back
CTIZAN AD

यस्तो छ तपाईको वर्ष २०७६ को अन्तिम दिन (आज) को राशिफल

वि.सं.२०७६ चैत ३० आइतवार

642 

shares

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य काममा धन र श्रम खर्चनुपर्ला । समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्ला। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खानपान र मनोरञ्जनका लागि फजुल खर्च र दौडधुप हुनेछ । अनावश्यक कामलाई सञ्चित रकम खर्चनुपर्ला । निम्तो आए पनि यात्रा कष्टपूर्ण र आतिथ्य खर्चिलो बन्नेछ । वादविवाद भए पनि प्रेमको बन्धन कसिनेछ । सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। हडबडीले काममा समस्या निम्त्याउनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ । ईर्ष्या गर्नेहरूबाट सावधान भने रहनुपर्ला ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डा
प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन् । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ । स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन् । प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततः आफैंलाई फाइदा हुनेछ । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ । अनावश्यक साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नियमित काममा मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले पनि सामान्य सहयोग जुटाउनेछन् । व्यापारमा सामान्य फाइदा हुनेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । मनोरञ्जनमा अलमलिनाले महत्त्वाकांक्षी काममा बाधा हुन सक्छ । सुरुमा लोभ–लालच देखाउनेहरूले फसाउन सक्छन्। काममा अरूको भर पर्दा धोका पाइनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर प्राप्त भए पनि अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । बुद्धिको उपयोगले केही काम सम्पादन हुनेछन् । मिहिनेतले विद्या तथा धन आर्जन गर्न सकिनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । स्वास्थ्य कमजोर हुने समय रहेकाले खानपानमा सजग रहनुहोला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ । तापनि यात्राका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल हातलागी हुनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत सम्पादन हुन सक्छ । पहिले प्रतिस्पर्धा गर्नेहरूले पनि अन्त्यमा साथ दिनेछन् ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
विवादास्पद कामलाई टुंगो लगाउँदै लोकप्रियता हासिल गर्न सकिनेछ । साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मेहनतीहरूलाई कार्य्सिद्धिको समय छ । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ र पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । तर अरूको भर पर्ने बानीले लक्ष्य पूरा नहुन सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ ।

२०७६ चैत ३० आइतवार अप्रिल १२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् क-कसलाई त शुभ ?

वि.सं.२०७६ चैत ३० आइतवार ०८:०८ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...