back
CTIZAN AD

आज शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

वि.सं.२०७६ चैत २८ शुक्रवार

747 

shares

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सोखले खर्च बढाए पनि स्रोत-साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । तत्काल फाइदा नभए पनि दिगो आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा उपलब्धि हातलागी हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्य प्राप्ति हुनेछ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बिछोडिएका आफन्तसँग भेटघाट होला । प्रयत्न गर्दा अरूका कमजोरीबाट फाइदा उठाउने समय छ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पहिलेको सफलताले कार्यक्षेत्रमा हौसला जगाउनेछ । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ । अपेक्षित लाभ नभए पनि पछिका लागि लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । तत्कालको मात्र फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मेहनतीहरूलाई कार्य्सिद्धिको समय छ । नाम, दाम र इनाम हातलागी हुनेछ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर दिलाउनेछ । काम देखाएर फाइदा लिने समय छ । शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ । काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।

चैत २८, शुक्रवार (अप्रिल १०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

कस्तो छ त तपाईको आज (विहिवार) को राशिफल ?,यी राशिकालाई हुन्छ आज लाभ

वि.सं.२०७६ चैत २८ शुक्रवार ०७:५८ मा प्रकाशित