back
CTIZAN AD

कोरोनाका सिकिस्त बिरामीहरुको उपचारको लागी राष्ट्रिय आविष्कार केन्द्रले बनायो यस्तो उपकरण

वि.सं.२०७६ चैत २९ शनिवार

900 

shares

२९ चैत, काठमाण्डौं । कोरोनाबाट सिकिस्त भएका बिरामीहरुको उपचारको लागी राष्ट्रिय आविष्कार केन्द्रले नयाँ उपकरण बनाएको छ ।
डा. महावीर पुन प्रमुख रहेको उक्त आविस्कार केन्द्रले विगत केही दिनदेखि विशेषत कोरोना संक्रमणका विरामी जाँचका लागि खटिने चिकित्सकका लागि पीपीई लगायतका विभिन्न उपकरण बनाएर वितरण समेत गर्दै आएको छ ।

त्यसैगरी शनिबार सो केन्द्रले एरोसोल बक्स निर्माण गरेको छ । (जुन कोरोनाको बिरामीको टाउको फोटोमा देखाइए जस्तै गरि बक्समा छिराएर डाक्टरले बिरामीलाइ जाँच्न सक्छन ।) उक्त बक्समा राखेर कोरोनाको विरामीको उपचार गर्दा बिरामीले हांच्छिउ गर्दा वा बिरामीले फेरेको सास सिधै डाक्टरसम्म जानबाट रोक्ने र डाक्टरहरु सुरक्षित बनाउने बताइएको छ ।

केन्द्रले अहिलेसम्म यस्तो बक्स बनाएर बीर अस्पताल र सैनिक अस्पताल छाउनीलाई दिईसकेको तथा कोरोनाका लागी नै भनेर स्थापना गरिएका अन्य अस्पतालहरुलाई पनि दिइने बताएको छ । उक्त बक्स आवस्यक परेमा ९८४१५९२३६१ नम्बरमा फोन गर्न समेत बताइएको छ ।

त्यस्तै केन्द्रले इमर्जेन्सी भेन्टिलेटर (तल फोटोमा देखिए जस्तै ईमरजेन्सी भेन्टिलेटर) को नमुना तयार भएको जनाएको छ । कोरोनाले ग्रस्त बिरामीहरुलाई सास फेर्न यो नभई नहुने र आबश्यक परेको खण्डमा अरु यस्तै ईमरजेन्सी भेन्टिलेटरहरु तयार गर्न सकिने समेत बताइएको छ ।

यो इमर्जेन्सी भेन्टिलेटर अमेरिकाकोMassachusetts Institute of Technology (MIT ) का अनुसन्धानकर्ताहरुले बिकास गरेर खुल्ला रुपमा उपलब्ध गराएको नमुनाको आधारमा बनाईएको पनि केन्द्रले जानकारी दिएको छ ।

केन्द्रले यसका अलावा बीर अस्पताल, ट्रमा सेन्टर, टिचिंग अस्पताल, गंगालाल अस्पताल र सैनिक अस्पताल छाउनीमा बिग्रिएका भेन्टिलेटरहरु मर्मत गर्ने काम पनि धमाधम भएको र तयारी अबस्थामा राखिंएको बताएको छ । बिग्रेका ति भेन्टिलेटरहरुको लागि फेर्नु पर्ने आबश्यक पार्टपुर्जाहरु खरीद पनि राष्ट्रिय आविष्कार केन्द्रले नै गरेको तथा अन्य अस्पतालहरुको बिग्रेको भेन्टिलेटरहरुको पनि मर्मत गर्ने सहयोग गरिने सूचना समेत जारी गरिएको छ ।

वि.सं.२०७६ चैत २९ शनिवार २१:०६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...