back
CTIZAN AD

“आउ साथी, संगै बहुलाउँ”

वि.सं.२०७६ चैत २७ बिहीवार

843 

shares

खडेरी परेर पट्ट फुटेको धरतीले
पानीको संसर्ग पाउदैन भने
धर्ती हुनुको पूर्णता रहन्न सायद
आमा हुनुको परिणतिले
पूर्णाङ्ग ठान्छन् स्त्रीहरु जसरी
मरूभूमि पनि धर्ती
तथापि निसन्तान आमा झैं
अतृप्त सधैं !
अनि मान्छे ?
पाशविकता, बिभेद र दुर्ब्यवहारको
शोषण, अमानवीयता र दुराचारको
अत्याचार र तिरस्कारको
शिकार सधैं
जमिन छ, राज्य छैन
सरकार छ, विवेक छैन
नेता छन, धर्म छैन
कारिन्दा छन, कर्म छैन
शरिर छ, लाज छैन
शिर छ, ताज छैन
उफ !
उपेक्षाको उत्कर्षमा
औसत जिन्दगी बाँच्नु कति
परायाले बजाएको ढोलकमा
सधैं भरि नाँच्नु कति
उसैको इशारामा
दुःखेको कम्मर भाँच्नु कति
जन्मको सार्थकता नभेटिएपछि
सायद बाँच्नुको अर्थ सकिन्छ
त्यसैले मृत्युको शंखनाद गर्छ मान्छे
किन्तु लाछी कुरा !
आउ साथी हामी क्रान्तिकारी बनौं
सुकरातले झैं साट्न सकिन्न
आफ्नैं मृत्युको अनुभुति
त्यसैले सुस्तरी सुस्तरी
तयारी गरौं बहुलाउने
ईर्ष्याले जलुन पापीहरु
अलिकति चाखौं नयाँ मजा
अलिकति भोगौं नयाँ संसार
आउ साथी, संगै बहुलाउँ !!

(घिमिरे : नेपाली काँग्रेसका नेता हुन् )

वि.सं.२०७६ चैत २७ बिहीवार १०:२५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...