back
CTIZAN AD

बेलायतका नेपालीलाई पीडामाथि पीडा, कोरोना संक्रमणका कारण अर्का पूर्वगोर्खा गुरुङको निधन

वि.सं.२०७६ चैत २७ बिहीवार

762 

shares

२७ चैत, बेलायत । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण बेलायतका नेपाली समुदायमाथि एक माथि अर्को पीडा थपिदै गएको छ ।

मंगलबार बेलुका पर्वतका चेत प्रसाद गुरुङको कोरोना संक्रमणको कारण मृत्यु भएको पीडा सेलाउन नपाउँदै बुधबार पर्वतकै ५६ वर्षीय मेख बहादुर गुरुङको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको समाचार छ ।

पर्वतको महाशिला गाउँपालिका अन्तर्गत भोक्सिङ देउराली घर भएका गुरुङ बेलायतको ननिटन क्षेत्रमा श्रीमतीसहित बस्दै आएका आएका थिए ।

उनको मृत्यु कोरोना संक्रमणका कारण भएको अस्पतालले पुष्टि गरेको पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष नेत्र आलेले संसारन्युजलाई जानकारी दिएका छन् ।

बेलायतमा आइसोलेसनमा बसेका सोलुका श्रेष्ठको पनि मृत्यु

कोरोना संक्रमणको आशंकामा आइसोलसनमा बसेका गुरुङलाई समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको पनि आलेले बताएका छन् ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणको कारण ४ नेपालीको मृत्यु भएको समाचार संसारन्युजलाई प्राप्त भएको छ । जसमा चारैजना भुतपूर्व गोर्खा सैनिक रहेका छन् ।

बेलायतमा फेरि एक नेपालीको मृत्यु, जसले सचेतना बाँड्दै आयो उसैलाई लग्यो कोरोनाले

यसअघि लीला बहादुर राई, चितवनका प्रशान्त अर्याल, पर्वतका चेत प्रसाद गुरुङको पनि कोरोनाकै कारण मृत्यु भएको छ । साथै बुधबारै सोलुखुम्बुका शिव श्रेष्ठको पनि मृत्यु भएको छ ।

कोरोना संक्रमणको आशंकामा घरमै आइसोलेनमा बसेका उनलाई व्यथाले च्यापेपछि बुधबार विहान अस्पताल भनौ गरिएको थियो भने बेलुका मृत्यु भएको थियो । यद्यपी उनको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छैन ।

वि.सं.२०७६ चैत २७ बिहीवार २१:०३ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...