Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

बेलायतको लाख भन्दा नेपालको ८ हजार प्यारो भन्छन् मनिष



manish-thapa
पछिल्लो समय रहर या बाध्यताले जेसुकै भएपनि धेरै युवाहरुको मन विदेशले तानेको छ । अमेरिका र युरोपको नागरिक बन्न युवाहरु तछाडमछाड नै गरिरहेका छन् । विदेशमा आफूले सिकेको सीपलाई नेपालमा प्रबद्र्धन गरेर नेपालीलाई पनि सक्षम बनाउने कुरामा युवाहरुको ध्यान जान सकिरहेको छैन । तर गुल्मीका युवा मनिष थापा जो सानैदेखि विदेशी भूमीमै हुर्किए, पढे र सक्षम बने । त्यहाँ उनका लागि प्रशस्तै सम्भावना थियो । तर, आफ्नै देशमा बसेर केही गर्नुपर्छ भनेर विदेशबाट युकेबाट नेपाल फर्किएका छन् । किन फर्किए मनिष नेपाल ? नेपाल फर्किएपछि के गर्दैछन् ? यसैविषयमा केन्द्रित रहेर संसारन्युज डटकमले थापासँग गरेको कुराकानी ः
आफ्ना बारे केही भनिदिनुहोस् न ?
आजभन्दा ३१ वर्ष अगाडी म गुल्मीमा जन्मिएँ । बुबा टोप बहादुर थापा इन्डियन लाहुरे हुनाले आमा इन्द्रमति थापा सहित हामी सपरिवार इण्डियामै थियौं । मेरो हुकाई, बढाई र पढाइ इण्डियामा नै भयो । मैले प्लस टु सम्मको अध्ययन इण्डियामा सके । त्यसपछि मैले चार्टड एकाउन्टेन पढ्ने सोंच बनाएँ । काका बेलायतमा हुनाले म बेलायतमै पढ्न गएँ । बेलायतमा मेरा काका हाल ग्रेटर रशुमर युकेका अध्यक्ष तथा प्रथम नौमती बाजा युकेका अध्यक्ष काका ओम बहादुर थापा हुनुहुन्थ्यो ।
मलाई इण्डियामा पढ्दादेखि नै विदेशप्रति घृणा लागेर आउँथ्यो । किनभने इण्डियामा हामीलाई धेरै हेप्थे । हामीलाई हाम्रो नामबाट नबोलाएर कान्छा र बहादुर भनेर बोलाउँथे । त्यतिबेला धेरै पीडा हुन्थ्यो । त्यहाँको समाजले नेपालीप्रति हेर्ने दृष्टिकोण बेग्लै थियो । मलाई त्यतिबेलै आफ्नो पुख्र्यौली गाँउ नेपालको अनुहार हेर्न मन लाग्थ्यो । नेपालमै पढ्न रहर लाग्थ्यो । तर पनि मेरो बाध्यता थियो त्यहाँ पढ्नुपर्ने । किनभने मैले त्यहाँबाट केही सिक्नु थियो । पछि पढ्नकै लागि बेलायत पुगे । बेलायतमा काम पनि गरे । कमाइ राम्रै थियो तर पनि किन किन बस्नै लागेन र नेपाल फर्किँए ।
बेलायतबाट नेपाल फर्किँदा के सोंच बनाउनु भएको थियो ?
अरु खास सोंच त केही थिएन । विजनेस गर्छु भनेर आएँ । तर आफूले सोचें जस्तो रहेनछ नेपाल पनि । नेपालमा सुरुमै नराम्ररी ठगिएँ । एक जना साथीलाई लिएर काम सुरु गर्न खोजेको थिएँ । उनलाई सुरुमै १ लाख रुपैयाँ दिएँ । तर ति साथी १ लाख लिएर बेपत्ता भए । त्यसपछि त्यो विजनेस मैले छोडिदिएँ र एउटा अफिसमा काम गरेँ । मासिक ८ हजार तलवमा । मलाई काकाहरुले नेपाल नपठाउन धेरै जोड गर्नुभएको थियो ।
नेपालमा र बेलायतमा के फरक पाउनु भयो ?
नेपाललाई बेलायतसँग तुलना गर्नै मिल्दैन । नेपाल भनेको नेपाल नै हो । नेपालमा धेरै सम्भावनाहरु छन् । मात्र नीति नियमले बाँधेको छैन । यदि नीति नियम अनुसार नेपालमा काम गर्ने हो भने कुनै बेलायत कुनै अमेरिका र युरोपले भेट्ने छैन । पैसा मात्र हाम्रो जीवनको सबैथोक होइन् ।

बेलायत बसेर आएको मान्छे ८ हजार तलवमा काम गर्छु भन्दा परिवारले मान्यो ?

सुरुमा त मेरो हजुरबादेखि बुवा आमा सबैले गाली गर्नुभएको थियो । हजुरबाले त ‘तँ बौलाइसकि के हो समेत भन्नु भयो । तर मैले विस्तारै बुझाउँदै गएँ । त्यहाँ काम गर्दै बुझ्दै जाँदा पछि आफ्नै विजनेस अफिस खोलें । अहिले त खुसी नै हुनुहुन्छ ।
अहिले के गर्नुहुन्छ ?
मैले नयाँ बानेश्वरमा A Gile  (UCMAS)  नाम रहेको (युनिभर्सल कन्सेप्ट अफ मेन्टल अरिथ्यमेटिक सिस्टम) ‘युसिमास अध्ययन’ सम्बन्धी कम्पनी खोलेको छु । यसको हेड अफिस कुमारी पाटीमा छ । तर, यसको लाइसेन्स लिएर मैले आफ्नै कम्पनी बनाएको छु । अहिले यसलाई रोयल्टीमात्र तिर्छु । ब्रान्ड उसकै हो । तर, कम्पनी मेरो हो ।
के हो ‘युसिमास अध्ययन’ भनेको ?
खासमा यो ‘युसिमास अध्ययन’ भनेको युसिमास पढेका विद्यार्थीको दिमागी विकास उच्च बनाउने एक किसिमको सुत्र हो । युसिमासको अध्ययनले बालबालिकाको गणितीय क्षमता बढ्ने गर्छ । युसिमास पढाइको सुरुमा अबाकसलाई हातमा राखेर गणितीय ज्ञान सिकाइन्छ । अबाकस भनेको एउटा काठको फ्रेम हो । जसमा गोला गुच्चाजस्ता दानाहरू (बिड्स) राखिएका हुन्छन् । यिनै दाना तलमाथि सारेर गणितका विभिन्न परिणाम जनाउने र योगफल निकाल्ने गरिन्छ । विद्यालयमा नियमित सिकाइनेभन्दा युसिमासमा सिकाइने गणितीय पद्धति भिन्न हुन्छ । युसिमासको अध्ययन अबाकसका माध्यमबाट गरिन्छ । विशेष गरेर यसले बालबालिको अध्ययनलाई राम्रो बनाउनस सहयोग गर्छ ।

नेपालमा यसको सुरुवात तपाईँले नै सुरु गर्नु भएको हो कि पहिला देखि नै थियो ?
नेपालमा सन् २००३ बाट युसिमास अध्ययन सुरु भएको हो । नेपालभर अहिले ३२ शाखामार्फत झन्डै ३५ सय विद्यार्थीले यसको अध्ययन गरिरहेका छन् । हालसम्म करिब २५ सय विद्यार्थीले यो सेवा लिइसकेका छन् । हाल विश्वभरका ५२ देशमा युसिमासको पढाइ भइरहेको छ ।
युसिमासको अध्ययन कुन उमेर समूहका विद्यार्थीको लागि उपयुक्त हुन्छ ?
युसिमासको अध्ययन ५ देखि १३ वर्ष समूहका बालबालिकाका लागि बढी लाभदायी छ । यो उमेर अवधिमा उनीहरूको मस्तिष्कका कोषहरू पूर्ण विकसित भइसकेका हुन्छन् । सिकाइ र शारीरिक वृद्धिका कारण यही उमेर समूह उपयुक्त मानिन्छ ।
नेपालमा युसिमासको १० औं तहसम्म पढाइ हुन्छ । एउटा तहका लागि १२ साताको पाठयक्रम तय गरिएको छ । दसै तह पूरा भएपछि ग्रयाजुएट (दीक्षित) भइन्छ ।
भनेपछि अहिले सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु । १ रुपैयाँ रोपेर दुई दिनमै लाख कमाउने मेरो उदेश्य होइन । विस्तारै विस्तारै हुन्छ भन्ने कुरालाई मैले राम्रोसँग बुझेको छु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

धन्न पानी र अन्न बिना पानी बिना अन्न मानव जीवन रहन्न । यदि नहुँदो

१. पीडाको कथा मनको व्यथा बलिको प्रथा । २. हाम्रो अक्कल अज्ञानी पशु बध

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा