back
CTIZAN AD

विद्रोहीको बलियो प्रभाव रहेको अलेप्पोबाट थप एक हजार सारियो

वि.सं.२०७३ पुस ४ सोमवार

1.3K 

shares

४ पुस,बेरुत । सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको अलेप्पो सहरबाट केही घन्टा विलम्ब भए तापनि सोमबार थप एक हजार भन्दा बढी व्यक्तिलाई त्यहाँबाट निकालिएको एक चिकित्सकले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

अलेप्पो सहरमा फसेका व्यक्तिलाई उद्धार गर्ने टोलीका प्रमुख तथा चिकित्सक अहमद दबिसका अनुसार महिला र बालबालिकासहित करिब एक हजार दुई सय व्यक्ति अलेप्पोको पश्चिमी सहरमा गाडी चढ्नको लागि आइपुगेका छन् ।

यद्यपि ‘द’ सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले विद्रोहीको कब्जामा रहेको अलेप्पोको उत्तर पश्भिम भागमा रहेका दुईवटा गाउँबाट करिब पाँच सय व्यक्तिलाई त्यहाँबाट सारिएको छ ।

वर्षौसम्म जारी लडाइपछि सिरियाली सरकारी पक्षले सिरियाको अलेप्पो सहरमा सम्पूर्ण भागमा नियन्त्रणमा लिएपछि सो सहरबाट हजारौँ स्थानीय बासिन्दा र विद्रोही पक्षका व्यक्तिले अलेप्पो छोड्ने क्रममा जारी रहेको छ ।

सिरियामा सन् २०११ को मार्च महिनामा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । जारी गृहयुद्धको कारण २०११ देखि हालसम्मा मृत्यु हुनेको व्यक्तिको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले हालै जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले गत मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजार सर्वसाधारण रहेका छन् ।
यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौँ आफ्नो देश या विदेशका शरणार्थी जीवन बिताउन बाध्य छन् । रासस÷एएफपी

वि.सं.२०७३ पुस ४ सोमवार १०:०१ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...