back
CTIZAN AD

गाउँमै क्याम्पस स्थापना पछि उच्च शिक्षामा विवाहित छोरीबुहारी

वि.सं.२०७३ पुस ५ मंगलवार

1.1K 

shares

५ पुस,कञ्चनपुर । मानविकीमा स्नातक तह उत्तीर्ण गर्नुभएकी निता बुढाले विवाह हुँदा प्रमाण पत्र तह मात्रै उत्तीर्ण गर्नुभएको थियो ।

उहाँले विवाहपछि क्याम्पस पढ्न टाढा जानु पर्ने भएको र परिवारले नपठाउँदा पढ्ने आशा नै मार्नुभएको थियो ।

गाउँमै क्याम्पस सञ्चालन भएपछि निताले स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ । “क्याम्पस खुलेपछि परिवारसँग सल्लाह लिएर क्याम्पस भर्ना भई स्नातक तह पूरा गरी रोजगारीको खोजीमा लागेको छु,” उहाँले भन्नुभयो, “अरुको भर पर्नुभन्दा आफ्नै खुट्टामा उभिने प्रयासमा छु ।”

पढाइ पूरा नहुँदै विवाह बन्धनमा बाँधिएका कञ्चनपुरको झलारी पिपलाडीका छोरीबुहारीले गाउँमै क्याम्पस खुलेपछि उच्च शिक्षा हासिल गरेका छन् ।
क्याम्पस खुलेकोे सात वर्षको अवधिमै एक हजार बढी विवाहित छोरीबुहारीले स्नातक तह उत्तीर्ण गरेका हुन् ।

उच्च शिक्षाका लागि महेन्द्रनगर, धनगढीलगायका क्षेत्रमा परिवारले पढ्नका लागि नपठाउँदा विवाहित छोरीबुहारीले थप अध्ययन गर्न पाएका थिएनन् तर गाउँमै क्याम्पस खलेपछि उनीहरुलाई सहज बनाएको झलारीस्थित श्रीकृष्णवैजनाथ बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष उद्धवराज भट्टले बताउनुभयो ।

क्याम्पसमा पढ्नेमा ७० प्रतिशत छात्रा रहेको र छात्रामा पनि ६० प्रतिशतको हाराहारीमा विवाहित महिला छन् उहाँले भन्नुभयो ।

“सामुदायिक क्याम्पसमै पहिलो पटक अभ्यास परीक्षा प्रणाली लागू गरी छात्रछात्राको परीक्षा हुनुअगावै मूल्याङ्कन गरिने भएकाले परीक्षामा उत्तीर्ण हुने प्रतिशत पनि प्रतिवर्ष बढ्दो रुपमा पाएका छौँ” – अध्यक्ष भट्टले भन्नुभयो । उहाँका अनुसार सामुदायिक क्याम्पसमध्ये सबैभन्दा बढी यस वर्ष यहाँबाट ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

क्याम्पससँग आफ्नै भवन नहुँदा श्रीकृष्ण माविको कक्षा सकिए पछि क्याम्पसको कक्षा सञ्चालन हुँदै आएको छ ।
क्याम्पसका लागि जग्गा खरिद भइसकेको, नगरपालिका र संसदीय विकास कोषको सहयोगमा दुईतले क्याम्पस भवन निर्माणको कार्य अगाडि बढाइएको क्याम्पस प्रमुख गणेशबहादुर ऐरले ऐरको भनाइ छ । विसं २०६७ मा स्थापना भई सञ्चालन भएको क्याम्पसमा चालु शैक्षिक सत्रमा ११५ छात्र र २६० छात्रा अध्ययन गर्दै आएका छन् । रासस

वि.सं.२०७३ पुस ५ मंगलवार ०८:०१ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...