२९ चैत, बेलायत । बेलायतको स्वीन्डनमा कोरोना संत्रमणका कारण अर्का पुर्वगोर्खा सैनिकको मृत्यु भएको समाचार छ ।
आर्मी नम्बर २११३२९०६ का ‘क्विन्स गोर्खा सिग्नल्स’ का ‘स्टाफ सार्जेन्ट’ ८६ वर्षीय याम बहादुर मल्लको स्वीन्डनस्थित ‘ग्रेट वेष्टर्न हस्पिटलमा निधन भएको बेलायतबाट संचालित नेपाली लिंकले जनाएको छ ।
स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि चार दिनअघि अस्पताल भर्ना गरिएका मल्लको उपचारकै क्रममा शनिबार बिहान करिब तीन बजेतिर मृत्यु भएको जानकारी क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले जानकारी दिएका छन् ।
ज्वरो, रुघाखोकी, पखाला, वान्ता लगायतका समस्या भएपछि मल्लाई अस्पताल लगिएको थियो । अस्पताल भर्ना भएको ४८ घण्टापछि उनमा कोरोनाको पुष्टि भएको अस्पतालले जानकारी दिएको बताइएको छ ।
स्याङ्जा जिल्लाको वालिंग घर भएका मल्लको यसअघि नै हंगकंगमा ‘वाइपास सर्जरी’ गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । सन् २००४ देखि आफ्ना छोराबुहारी नारायण मल्ल र शान्ता मल्लका साथ बेलायतको स्वीन्डनमा बस्दै उनको तीन छोरी र एक छोरा छन् ।
मृतक मल्लसहित बेलायतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुने सातौं नेपाली र पाँचौं भूपू गोर्खा सैनिक हुन् ।
नातिको बिहेका लागि बेलायत पुगेका क्षेत्रीको कोरोना संक्रमणका कारण मृत्यु
वि.सं.२०७६ चैत २९ शनिवार २१:३९ मा प्रकाशित




























