back
CTIZAN AD

स्वास्थ्य सामग्री जिल्ला आइपुग्यो

वि.सं.२०७६ चैत २८ शुक्रवार

846 

shares

२८ चैत, डोटी । यहाँबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरले जिल्लाका स्वास्थ्यकर्मीका लागि निःशुल्क उपलब्ध गराएको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको छ । कोरोना भाइरसको नियन्त्रण अभियानमा संलग्न चिकित्सकका लागि उनले रु पाँच लाख मूल्य बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेका थिए ।

उक्त स्वास्थ्य सामग्री यहाँका नौ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई वितरण गर्ने तयारी भइरहेको छ । जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका चिकित्सक टोलीलाई पर्याप्त स्वास्थ्य सामग्री नहुँदा समस्या भएको जानकारी पाएपछि सांसद आलेमगरले आफ्नो व्यक्तिगत लगानीमा सेनिटाइजर २०० थान, पिपिइ (पर्सनल प्रोटेक्टेड इक्युपमेण्ट) ११० सेट, सुजकभर एकहजार जोडी, क्याप एक हजार जोडी, ग्लोब्स एकहजार २०० जोडी र मास्क एक हजार थान प्रदान गरेका उनका निजी सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

सांसद आलेमगरले प्रदान गरेका स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलमार्फत जिल्ला जनस्वास्थ्य प्रमुख रमेश मलासीलाई हस्तान्तरण गरिएको छ । सांसद आलेमगरले स्वास्थ्य सामग्री उपलब्ध गराएपछि जिल्लामा चिकित्सकलाई बिरामीको जाँचसहित कोरोना नियन्त्रण अभियानमा अब सहज हुने जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले बताए ।

उनले भने, “स्वास्थ्य सामाग्री नहुँदा हामीलाई निकै समस्या भएको थियो, सांसद आलेमगरले स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ, अब सहज हुने भएको छ ।”

जिल्लामा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा चिकित्सकहरुले जोखिम मोलेरै बिरामीको चेक जाँच गर्दै आएका थिए ।

सांसद आलेमगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री जिल्लामा सूचना सङ्कलनमा दिनहुँ खटिने पत्रकारलाई समेत उपलब्ध गराइने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । त्यसैगरी सांसद आलेमगरले डोटीको शिखर नगरपालिका–१ कपल्लेकी बस्ने स्थानीयवासी चम्पा सार्कीलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन । रासस

वि.सं.२०७६ चैत २८ शुक्रवार १०:१५ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...