back

आगलागीबाट तीन घर जलेर नष्ट हुँदा रु आठ लाखको क्षति

वि.सं.२०७३ पुस ५ मंगलवार

732 

shares
GLOBAL IME AD
NTC AD

५ पुस,उर्लाबारी (मोरङ)। मोरङको लखन्तरी–७ मा गएराति आगलागीबाट तीन घर जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको छ । आगलागीबाट नारायण माझी, ललित ठाकुर र झगरु माझीको घर जलेर नष्ट भएको हो ।

राति करिब ११ बजे नारायण माझीको भान्छाकोठाको विद्युत् लाइन चुहिँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

आगोले नारायण माझीको घर, भान्छा, गोठ, ललित ठाकुर तथा झगरु माझीको घर तथा घरभित्र रहेको सामान जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको छ । आगोलाई प्रहरी र स्थानीयवासीको सहयोगमा राति १ बजे नियन्त्रणमा लिइएको थियो । रासस

वि.सं.२०७३ पुस ५ मंगलवार ०६:४० मा प्रकाशित

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...

आठ अध्यादेश सर्वसम्मतिले पारित

आठ अध्यादेश सर्वसम्मतिले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री...