back
CTIZAN AD

बेलायतमा आइसोलेसनमा बसेका सोलुका श्रेष्ठको पनि मृत्यु

वि.सं.२०७६ चैत २७ बिहीवार

918 

shares

२७ चैत, काठमाण्डौं । बेलायतको नटिङघमा रहेका नेपाली पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ ।
रुघाखोकी, ज्वरो लगायतका कोरोना भाइरस संक्रमणका लक्षण देखिएपछि जिपीको सल्लाहमा घरमै आइसोलेसनमा बसेका सोलुका शिव श्रेष्ठको बुधबार (अप्रिल ८) मा मृत्यु भएको बताइएको छ ।

५८ वर्षीय उनी घरमै आइसोलेसनमा बसेका बेला स्वास्थ्यमा थप समस्या आएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमणको आशंकमा उपचार गरिएपनि आज (विहिबार) मात्र त्यस सम्बन्धी रिर्पोट आउने परिवारले जनाएको बताइएको छ । उनको मृत्यु हृदयघातका कारण भएको हुनसक्ने आशंका समेत गरिएको छ ।

नेपाली समाज नोटिङघमका संस्थापक सदस्य समेत रहेका श्रेष्ठ श्रीमती र दुई छोरासँग बेलातयमा बस्दै आएका थिए ।
श्रेष्ठको मृत्युको खबरले नोटिङघम नेपाली समाज मात्र नभएर बेलायतमा रहेका सिंगो नेपाली समुदाय मर्माहत भएको समाजका संस्थापक अध्यक्ष रण केसीले संसारन्युजसँग दुःख व्यक्त गरेका छन् ।

त्यस्तै मंगलबार साँझ (७ अप्रिल) मा मात्रै बेलायतको अल्पर्टनमा बस्दै आएका पर्वतका चेत प्रसाद गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

पर्वतको पैंयुखोला घर भई तमु धिं लन्डनका वरिष्ठ उपाध्यक्ष समेत रहेका समाजसेवी ५९ वर्षीय गुरुङ १४ दिनदेखि कोरोना संक्रमणले थलिएको बताइएको छ । उनको ह्यारोस्थित नर्थविक पार्क अस्प्तालमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

 

स्मरण रहोस् बेलायतमा यसभन्दा अघि पनि कोरोना संक्रमणका कारण ६५ वर्षीय भूपु गोर्खा लिला बहादुर राईको पनि मृत्यु भएको थियो । उनी कोरोना संक्रमणका कारण बेलायतमा ज्यान गुमाउन पहिलो नेपाली हुन् ।

त्यस्तै इस्ट लन्डनमा बसोबास गर्ने चितवनका ४० वर्षीय प्रशान्त अर्यालको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । पहिले हृदयघातका कारण उनको मृत्यु भएको भनिए पनि पछि अस्पतालले उनमा कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको थियो ।

बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण तीन नेपालीको मृत्यु भएको छ । ती तीनैजना भुतपुर्व गोर्खा सैनिक रहेको बताइएको छ । बुधबार मृत्यु हुने श्रेष्ठ पनि कोरोना संक्रमणको लक्षण आइसोलेसनमा देखिएपछि आइसोलेसनमा बस्दै आएका थिए । यद्यपी उनमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छैन ।

बेलायतमा फेरि एक नेपालीको मृत्यु, जसले सचेतना बाँड्दै आयो उसैलाई लग्यो कोरोनाले

वि.सं.२०७६ चैत २७ बिहीवार १०:२० मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...