अमेरिकामा बेलगाम फैलिएको यो महामारीमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वातचित पछिको रसियन सहयोग र चिनी राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना विरुद्ध मिलेर लड्ने प्रतिवद्धताले संसारका शान्ति र न्यायप्रेमी जनसमुदायमा आशाको विरुवा पलाएको छ । आशा गरौं कोरोना भाइरसको महामारी रोकथाम पछिको सुखद परिणाम विश्व शान्ती र मेलमिलाप होस् !
मानव सभ्यताको इतिहासमै विश्वव्यापी महामारीको रुपमा फैलिएको COVID-19 नामक कोरोनाभाइरसले विश्व समुदायलाई निस्शर्त रुपमा फेरि एकपटक पारस्परिक सहयोगको विन्दुमा ल्याएको छ । चीनबाट शुरु भएर यो महामारी इरान र युरोप हुँदै अमेरिकामा भयावह रुपमा फैलिदै गएपछि राष्ट्र संघका महासचिवले समेत यसलाई ‘विनाशकारी द्वितीय विश्वयुद्ध ९१९३९-४५० पछिको मानव समुदायकै ठूलो चुनौति’ भनी सबैलाई सचेत गराएको सन्दर्भमा यहाँ द्वितीय विश्वयुद्ध, यसमा समाजवादी तथा पुँजीवादी राष्ट्रहरुको एकिकृत मोर्चाबन्दी तथा नाजीवादी र फासीवादी युद्ध उन्माद विरुद्ध मानवताको विजयको संक्षिप्त चर्चा गर्दै हालको कोरोना महामारी विरुद्ध विश्व एकताको संकेतको विवेचना गर्ने प्रयास गरिएको छ ।
१ सेप्टेम्वर, १९३९ देखि युरोपबाट शुरु भएको द्वितीय विश्वयुद्ध मानव इतिहासमा सवभन्दा विनाशकारी युद्ध थियो, जसमा करिब अढाई करोड सैनिक एवं ५ करोड भन्दा बढी गैरसैनिक नागरिक मारिएका तथा खर्बौं धनमालको क्षती भएको थियो । १९१७ को रुसी समाजवादी क्रान्ति (अक्टुवर रिभोलुसन) सम्पन्न भै सोभियत संघको निर्माण भैसकेको भएतापनि तत्कालिन विश्व पुँजीवादी र समाजवादी खेमामा विभक्त थिएन बरु मुख्यतस् युरोप एकातर्फ नाजीवाद (Nazism) तथा फासीवाद (Fascism) र अर्कोतर्फ उदारवादी पुँजीवाद (Liberal Capitalism) मा विभाजित थियो । समाजवादी सोभियत संघ यी दुबैबाट पृथक रह्यो भने पुँजीवादी भएर पनि अमेरिका समेत यसबाट टाढै बस्यो ।
युरोपमा नाजीवाद र फासीवादको उन्मत्तता र एसिया(प्यासिफिकमा जापानी साम्राज्यको जबरजस्त प्रभावले युरोपमा दुई विपरीत सैन्य गठबन्धन बन्न पुगे । फलतस् १ सेप्टेम्वर, १९३९ मा जर्मनीले पोलेण्डमा आक्रमण गरेपछि फ्रान्स र वेलायतले एलाइड (Allied Power) को निर्माण गरी जर्मनी विरुद्ध युद्धको घोषणा गरे । ठीक यहीनेरबाट विनाशकारी द्वितीय विश्वयुद्धको शुरुआत भयो । यता चीन पनि जापान विरुद्ध युरोपियन एलाइड पावरसँग नजिक हुनपुग्यो । युद्ध उन्मादी चलाख जर्मनीले १९३९(४१ सम्म युरोपका तटस्थ राष्ट्रहरु, खासगरी सोभियत संघसँग अनाक्रमण सन्धि गर्दै युरोपको ठूलो भुभाग नियन्त्रणमा लियो र यही विचमा २७ सेप्टेम्वर, १९४० मा इटाली र जापानसँग सैनिक गठबन्धन, एक्सिस एलायन्स (Axis Alliance) गरी २२ जुन, १९४१ मा सोभियत संघमाथि समेत अतिक्रमण गर्यो । फलतस् सोभियत संघ एलाइड पावरमा सामेल भयो । उता एक्सिस एलायन्समा आवद्ध जापानले हवाई टापुमा रहेको अमेरिकन नाभल वेस (Naval base) को पर्ल हार्वर (Pearl Harbor) मा डिसेम्वर, १९४१ मा एक्कासी आक्रमण गरी ठूलो क्षती पारेपछि अमेरिका पनि जापान विरुद्ध एलाइड पावरमा सामेल भयो । यसरी १९४१ को डिसेम्वर सम्ममा वेलायत, फ्रान्स, पोलेण्ड, सोभियत संघ, चीन र अमेरिका लगायत राष्ट्रहरु एलाइड पावरमा तथा जर्मनी, इटाली र जापान लगायत राष्ट्रहरु एक्सिस एलायन्समा आवद्ध भए । यसरी विश्व प्रत्यक्ष परोक्ष रुपमा एक्सिस एलायन्स र एलाइड पावरमा विभक्त भै विश्वयुद्ध भयो । सन् १९४२(४३ देखि जब एक्सिस एलायन्सको पराजयको शुरुआत भयो (एलाइड पावरले प्यासिफिक क्षेत्र, उत्तर अफ्रिका र स्टालिनग्राद विजय गर्दै जर्मनी अधिनस्त फ्रान्स समेत फिर्ता लिए), युद्ध उन्मादी एक्सिस एलायन्सले आत्मसमर्पण गर्न थाल्यो । यसरी १९४५ सम्म आउँदा एक्सिस एलायन्सको पराजयसँगै विनाशकारी द्वितीय विश्वयुद्धको पनि अन्त्य भयो । सँगसँगै पर्ल हार्वरमा भएको जापानी आक्रमणको बदला स्वरुप अमेरिकाले जपानका हिरोशिमा ९६ अगस्त, १९४५० र नागासाकी ९९ अगस्त, १९४५० मा हानेको नरसंहारकारी अणुवम भने मानव सभ्यताको कलंकको रुपमा रहिरह्यो । जे भएपनि विध्वंशकारी द्वितीय विश्वयुद्ध समाप्त गर्न तत्कालिन विपरीत राजनैतिक व्यवस्थाका शक्ति राष्ट्रहरु, मुख्यत: सोभियत संघ र अमेरिका एउटै सैनिक गठबन्धनमा आउनु समयको माग र जमिनी आवस्यकता थियो ।
विडम्बना ! यो एकता लामो समय टिक्न सकेन । पुँजीवादी राष्ट्रहरु मुख्यतस् वेलायतको अगुवाईमा साम्राज्यवादी बाटो अँगालेको अमेरिकासँग मोर्चा कस्दै समाजवाद विरोधी अभियानमा लागे । यहीनेरबाट सोभियत संघको विघटनको बेलासम्म ९१९४७-९०० शितयुद्ध(Cold War) को अवस्था रह्यो । समाजवाद बिरोधी अभियान अन्तर्गत १९४९ मा अमेरिकी नेतृत्वमा नाटो सैनिक गठबन्धन (North Atlantic Treaty Organization, NATO) निर्माण भयो । समयक्रममा पुँजीवादी साम्राज्यवादी पश्चिमा सैनिक गठबन्धनको प्रतिरोध गर्न र स्वयं सोभियत संघ र पूर्वी युरोपियन समाजवादी सत्तालाई बचाउन सोभियत संघले पनि पूर्वी युरोपियन राष्ट्रहरुसँग सैनिक गठबन्धन गरी वार्सा सन्धि संगठन (WARSAW Pact) बनायो । उता १९४९ मै समाजवादी (जनवादी) क्रान्ति सम्पन्न गरिसकेको चीन भने समाजवादी राष्ट्रहरुसँग मित्रवत रहँदै गठबन्धनमा भने सामेल भएन । यसरी शितयुद्ध सँगै विश्व (शक्ति राष्ट्रहरु) फेरि कहाली लाग्दो विभाजनमा गए । फलतस् सन् १९४८-४९ को वर्लिन अवरोध, १९५०(५३ को कोरिया युद्ध, १९५५(७५ को भियतनाम युद्ध, १९५६ को स्वेज संकट, १९६१ को वर्लिन संकट, १९६२ को क्युवान मिसाइल संकट, १९६५(६६ को इण्डोनेसियाको आम नरसंहार, ७० र ८० को दशकको ल्याटिन अमेरिकी राष्ट्रहरुको गृहयुद्ध ९क्रान्ति र प्रतिक्कान्तिको श्रृंखला०, १९७९ को सोभियत(अफगानरअमेरिकन युद्ध, आदि सयौं प्रायोजित द्वन्द र वारेस युद्ध (proxy war) बाट विश्व समुदाय गुज्रिनुपर्यो । १९९० मा सोभियत संघको पतनसँगै शित युद्धको अन्त्य भएपनि आर्थिक रुपमा कमजोर रुस सामरिक रुपमा महाशक्तिको स्थानमा उक्ली चीनसँग हातेमालो गर्दै विश्व शक्ति सन्तुलनमा बदलाव ल्याउन अघि बढिरहेको छ भने साम्राज्यवादीहरु (अमेरिका र यसका कठपुतलीहरु (वेलायत, क्यानाडा, अष्ट्रेलिया र जापान) आर्थिक र सामरिक रुपमा उदीयमान समाजवादी राष्ट्र चीनसँग झस्किरहेछन् । त्यसैले त कोरोना भाइरसले चीन आक्रान्त हुँदा समेत अमेरिका, वेलायत, क्यानाडा अष्ट्रेलिया जस्ता कट्टर साम्राज्यवादी मुलुकहरुले चीनलाई सहयोग गर्नुको सट्टा अट्टहास गरी अपमान गरे ‘चीनी भाइरस’ भनेर । फेरिपनि चीनले यो महामारीको चपेटामा परेको विश्व समुदायलाई आवश्यक जुनसुकै सहयोग गर्न तयार रहेको सन्देश दिइरहेछ ।
विकराल मानवीय संकटले विश्व एकताको जमीन तयार गर्छ । द्वितीय विश्वयुद्धले सोभियत संघ, अमेरिका, वेलायत, प्रान्स, चीन जस्ता फरक सभ्यता र राजनैतिक व्यवस्थाका राष्ट्रहरुलाई एक ठाउँमा ल्यायो । इरानको भूकम्पीय विपत्तिमा (सन् २००३ र २०१२) अमेरिकाले सहयोग गर्यो र यसले इरान(अमेरिका सम्बन्धमा न्यानोपन ल्यायो तर ट्रम्पको सन्काहा चरित्रका कारण यो लामो समयसम्म टिक्न सकेन । हालमा चीन कोरोनाको चपेटामा पर्दा जर्मनी र फ्रान्सले सहयोग गरे भने यो महामारी युरोप, खासमा इटाली र स्पेनमा बढ्दै जाँदा चीन, रुस र क्युवाले खुलेर सहयोग गरिरहेछन् । क्युवाले मेडिकल टीम र सामग्री सहित भेनेजुयला, निकारागुवा, सुरिनाम, वोलिभिया लगायत मित्रहरुलाई सहयोग गरिरहेछ । हाल अमेरिकामा बेलगाम फैलिएको यो महामारीमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वातचित पछिको रसियन सहयोग र चिनी राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना विरुद्ध मिलेर लड्ने प्रतिवद्धताले संसारका शान्ति र न्यायप्रेमी जनसमुदायमा आशाको विरुवा पलाएको छ । आशा गरौं कोरोना भाइरसको महामारी रोकथाम पछिको सुखद परिणाम विश्व शान्ती र मेलमिलाप होस् !
अस्तु
वि.सं.२०७६ चैत २४ सोमवार १८:२५ मा प्रकाशित






























