back
CTIZAN AD

बेलायतमा कोरोना संक्रमणका कारण अर्का पूर्वगोर्खा सैनिक मल्लको मृत्यु

वि.सं.२०७६ चैत २९ शनिवार

867 

shares

२९ चैत, बेलायत । बेलायतको स्वीन्डनमा कोरोना संत्रमणका कारण अर्का पुर्वगोर्खा सैनिकको मृत्यु भएको समाचार छ ।
आर्मी नम्बर २११३२९०६ का ‘क्विन्स गोर्खा सिग्नल्स’ का ‘स्टाफ सार्जेन्ट’ ८६ वर्षीय  याम बहादुर मल्लको स्वीन्डनस्थित ‘ग्रेट वेष्टर्न हस्पिटलमा निधन भएको बेलायतबाट संचालित नेपाली लिंकले जनाएको छ ।

स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि चार दिनअघि अस्पताल भर्ना गरिएका मल्लको उपचारकै क्रममा शनिबार बिहान करिब तीन बजेतिर मृत्यु भएको जानकारी क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले जानकारी दिएका छन् ।

ज्वरो, रुघाखोकी, पखाला, वान्ता लगायतका समस्या भएपछि मल्लाई अस्पताल लगिएको थियो । अस्पताल भर्ना भएको ४८ घण्टापछि उनमा कोरोनाको पुष्टि भएको अस्पतालले जानकारी दिएको बताइएको छ ।

बेलायतमा तीनदिनमा ५ नेपालीको मृत्यु

स्याङ्जा जिल्लाको वालिंग घर भएका मल्लको यसअघि नै हंगकंगमा ‘वाइपास सर्जरी’ गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । सन् २००४ देखि आफ्ना छोराबुहारी नारायण मल्ल र शान्ता मल्लका साथ बेलायतको स्वीन्डनमा बस्दै उनको तीन छोरी र एक छोरा छन् ।
मृतक मल्लसहित बेलायतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुने सातौं नेपाली र पाँचौं भूपू गोर्खा सैनिक हुन् ।

नातिको बिहेका लागि बेलायत पुगेका क्षेत्रीको कोरोना संक्रमणका कारण मृत्यु

वि.सं.२०७६ चैत २९ शनिवार २१:३९ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...