back
CTIZAN AD

साइप्रसमा कोरोनाको कहरः यस्तो छ नेपालीको अवस्था

वि.सं.२०७६ चैत २९ शनिवार

900 

shares

अहिले विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ । चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको छ भने इटाली अहिले यसको चरम चपेटामा छ । त्यस्तै युरोप, अमेरिका र मध्यपूर्वमा यो तीव्र दरले फैलने क्रममा जारीनै छ । हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले ‘कोभिड १९’ को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

यो लेख लेख्दै जाँदा हाल साइप्रसमा १२ हजार देखी १३ हजारको हाराहारीमा नेपाली विद्यार्थी र कामदार बसिरहेका छौ । आजको मिति सम्म नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु भौतिक रुपमा केही नोक्सानी नभएपनि यसको सामाजिक र आर्थिक असर पर्न सुरु भए सकेको छ । साइप्रसमा ५२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ११ जनाको निधन भइसकेको छ र ५२ जना सन्चो भएर घर फर्कि सकेका छन् । तर, कोरोना भाइरसको संक्रमण फैलिन नदिन साइप्रस सरकारले प्राय स्कुल, कलेज, सपिङ्ग मल, पसलहरू सिनेमाहल, थिएटर, लाईब्रेरी, क्यासिनो तथा बेटिङ सेन्टर (बाजी लगाउने ठाउँ), पुरातात्त्विक स्थानहरू, डिपार्टमेन्ट स्टोर, थिम पार्क सङ्ग्रहालयहरू, क्याफे तथा कफी सफ, होटेल र रेस्टुरेन्टर बारहरू अप्रिल ३० सम्म बन्द गरेको छ । त्यसको मार प्रत्यक्षरुपमा दिनमा काम गर्ने कामदारहरूलाई पर्न गएको हुँदा अवस्था नाजुक देखिएको छ । यस परिस्थितिमा नागरिकको लागि दैनिक उपभोग्य वस्तु तथा सेवाको नियमित आपूर्तिको लागि मुख्य र ठूला व्यापारीक केन्द्र, औषधालयहरु, वित्तीय संस्थाहरु आदि सरकारी सुरक्षाको नियमन र निगरानीमा मात्र खुलेका छन् र अधिकांस रोजगारदाता उद्योग व्यवसायहरु अर्को सरकारी सूचना नआउञ्जेलको लागि बन्द छन् । कोरोना भाइरसले हाम्रो समाजका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पारेको छ । साइप्रसमा पनि केही प्रभाव भइसकेका छन् ।

खाद्यान्न महँगो र अभाव
कोरोना भाइरसले अत्यावश्यक बस्तुहरु चामल, तेल, दाल जस्ता बस्तुको पहिलो भन्दा महँगो हुँदै गएको छ । साइप्रसमा खाद्यान्न गोदामहरुको बस्तुहरु निकै प्रभाव परेको छ । किनकी समानहरु केही समयको लागि मिति रहेको हुन्छ , किनकि, लकडाउन भएपछी अत्यावश्यक बस्तुहरु खेर गएरहेको छ । यो पंक्तिकार केही सामान संकलन गर्न जादाँ धेरै कम्पनीको साहुहरुले आ–आफ्नो दुखेसो पोखेका छन् । र अर्को प्रभाव तेल जस्ता बस्तुहरु पनि देखा परेको छ । एसियन मानिसहरुलाई एकदमै मनपर्ने एक जो स्वयाबीन जुन बजारमा पाइनै छोडेको छ ।

यस्तो छ साइप्रसका नेपालीको समस्या
दाङ घर भएकी कार्की भन्छिन्, उनी Sector या Agriculture and Animal Farmingमा काम गर्दै आएकी थिइन् अहिले कोरोना भाइरसको प्रभावले उनको साहुले निकालिदिएको छ । उनीको एक बर्षको भिसा छ तर कोरोना भाइरसले काम खोसिदिएको छ । अहिले उनी काम गर्दै आएकी छ महिना भएको थियो । कोरोनाको प्रभाव बढ्दै जादा व्यवसाय नै बन्द भएपछि साहुले पनि पैसा दिन नसक्ने भएपछि अहिले उनी साथीभाइसँग बस्दै आएकी छन् ।

झापा घर भएकी सोभा पनि साइप्रसमा कामदार भिसामा आएको दुई वर्ष भयो । उनी घरको काममा आएकी हुन् । उनलाई अहिले घर मालिकले बाहिरै बस्न भनेर घरबाट निकालदिएको छ । किनकी उनलाई साहुले कोरोना भाइरस नियन्त्रण भइसकेपछी आउनु भनेको उनी बताउँछिन् । उनी पनि बाहिर दिदिबहिनीहरु संगै बस्दै आएकी छन् । अहिले उनलाई पनि गाँस बाँस र कपासको चिन्ता संगै साहुले काममा बोलाउछ कि बोलाउदैन भन्ने चिन्ताले पिरोलिएकी छिन् ।

त्यस्तै छ गोर्खा घर भएका सुदिपको पीडा पनि । उनी साइप्रसमा बिद्यार्थी भिसामा आएको नौ महिना भयो । उनी अहिलेसम्म साइप्रसमा काम नपाएर घर जाने तरखरमा थिए र घर जानको लागि क्ष्ःइ फर्मको उत्तरको पर्खाइमा थिए । एकाएक कोरोना भाइरसले महामारीको रुप लिएपछि उनी अहिले बन्द कोठामा छन् । उनी जस्ता धेरै नेपाली विद्यार्थी रहेका छन् । उनी अहिले कसरी बस्ने, घरभाडा आदि लगायत कसरी तिर्ने होला भन्ने चिन्तामा छन् ।

सबै संघसंस्थाहरुलाई मेरो मात्र नभइ सबै विद्यार्थी साथीहरूको कुरा हो । यो विपत्तिमा काम छैन । घरभित्र बस्नु परेको छ । नबस्नु पनि कसरी यो आफै पनि बुझिबुझि बुझ् पचाउने कुरै भएन । त्यसपछि अर्को कुरा विद्यार्थीले भर्ना गर्नुपर्ने हुन्छ, फरकफरक इन्टेकमा आएका विद्यार्थी आफू आएको इन्टेकमा भर्ना गर्नु पर्ने हुन्छ । भर्ना गरेन भने कलेजले भिसा रिन्यु गर्दैन, भिसा रिन्यु भएन भने इलिगल हुन्छ । इलिगल मान्छे यहाँ एक अपराधी सरह हुन्छ । इलिगल भएको भेटाउने बित्तिकै यहाँको सरकारले नेपाल पठाइदिन्छ । यदि यस्तो अबस्थामा पैसा नभएर भर्ना गर्न सकिएन भने नेपाल फर्किने होकी भन्ने म जस्ता धेरै विद्यार्थीको चासो र चिन्ताको विषय बनेको छ ।
नेपाल सरकार मार्फत यहाँ रहेका विद्यार्थीका लागि साइप्रस सरकारलाई घर भाडा र कलेज फि को लागि राहत प्याकेज ल्याउने वातावरण मिलाइदिन पनि विद्यार्थीहरुले अनुरोध गरेका छन् ।

विद्यार्थीलाई भाडा, बिजुली, पानी जस्ता सरकारी बिल तिर्न धेरै गाह्रो भएको छ । म सबै संघसंस्थालाई एउटा आग्रह गर्न चाहन्छु । तपाईंहरुले पीडित विद्यार्थीलाई राहत वितरण गर्दैहुनुहुन्छ, त्यसको लागि लाखौंलाख धन्यवाद दिन चाहन्छु । तपाईंले दिएको राहतले केही दिन भोक टार्न सकिएला तर घर भाडाले गर्दा धेरै जना विचलित छन् । यो महामारीको अबस्थामा घर भाडा तिर्न सकिएन भने घर धनिले बाहिर निकालिदिन्छ । घरबाट निकाल्यो भने के गर्ने होला कहाँ जाने होला यहीँ कुराले दिन प्रतिदिन विद्यार्थीका मन पिरोलिएका छन् ।
विश्वभरि लकडाउन चलिरहेको बेला रोडमा जाउ, पुलिसले फाइन हान्ने डर छ घरमा बस्नलाई भाडा तिर्न नसकेर घर मालिकले निकालिदिएको छ कहाँ जाने भन्ने कुराले अन्योलमा परेका छन् । सम्पूर्ण संघसंस्थाहरुलाई मेरो आग्रह हामी विद्यार्थीको घर भाडाको कुरालाई एकपटक गम्भीरतापूर्वक सोच्नु पर्ने बेला आएको छ ।

एनआरएनए साइप्रस लगायत सम्पूर्ण संस्थामार्फत हाम्रो होनरी कन्सुलर निकोसिया र नेपाली राजदूतावास इजरायललाई जानकारी गराएर नेपाल सरकारमार्फत् साइप्रसमा रहेका विद्यार्थीको लागि केही महिनाको लागि घर भाडामा राहत प्याकेज र भिसा रिन्यु गर्न कलेजमा समेत राहत प्याकेजको वातावरण सृजना गर्न पहल गरिदिनु हुन्थ्यो कि ?

यो धेरै विद्यार्थीको चिन्ताको बिषय हो । सबै संस्थाहरु एकजुट भएर विद्यार्थीको समस्या समाधानको लागि राहत वितरण गर्नु भएको छ । यो एकदमै सर्हानीय काम हो । हाम्रो आशा छ अब आउने दिनहरुमा सबै सस्थाले यो एक भएर आवाज उठाउनु हुन्छ भन्ने म जस्ता हजारौं विद्यार्थीले आशा राखेका छौ ।

त्यसैले कोरोनाको रोकथाम र यसले हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न हाम्रा सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ ।

सरकारको ध्यान जावोस्
स्वभाविक रुपमा पुराना र भर्खरै साइप्रस पढ्न आएका विद्यार्थीहरु झण्डै चार हजारको हाराहारीमा विभिन्न कलेज र क्षेत्रमा रहेका छन् । कोरोना भाइरसले नेपाली विद्यार्थी संकटमा पर्न गएका छन् । यसै कुरालाई मध्यनजर गरेर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रससंगै सहकार्य गरेका संघ र संस्थाहरु अति जोखिममा परेका विद्यार्थीलाई राहत प्याकेज वितरण गर्न गइरहेका छन् कोरोना भाइरसले यस्तै रुप लियो भने आउने दिनहरुमा यस्को निराकरण कसरी गर्न सकिन्छ भन्ने कुराले सबै म जस्ता आम विद्यार्थीलाई चिन्ताको विषय बनेको छ ।

साइप्रसमा रहुनु हुने विद्यार्थीको लागि होस् वा कामदारमा आउने समस्याको बारेमा यहाँका निकायहरु र नेपाल सरकार चिन्तीत नदेख्दा आम सबै नेपाली चिन्ताले पिरोलिएका छौ । किनकि यतिखेर नेपाल सरकारको आफ्ना नागरिकको उत्तिकै चिन्ता र चासोको विषय हो । आज साइप्रसमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस र केही संघ संस्थाले साइप्रसमा रहेका विद्यार्थी समस्याको बारे साइप्रसमा भएका संघ संस्थाले विषयबस्तुहरु उठान गरेर नेपाल सरकारलाई बुझाउनु पर्ने, कहिले सम्म संघसंगठनले आवाजहरु उठाउने ? नेपाल सरकारको नजर साइप्रसमा रहेका नेपाली नागरिक तर्फ चासो जावोस् सरकार ।

अहिले गाँसको समस्या आइसकेको छ भने जुन समस्याको समाधानको लागि विभिन्न सँस्थाले दिदै छ भने आउने दिनहरुमा कस्तो रुपलिन सकिन्छ भन्ने चिन्ताको बिषय हो । अब यस्तै हो भने विद्यार्थी दाजुभाई दिदिबहिनीहरुले भाडा, बिजुली बिल र पानीको बिल साइप्रस सरकारलाई कसरी तिर्नु हुन्छ र ? जुन हामी मध्यम बर्ग विद्यार्थी पढ्न र रोजगार गरेर सुनौला सपना बुनेर आएका छौ । त्यहामाथी साहूको ऋण र चर्को ब्याज तिर्नुपर्ने अर्को मारमा विद्यार्थीहरु परेका छन् । साइप्रसमा पार्ट टाइम जागिर गरेर गाँस, बाँस र कपास जोहो तोहो गरेका थिए त्यही पनि कोरोना भाइरसले खोसिदिएको छ ।

साइप्रसमा बिद्यार्थीहरुको समस्या कलेज शुल्क कम, भिसा सकेका र नेपाल छुट्टीमा घर गएका विद्यार्थीहरु आउने वातावरण, नेपाल सरकार र संघसंगठनकाले साइप्रस सरकारसँग परामर्श गरेर यो महामारीको अवस्थामा घरको बहालमा छुट वा एक दुई महिनाको घरभाडा नलिन, घर जान चाहाने विद्यार्थीको लागि घर जाने ब्यबस्था गर्न नेपाल सरकारको आफ्नो नागरिकमाथि ध्यान जाओस् ।

दूतावासको काम, ‘जब पर्यो राति तब बुढी ताति’
साइप्रसमा नेपाल कन्सुलेट स्थापना भएको एक दशक भन्दा बढी भइसकेको छ र साइप्रस हेर्नको लागि इजरायल राजदुतावासलाई पनि साइप्रसमा कति विद्यार्थी कति छन् एकिन डाटा समेत अवगत छैन । नेपालीहरू कहा कति बसोबास गरेका छन् दूताबाससँग कुनै एकिन डाटा नहुनु लज्जाको विषय बनेको छ । ‘जब भयो राति तब बुढी ताती’ भनेझै कोरोना भाइरसको माहामारी रुप नेपाली समुदायमा छिरेपछी नेपाली राजदूतावास इजरायलले नेपालीको तथ्यांक लिन तम्सिएको देख्दा खुसि पनि छौ र दुःखी पनि छौ । किन दुखि छौ भन्दा डाटा पहिलेदेखि नै लिदै आउनुपर्ने हो जब आवश्यक पर्छ तब लिनु यो दुखको कुरा हो ।

अर्कोतर्फ खुसिको कुरा पनि छ यो डाटा लिदै गर्दा साइप्रसमा रहेका नेपाली समुदायको लागि दूतावास केही सक्रिय बन्दैछ भन्ने आशाको दियो बलेको छ । अब साइप्रसमा रहेका नेपाली समुदायका पिर मर्का सुन्दिनुहुनेछ भन्ने आशा छ । यो आशा र भरोसा नटुटोस् । यो कार्यलाई धन्यवाद दिनु पर्छ ।

विश्वमा कोरोना भाइरसले महामारीको रुप लिइरहदा साइप्रसमा पनि यसको प्रभाव धेरै नै छ त्यसैले यो कोरोना भाइरसबाट बच्ने एउटामात्र उपाय घरमा बस्ने कुनैपनि मान्छेको सम्पर्कमा नजानु नै हो । जो जहाँ हुनुहुन्छ त्यहीँ ठाउँमा बँसौ आफू बाँचौ र अरुलाई पनि बचाउ ।

वि.सं.२०७६ चैत २९ शनिवार १८:१० मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...