२६ चैत, भक्तपुर । भक्तपुर नगरपालिका १० कमलबिनायकस्थित कार्यकल्प आर्युबेद फर्माबाट गुणस्तरहिन Instant Hand Sanitizer लेखिएको १ सय एमएलको १ सय २६ थान र ६० एमएलको २३ थान ह्यान्ड स्यानिटाइजर पक्राउ गरिएको छ ।
उक्त फर्मामा औषधी ब्यवस्था बिभागले निर्धारण गरेको गुणस्तर मापदण्ड पूरा नगरेको ह्यान्ड स्यानिटाइजरहरु गुणस्तर युक्त छ भनी ग्राहकहरुलाई झुक्याई अहिलेको संबेदनशील अवस्थामा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र औषधी व्यवस्था बिभाग बबरमहल काठमाडौंबाट खटिएका बरिष्ठ औषधी अधिकृत सहितको टोलीले उक्त परिमाणको ह्यान्ड स्यानिटाइजर बरामद गरेको हो ।
साथै उक्त फर्माकी संचालिका भक्तपुर चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझासँग आवश्यक सोधपुछ तथा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
वि.सं.२०७६ चैत २६ बुधवार १२:३६ मा प्रकाशित






























