back
CTIZAN AD

बेलायतमा फेरि एक नेपालीको मृत्यु, जसले सचेतना बाँड्दै आयो उसैलाई लग्यो कोरोनाले

वि.सं.२०७६ चैत २७ बिहीवार

975 

shares

९ अप्रिल । बेलायतमा फेरि एक नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

‘कोरोना भाइरसबाट सचेत रहुँ’ भन्दै सबैलाई सजग रहन आग्रह समेत गरेर केही दिन अघि स्टाटससमेत लेखेका पर्वत स्थायी घर भै हाल बेलायतको अल्पर्टनमा बस्दै आएका चेत प्रसाद गुरुङको कोरोनाकै कारण ज्यान गएको छ ।  तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङको बुधबार राती निधन भएको बताइएको छ ।

उनले सचेतना फैलाउने क्रममा ‘यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रम नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन। इम्युनिटी पावर बढाउनुहोस, भिडभाडमा नजानुहोस साथै मास्क र सेनिटाईजर प्रयोग गर्नुहोस। कोरोना भाईरस सम्बन्धी अत्यन्तै महत्वपूर्ण यो भिडियो सामाग्रीलाई हेरी जनचेतनाको लागि सक्दो शेयर गरि मद्दत गर्नुहोला ।आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।’ भन्दै सन्देश समाजिक सञ्जालमार्फत सम्प्रेषण गरेका थिए ।

गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष कुल आचार्यले गुरुङको कोरोनाका कारण निधन भएको खबरले स्तब्ध भएको भन्दै गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनी भन्छन् ‘तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष मिलनसार, समाजसेवी, मर्दापर्दा जहिले पनि सक्दो सहयोग गर्न तत्पर, हँसमुख चेत दाजुलाई अब उप्रान्त भेट्न न पाइने भयो भन्ने सोच्दा पनि विश्वास लागिरहेको छैन। दुखको यो घडीमा म स्वर्गीय दाजुको आत्माको चिर शान्तिको कामना गर्दछु।’

उनले परिवारप्रति पनि समवेदना व्यक्त गर्दै भनेका छन् ‘आदरणीय भाउजु लगायत शोक सन्तप्त सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। दाजु, तपाईं हाम्रो सम्झनामा संधै रहीरहनु हुनेछ ।’

बेलायतमै यसअघि एक नेपालीको कोरोनाका कारण मृत्यु भएको थियो ।

वि.सं.२०७६ चैत २७ बिहीवार ०९:०५ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...