back

नेकपाले गर्यो विदेशस्थित भातृसंगठनका अध्यक्षहरुसँग अनलाइन बैठक

वि.सं.२०७६ चैत २७ बिहीवार

579 

shares

२७ चैत, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार विदेशस्थित आफ्ना भातृ संगठन प्रवासी नेपाली एकता मन्चका अध्यक्षहरुसँग अनलाइन बैठक सम्पन्न गरेको छ ।

प्रबासी नेपालीहरुको वर्तमान अबस्था र समस्या समाधानका उपायहरु बारेमा प्रबासी नेपाली एकता मञ्चका राष्ट्रिय कमिटी अध्यक्षहरुका बीचमा उपलव्धीमूलक अनलाइन बैठक भएको नेकपाका प्रबास समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाईंले बताएका छन् ।

बैठकले कोरोना संक्रमणको बिश्वव्यापी अबस्थालाई जनस्तरबाट नियाल्ने प्रयत्न गर्नुका साथै आफू बसीरहेको मुलुक स्वयम् कोरोना संक्रमणबाट प्रभावित र आफ्नो दैनिकी पनि त्यस परिस्थितीबाट नियन्त्रित भएता पनि नेपाल सरकारको कोरोना पीडि़त राहत तथा उद्धार कोषमा सक्दो आर्थिक सहयोग गर्ने अध्यक्षहरुले प्रतिवद्धता गरेको अध्यक्ष चौलागाईँले बताएका छन् ।

बैठकले हालसम्म कोरोनाको कारण (मृत्युको कारणबारे संभवत सबैको अन्तिम रिपोर्ट नआइसकेको अवस्था) ज्यान गुमाउने (अमेरिका मा ५, यूकेमा २, यूएई १) ८ जना नेपाली प्रति श्रद्धान्जलि अर्पण समेत गरेको छ ।
बैठकमा कोरोनाका कारण बिदेशमा रहेका नेपालीहरुको दैनिकी हाल थेग्न सक्ने दायरामै प्रभावित बनेको भएता पनि आगामी दिनमा अर्थतन्त्रमा आउन सक्ने गिरावटसंगै नेपालीहरुले झेल्न नसक्ने समस्या आउने संभावना रहेकोले त्यसतर्फ सजग हुन् समेत ध्यानाकर्षण गराइएको बताइएको छ ।

बैठकमा कमिटीका सचिव श्री प्रसाद शाह, सदस्य तिल बिक र प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष चानक पोखरेल, युएईका अध्यक्ष बाबुराम बिक, ओमानका अध्यक्ष उमेश विक, बहराइनका अध्यक्ष सालिग्राम पन्थ, साउदीका अध्यक्ष शीवराज जैशी, इजरायलका अध्यक्ष तीर्थ गौतम, पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल, फ्रान्सका अध्यक्ष भक्त वाग्ले, बेल्जियमका अध्यक्ष जित लामा, नर्वेका अध्यक्ष विश्वास बजगाईँ, डेनमार्कका अध्यक्ष उदयराज गौतम, अष्ट्रियाका अध्यक्ष धर्मराज खतिवडा, बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, स्पेनका अध्यक्ष हेक शेर्पा र मलेसियाका अध्यक्ष रमेश तिवारीको सहभागीता रहेको थियो ।

वि.सं.२०७६ चैत २७ बिहीवार ११:३३ मा प्रकाशित

Himalayan Life AD
आगामी पुसमा बाघ गणना गरिने

आगामी पुसमा बाघ गणना गरिने

चितवन । आगामीे पुसमा बाघ गणना गरिने भएको छ ।...

एमाले सचिवालय बैठक शनिबार बस्ने

एमाले सचिवालय बैठक शनिबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारीका लागि...

विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता गरिँदै

विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता गरिँदै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि...

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो...

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

म्याग्दी । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका...

महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न थप २ जना पक्राउ

महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न थप २ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका जवान उत्तम...