back
CTIZAN AD

एनआरएनएद्वारा आर्थिक संकलन तथा राहत वितरणमा कडाइ

वि.सं.२०७६ चैत २८ शुक्रवार

864 

shares

१० अप्रिल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको लागि संकलित रकम वितरणमा कडाइ गरेको छ । संघले संकलित रकमलाई व्यवस्थित गर्न राहत कोषसम्वन्धी कार्यविधि पारित गरेको छ ।

संघ महासचिव डा हेमराज शर्माका अनुसार हालै बसेको बैठकले १७ बुँदे कार्यविधि पारित गरेको हो । कार्यविधिले संघको नाममा व्यक्तिगत रुपमा आर्थिक संकलन गर्न रोक लगाएको छ ।

नयाँ कार्यविधिअनुसार गैरआवासीय नेपाली संघका सदस्यले संघको केन्द्रीय अनलाई प्रणालीमार्फत् वा संघका राष्ट्रिय समितिको खातामा अनिवार्य आर्थिक सहयोग गर्नुपर्ने प्रावधान रहेको शर्माले बताए ।

आर्थिक पारदर्शिताको लागि राष्ट्रिय समिति र आइसीसी गरी दुई तहमा मात्र आर्थिक संकलन गर्न पाउने व्यवस्था गरिएको कोषाध्यक्ष तथा राहत कोष संकलन समितिका संयोजक महेशकुमार श्रेष्ठले बताए ।

संकलित रकम कहाँ कसरी खर्च गर्ने विषयमा समेत कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिले संक्रमणबाट बच्ने सुरक्षाका सामग्री, दैनिक जीविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएकोमा अन्त्यष्टि, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउन आदि शीर्षकमा सहयोग गर्न सकिनेसमेत प्रष्ट पारेको छ ।

संकलित रकम गैरआवासीय नेपाली संघको मानव तथा समाज कल्याण विभागको मताहातमा रहने व्यवस्था कार्यविधिमा छ । संघका राष्ट्रिय समितिले कोरोना भाइरस संक्रमितको लागि उठाएको हरहिसाव अनिवार्य रुपमा संघको सचिवालयमा जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ । आर्थिक संकलनको लागि क्षेत्रीयस्तरमा समिति गठन गर्न सकिने प्रावधान सो कार्यविधिमा राखिएको छ । तर त्यस्ता समितिले सिधै संघको अनलाइन प्रणालीमार्फत् आर्थिक संकलन गर्न पाउने व्यवस्था छ ।

दाताहरुले निम्न दुई किमिसले यस राहतकोषमा रकम सहयोग गर्न सक्ने छन् । संघले सञ्चालन गरेको अनलाइन प्रणालीमार्फत् क्रेडिट वा डेबिट कार्डबाट www.nrna.org/donate संघको नेपालमा रहको निम्न बैंक खातामा जम्मा गर्न सकिन्छ ।

Bank Name: Sanima Bank Limited
Branch Name: Alakapuri, Kathmandu
Account No.: 024010510000034
Beneficiary: NRNA EMERGENCY FUND

वि.सं.२०७६ चैत २८ शुक्रवार १०:२३ मा प्रकाशित

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...