back
CTIZAN AD

बेलायतमा तीनदिनमा ५ नेपालीको मृत्यु

वि.सं.२०७६ चैत २८ शुक्रवार

1.7K 

shares

२८ चैत, बेलायत । बेलायतमा तीन दिनको अन्तरालमा ५ नेपालीको मृत्यु भएको समाचार छ

बेलायतमा ६ देखि ९ अप्रिलसम्म ५ जना नेपालीको मृत्यु भएको समाचार संसारन्युजले प्राप्त गरेको छ ।

जसमा सोमबारदेखि बुधबारसम्म मृत्यु हुनेमा म्याग्दीका कुल बहादुर फगामी, पर्वतका चेत बहादुर गुरुङमेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राईको मृत्यु भएको हो । उनीहरु सबै गोर्खा सैनिक र सैनिकका परिवारका भएको बताइएको छ ।

जसमा विराटनगर घर भई बेलायतको नर्थहल्ट निवासी गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख सल्लाहकार मेजर मान बहादुरकी श्रीमती बसन्ती राईको बुधबार (९ अप्रिल) विहान आफ्नै घरमा मृत्यु भएको हो । उनलाई ज्वरो र डायरियाको समस्या देखिएको बताइएको छ ।

त्यसैगरी बेलायतको रिडिङमा बस्दै आएका तमुधिं बेल्जियमकी कोषाध्यक्ष अन्जना तमुको बुवा (भूपु ब्रिटिश गोखौ सैनिक) ८५ वर्षीय देवीरास तमुको बुधबार बिहान २ः४५ मा मृत्यु भएको छ । अन्नपूर्ण ७ तान्चोक कोटगाउँका तमुको मृत्युले स्तब्ध तुल्याएको भन्दै तमुधिं बेल्जियमले दुःख व्यक्त गरेको छ ।

त्यसैगरी सोमबार ( ६ अप्रिल) मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका घराम्दी घर भई पोखरा बसोबास रहेका कुल बहादुर फगामीको पनि मृत्यु भएको समाचार ढिलोगरी प्राप्त भएको छ ।

एनआरएनए बेलायतका पूर्वअध्यक्ष योग कुमार फगामीका अनुसार पप्ली बेसिग्टोकमा बिगत केही वपर्षदेखि छोरा बुहारीसँग बस्दै आएका पूर्वगोर्खा सैनिक ( आमी नम्बर २११४१७४९ कलर सार्जन टन्च्० फगामीको बेसिंगटोन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो । केही वर्षदेखि स्वास्थ्यमा समस्या देखिएका उनको उपचारकै क्रममा निधन भएको हो ।

पूर्वअध्यक्ष योग कुमार फगामीले उनको मृत्युमा दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
मृत्यु भएकामा पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ भने सोलुखुम्बुका शिव श्रेष्ठको संक्रमणको आशंकामा आइसोलेसनमा रहेको र उपचारका क्रममा मृत्यु भएको थियो भने, देवीरास तमु र बसन्ती राईको मृत्युको कारण भने खुलाइएको छैन ।

बेलायतका नेपालीलाई पीडामाथि पीडा, कोरोना संक्रमणका कारण अर्का पूर्वगोर्खा गुरुङको निधन

वि.सं.२०७६ चैत २८ शुक्रवार १०:१२ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...