back
CTIZAN AD

उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्न अक्षयकोष स्थापना

वि.सं.२०७३ पुस ५ मंगलवार

1.1K 

shares

५ पुस,पाँचथर । फिदिमका युवा व्यवसायी आनन्द खत्रीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।

गत वर्ष इलाममा एम्बुलेन्स दुर्घटनामा परी ज्यान गुमाएका खत्रीको स्मृतिमा पाँचथर सेवा समाज र आनन्दका बुबा समाजसेवी मेदनीप्रसाद खत्रीले अक्षयकोष स्थापना गर्नुभएको हो ।

आनन्दको प्रथम वार्षिकीका अवसरमा रु एक लाख रकम रहेको अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषमा पाँचथर सेवा समाजले रु ५० हजार र आनन्दका पिता मेदनीले रु ५० हजार जम्मा गर्नुभएको छ ।

अक्षयकोषबाट फिदिम स्पोर्टिङ क्लबले सञ्चालन गर्दै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताका एक उत्कृष्ट खेलाडीलाई प्रत्येक वर्ष पुरस्कृत गरिने पाँचथर सेवा समाजका अध्यक्ष शहरसिंह तामाङले जानकारी दिनुभयो ।

विगतमा प्रवासमा रहँदा पाँचथर सेवा समाज शाखा युएइका सदस्य रहेका आनन्दको स्मृतिमा फाल्गुनन्द गोल्डकपका उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरुप अक्षयकोषको ब्याजबाट पुरस्कार वितरण गरिने अध्यक्ष तामाङले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ५ मंगलवार ०६:४४ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...