बढी रहेको छ । नेपालबाट विदेसमा अध्ययनको लागि जाने विद्यार्थीहरु पनि निकै प्रभाबित भएका छन । नेपालीहरु बैदेशिक अध्ययनको लागी जाने मुख्य देशहरुमा अस्ट्रेलिया पनि पर्दछ जुन  कोभिड्-१९ प्रभावित देश हो । यहाँ पढ्न गएका विद्यार्थीहरु नराम्रो संग आर्थिक र मानसिक रुपमा प्रभावित भएका छन । थप समयको लागी खर्च कहाँबाट र कसरी जुटाउने भन्ने कुरामा उनिहरुको चिन्ता छ ।  देशमा Lock down भएको कारणले विद्यार्थीहरुसंग संबन्धित ट्युसन, कोचिंग र अन्य पुर्व तयारी कक्षाहरु समेत बन्द रहेका छन ।

राजनितिक प्रभाव

राजनिती पनि कोभिड-१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को महत्वपुर्ण क्षेत्र हो । चीनमा कैयौं स्थानिय निकायहरु कोभिड-१९ नियन्त्रण गर्नमा चनाखो नभएको आरोपमा भंग गरिए । संयुक्त राज्य अमेरिकाका रास्ट्रपती डोनाल्ड ट्र्म्प (Donald Trump) पनि सोही आरोपमा धेरै आलोचित हुनु पर्‍यो । जसले गर्दा यसै बर्ष हुन गैरहेको रास्ट्रपती पदको चुनावमा उनले पराजय समेत भोग्नु पर्ने हुन सक्छ । अमेरिकामा रास्ट्रपती पदको लागी भैरहेको पार्टिका आन्तरिक चुनावी प्रकृया समेत स्थगित भएको छ । कोभिड-१९ बाट विश्वका विभिन्न देशका राज नेताहरु, विधायकहरु समेत व्यक्तिगत रुपमा प्रभावित भएका छन । उनिहरु आफै कोभिड-१९ बाट पिडित भएका छन । उदाहरणको लागी बेलायतका प्रधान मन्त्री कोरोना बाट संक्रमित भएका छन । स्पेनकी राजकुमारीको सोही रोगले मृत्यु भएको छ । युरोप एवम अन्य विकसित रास्ट्रका सरकारमा रहेका ब्यक्तीहरु पनि क्वारेन्टाइन र आइसोलेसनमा बसेका छन । यस्तै अवस्था एसियाली रास्ट्रहरुमा समेत छ ।

नेपालका सवै राजनितिक दलहरु पनि कोभिड-१९ बाट प्रभावित भएका छन । यी सवै दलहरु हाल आफ्नो सम्मेलन वा महाधिवेशनको तयारीमा छन । कोभिड-१९ को संक्रमण पुर्व यिनिहरु आफ्नो सम्मेलन वा महाधिवेशनको को तयारी स्वरुप सदस्यता बाड्ने, संगठन विस्तार गर्ने कार्यमा व्यस्त थिए । तर कोभिड-१९ को संक्रमण पछी उक्त सबै कार्यक्रमहरु बन्द गरिएका छन । राजनितिक दलहरुको सफलता यस्ता महामारी हरुलाई कसरी ब्यबस्थापन गर्दछन भन्ने कुरामा भर पर्दछ । यस्ता विश्वब्यापी महामारीहरुले कहिलेकांही राजनितिक सत्ता समेत उलट– पुलट परिदिन्छन । नेपालका राजनितिक दलहरुलाई पनि यो कोभिड-१९ सत्तामा स्थापित भै रहने वा आफ्नो शाख बलियो पार्ने वा शाख गुमाउने माध्यम हुन सक्छ । तसर्थ वर्तमान सरकारलाई कोभिड-१९ को ब्यबस्थापन एक कठिन चुनौती हो ।

धार्मिक प्रभाव

धार्मिक क्षेत्र पनि कोभिड-१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को क्षेत्र हो । यसको कारणले विभिन्न चर्चहरु, मदरसाहरु, मठ – मन्दिरहरु, गुम्वाहरु बन्द गरिएका छन । धार्मिका यात्रा हरुमा रोक लगाइएको छ । फलस्वरुप सवै धर्ममा विश्वास राख्ने मानिसहरुको आत्मिक शान्तिमा बाधा उत्पन्न भएको छ । नेपालको पशुपती नाथको प्रांगणमा हुने आरती पुजामा रोक लगाइएको छ । २५ जना भन्दा बढी मलामी जान बन्देज लगाइएको छ । त्यसै गरी ठुलो भिड हुने गरी भोज भतेर गर्न समेत बन्देज लगाइएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रभाव

स्वास्थ्य क्षेत्र सबै भन्दा प्रभावित क्षेत्र भै हाल्यो ।  कोरोनाको कारणले मानिसको मृत्यु हुने, बिरामी पर्ने गरेको छ । हालसम्म विश्वमा यस रोगको कारणले कुल ८,६०,००० जना भन्दा बढी मानिस हरु संक्रमित र ४२,३४४ जना भन्दा बढी मानिस हरुको मृत्यु भएको छ । आफ्नो घर परिवार का सदस्यहरु बिरामी पर्दा, मृत्यु हुँदा स्वभाबिकै रुपमा मानसिका तनाव सिर्जना हुन्छ । यस बाहेक  मानिस क्वारेन्टाइन र आइसोलेसनमा बस्दा दिक्दारी लाग्ने, रिस उठ्ने, चिट – चिट पसिना आउने जस्ता समस्याहरु पनि आएको पाइन्छ । यसले मुलत: मानव स्वास्थ्यलाई नकरात्मक प्रभाव पारी उत्पादकत्व घटाउछ । तर यस्तो समयमा पनि सर्वजनिका एवम निजी सवै प्रकारका अस्पतालहरुले कोरोना रोगको डरले बिरामिहरुलाई सेवा दिन छाडेको सुन्नमा आएको छ ।

आर्थिक प्रभाव

आर्थिक क्षेत्र कोभिड-१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को महत्वपुर्ण क्षेत्र हो । यसले विश्वमा नै आर्थिक महामन्दी ल्याउने अनुमान गरिएको छ । आर्थिक विश्लेषकहरुले महामारीपछि सृजना हुने आर्थिक मन्दीले संसारलाई कति प्रभावित पार्दछ भन्ने कुरा पूर्वानुमान गर्न कठिन भएको बताउँदै आएका छन्। केही पश्चिमा अर्थशास्त्रीले यो शताब्दीकै ठूलो मन्दीको सामना गर्नुपर्ने जोखिम हुनसक्ने वताउन थालेका छन । संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास हेर्ने निकाय (युएनसिटिएडी) का अनुसार यस वर्ष कोभिड-१९ महामारीले विश्व अर्थतन्त्रमा २ प्रतिशत सुस्ती ल्याउने परिकल्पना गरिएको छ । त्यसको लागत करीव १० खर्ब डलर पर्ने देखिन्छ । विश्वका साना वा ठुला सबै रास्ट्रहरुले क्वारेन्टाइनको नीती अवलम्वन गरेकाले सबै आर्थीक कृयाकलापहरु ठप्प भएका छन । यसले गर्दा बस्तुको उत्पादन र माग सिर्जना हुन सकेको छैन । यसले विश्वको वित्तिय बजारलाई समेत धराशायी बनाएको छ । सन १९८७ पछी यो बजार सुचांक सबै भन्दा तल झरेको छ । यसले Stock, Bond र Commodity बजारलाई नराम्रो संग क्षत – विक्षत बनाएको छ ।

विश्वका प्राय: जसो सबै मुलुकमा हेर्ने हो भने कोरोनाका कारणले १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि घट्ने अनुमान गरिएको छ । केहि अर्थशाश्त्रीहरुले यो पनि अनुमान गरेका छन कि चीनको अर्थब्यबस्था सन १९७० पछी पहिलो पटक संकुचित हुँदैछ । भारतका पुर्व विदेस मन्त्री यशवन्त सिंहले भारतको कुल गार्हस्थ्य उत्पादन १% ले घट्ने आंकलन गरेका छन ।  फलस्वरुप उनले आर्थीक बृद्दी २% ले घट्ने आंकलन गरेका छन । नेपालमा पनि १–२ प्रतिशतले आर्थीक बृद्दी घट्ने अनुमान गरिएको छ । छोटै अवधिमा सङ्क्रमणको जोखिम सकियो भने १ प्रतिशतले र जोखिम अवधि लामै भयो भने २ प्रतिशत सम्मले आर्थीक बृद्दी घट्ने प्रारम्भिक अनुमान गरिएको छ । तर यो कुरा जोखिमको मात्रामा भर पर्दछ । कोभिड-१९ बाट नेपालको अर्थब्यबस्था तहस नहस भई सकेको अवस्था हो । बस्तु उत्पादन गर्ने र आम्दानी सिर्जना गर्ने सबै क्षेत्रहरु प्राय: ठप्प छन । पर्यटन क्षेत्र डामाडोला भयो । अन्तराष्ट्रीय उडान बन्द भएका छन । नेपाल भ्रमण वर्ष स्थगित भएको छ । विदेश एवम श्वदेशमा कल – कारखाना बन्द भएकाले रोजगारी पनि गुमेको छ । यसले गर्दा गुणांकिय प्रभाव मार्फत अर्थतन्त्र लाई थप तहस नहस पार्दछ ।

कोभिड-१९ लाई नियन्त्रण गर्ने शन्दर्भमा बिश्वमा तीन वटा देशहरुले बढी सफलता प्राप्त गरे । यी तीन देशहरुले फरक – फरक  प्रारुपहरु अपनाए । यी तीन मुलुका हरु हुन : चीन, दक्षिण कोरिया र जर्मनि । यी प्रारुपहरुको बारेमा छोटकरीमा छलफल गरौं ।

 चिनिया प्रारुप : चिनमा यो रोग नियन्त्रण गर्नकोलागी मानिसहरुको आवत जावत नै बन्द गरियो । जसलाई Lock down भनिन्छ । यसले गर्दा मानिसहरु एक अर्कामा संपर्क हुन पाएनन र रोग फैलना पाएन । यो Lock down लाई State र Local स्तर सम्म लागु गरियो । यसको साथै व्यक्तिगत स्तरमा जनताको स्वाथ्यको अनुगमन गरियो ।

दक्षिण कोरिया प्रारुप : दक्षिण कोरियामा यो रोग नियन्त्रण गर्ने जस त्यहाँका जनाताले देखाएको अनुशाशन र जवाफदेहितमा जान्छ । महामारी रोग शुरु भए पश्चात सरकारले अनुरोध गर्दा बित्तिकै दक्षिण कोरियाका जनताले सरकारी आदेश र नियमहरु पुर्ण रुपमा पालना गरे । आफ्नो यात्रालाई अति आवश्यक क्षेत्रमा मात्र सिमित गरे, अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्किएनन । निस्कनु पर्दा सुरक्षात्मक मास्क लगाएर मात्र निस्किए । यस बाहेक अन्य उपाय पनि अपनाए । अन्य उपाय भनेका तिनै उपाय हुन जो हामिले छिन – छिनमा हाम्रो Mobile को घण्टिमा बजेको सुन्छौ । ति हुन : एक अर्का विच दुरी कायम गर्ने, निरन्तर रुपमा साबुन पानीले हात धुने, र हाछ्यु गर्दा रुमालले मुख छोप्ने । नागरिकहरुलाई आवश्यक परेका सामानहरु घरमै पुर्‍याउने ब्यबस्था गरियो । दक्षिण कोरियामा सामानहरुको Home Delivery System राम्रो संग विकस भएकोले यसो गर्न सजिलो पनि भयो । यसरि त्यहाँका जनाताले सरकारलाई पुरै सहयोग गरे र रोग नियन्त्रण गर्नको लागी पुरा रुपमा रास्ट्रीय एकता प्रदर्शन गरे । जसको कारणले दक्षिण कोरिया यो रोग नियन्त्रयण गर्न सफल भएको छ ।

वास्तवमा हाम्रो देश भगवान भरोसामा चलेको देश हो । किनभने हामिले योजनाबध्द विकास शुरु गरेको झण्डै साढे ६ दशक भयो तर नेपालमा आर्थीक तथा सामाजिक विकासका पुर्वाधारहरु खासै सिर्जना हुन सकेनन । योजनाबध्द विकास शुरु त गरियो तर कुनै पनि कामको योजना बनेन वा योजना बनाएर पनि कार्यान्वयन गरिएन । ६० वर्ष अघी हाम्रो देशको जस्तै आर्थीक अवस्था भएका देशहरु आज कुन अवस्थामा पुगेका छन त्यही हेरे पुग्छ अरु प्रमाण खोज्नु पर्दैन ।    अर्को तर्फ न त हामीसंग कुनै ठुलो महामारीको अनुभव छ न हामीले त्यस्तो अनुभवबाट केहि सिकेका छौं । यदी अरुको अनुभव बाट केहि सिकेका भएत चिनमा कोरोना को लक्षण देखिएको झण्डै तीन महिना सम्म हाम्रो तयारी को अवस्था यस्तो हुने थिएन ।

जर्मनी प्रारुप : अहिले यो रोगले संयुक्त राज्य अमेरिका लगायत संपुर्ण युरोपमा महामारिको रुप लिएको छ । तर युरोपकै एक विकसित राष्ट्र जर्मनिमा यसको संक्रमण र मृत्यु दर दुवै कम छ । यसको कारण के होला त ? उक्त सफलताको पछाडी उक्त देशले लिएको निती नै हो । यो रोग रोकथाम गर्नकोलागी जर्मनिले बिमारिको संपर्कमा आएका ब्यक्तीहरुको ब्यापक खोजबिन गर्‍यो र ठुलो संख्यामा स्वास्थ्य परिक्षण गर्‍यो । त्यहाँका निजी मेडिकल संस्था पनि धेरै जिम्मेवार रुपमा प्रस्तुत भए । उनिहरुले निशुल्क रुपमा कोरोना को परिक्षण गरिदिए । यसले गर्दा बिमारिको पहिचान गर्न सक्यो । जर्मनिमा स्वास्थ्य सुबिधा राम्रो छ । अस्पत्तालमा बिरामी राख्ने Bed, ICU, र Ventilator हरु धेरै रहेका छन । जसले गर्दा बिमारिको मृत्यु दर घटाउन सक्यो ।

हाम्रो बाटो
नेपालमा  कोभिड-१९ लाई नियन्त्रण गर्ने शन्दर्भमा गर्नु पर्ने तयारी ढिलो भई सकेको छ । तर पनि यसको लागी हामिले उपरोक्त तीन वटै प्रारुपहरु अपनाउनु पर्दछ । हुनत एकै पटक तीन वटै प्रारुपहरु अपनाउनु हाम्रो जस्तो देशको लागी श्रोत र साधनले पुग्दैन तर तयारी ढिलो गरे वापतको लागत हो यो । यदी समयमै तयारी गरेको भए एउटा मात्र प्रारुप अपनाउदा पनि यो रोग सजिलैसंग नियन्त्रण हुन सक्थ्यो ।

सरकारको पहिलो काम आफ्ना नागरिकको सुरक्षा गर्नु हो, त्यस पछी मात्र कल्याणकारी राज्यको अवधारणाले प्राथमिकता पाउछ । त्यसकारण आफ्ना नागरिकको सुरक्षा गर्नको लागी श्रोत र साधनको खोजविन गर्नु पर्दछ । यसको सजिलो माध्यम भनेको बजेट रकमान्तर हो । अहिले यो सरकारको मुल्यांकन आर्थीक सामाजिक विकासको लागी आवस्यक पर्ने पुर्वाधारको निर्माण कती गर्‍यो भनेर गरिंदैन । बरु कोभिड-१९ विरुध्द सरकारले कती काम गर्न सक्यो भनेर गरिन्छ ।

अव यो Lock down को अवधिमा पनि आर्थीक गतिविधीहरु सन्चालन गर्नु पर्दछ । एशियाली विकास बैंक ले साना उद्योगहरु  सन्चालन गर्नु  पर्ने सल्लाह दिएको छ । तर यस्ता काममा जाने श्रमिकहरु सकभर आवासिय हुनु पर्दछ र तिनीहरुको नियमित स्वास्थ्य परिक्षण हुनु पर्दछ । यस वापत उद्योगपतीहरुलाई लाग्ने थप लागतको केहि अंश सरकारले अनुदानको रुपमा  उद्योगपतीलाई उपलब्ध गराउनु पर्दछ ।

नेपालका सरकारी एवम निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुको क्षमता र जवाफदेहिता त यस पटक राम्रो संग देखियो । सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत जनशक्ती को लापरवाहीमा केहि हद सम्म स्वयम सरकार नै जिम्मेवार छ । किनभने सरकारले काम गर्ने वातवरणा नै सिर्जना गर्न सकेको छैन । काम प्रती उत्साह जगाउन / जिम्मेवार बनाउन सकेको छैन । जहाँसम्म निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुको कुरा छ यिनीहरु स्वभाविकरुपमा नाफा कमाउनको लागी लगानी गरेका  संस्था हुन । यिनीहरुको उद्देश्य उपभोक्ताहरुलाई चर्को शोषण गर्नु हो । यसो हुन नदिन सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुको निरन्तर अनुगमन गर्नु पर्दथ्यो । तर त्यो गरेन । सरकारी निकाय निजि क्षेत्रको चंगुलामा फस्यो । भनिन्छ केहि लेनदेनमा बिक्यो । त्यती मात्र होईन, प्रतेक निजी प्रतिस्ठानमा सरकारी क्षेत्रको अधिकारि पनि लगानिको हिसाबले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गांसिएको छ । यस्तो अवस्थामा निजी क्षेत्र कसरी नियन्त्रीत हुन सक्छ ? नेपालको सार्वजनिक प्रशासनको लागी यो निकै सोचनिय विषय हो ।

नेपालमा नवउदारवादी आर्थिक नितिको शुरुवात पछी निजी क्षेत्र फस्टाएको हो र केहि क्षेत्रमा यसले प्रचुर मात्रामा नाफा सिर्जना गरेको हो । तर सरकारी अनुगमनको अभावमा यो क्षेत्र जिम्मेवार हुन सकेन । उदाहरणको लागी स्वास्थ्य क्षेत्र नै हेरौं : नेपालको निजी स्वास्थ्य क्षेत्र तुलनात्मका रुपमा फाइदा जनक क्षेत्र नै हो । तर अहिले कुनै पनि सामान्य बिमारिको पनि उपचार यस्ता अस्पत्तलामा हुँदैन । यो क्षेत्र जवाफ देही बन्न सकेन । यस समयमा धेरै मानिसहरु डा. गोबिन्द के. सी. लाई सम्झादा हुन । उनको माग नै सार्वजनिक स्वास्थ्य क्षेत्रमा चिकत्सकहरु उत्पादन गर्ने, सस्तो एवम सुलभ रुपमा चिकित्सकिय सेवा प्रदान गर्न पर्दछ भन्ने थियो । तर उनका कुरा कसैले सुनेनन । अव सार्वजनिका स्वास्थ्य क्षेत्रको कुनै न कुनै रुपम पुन: संरचना गर्नु पर्ने आवस्यकता छ । हेरौं कतै उनका मागहरु पनि सम्बोधन हुन्छन की ?

वि.सं.२०७६ चैत २४ सोमवार १८:०८ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...