back
CTIZAN AD

युद्धविराम र राजनितिक वार्ता हुनु पर्ने– इजिप्टका विदेश मन्त्री

वि.सं.२०७३ पुस ५ मंगलवार

1K 

shares

५ पुस,कायरो। इजिप्टका विदेश मन्त्री समेह सोउक्रीले सोमबार युद्धले तहसनहस पारेको देश सिरियामा तत्काल युद्धविराम हुनु पर्ने र राजनितिक वार्ता सुरु हुनु पर्ने बताउनु भएको छ ।

सिरियाको उत्तरी सहर अलेप्पोको अवस्थाको विषयमा ‘अरव लिंग काउन्सिल’को विशेषबैठकमा सोउक्रीले गर्नु भएको सम्बोधनमा उहाँले सिरियाली मालिमा र त्यहाँ जारी आतङ्कवाद रोक्नको लागि अन्तर्राष्ट्रियस्तरबाट पनि प्रतिकार गर्नु पर्ने बताउनु भएको छ ।
विदेश मन्त्रीहरुको सहभागीता रहेको यस वार्तामा राजनितिक समाधानतर्फ पुग्न र सिरियामा जारी युद्ध रोक्न असफल हुनुको प्रमुख कारण अलेप्पोको डरलाग्दो अवस्थाका रहेको सोउक्रीलाई उद्र्धुत गर्दै राज्यद्धारा सञ्चालित समाचार समिति मेनाले जानकारी दिएको छ ।
अलेप्पोमा जारी मानवीय अवस्थाको मार्गचित्र बनाई समाधान गर्न इजिप्टले पनि सहयोग तयार रहेको पनि उहाँले बताउनु भएको छ ।
कुनै पूर्वशर्त र बाहाना विना नै सिरियामा राजनितिक प्रक्रिया सुरु गर्न र सिरियाली जनतालाई भयभीत बनाउने कार्य रोक्न पनि उहाँले आह्वान गर्नु भएको छ ।
सिरियाको व्यापारिक केन्द्रको रुपमा रहेको अलेप्पो सहर सन् २०१२ देखि दुई भागमा विभाजन भएको थियो । अलेप्पोको पश्चिभी भाग सरकारी नियन्त्रणमा र पूर्वी जिल्लाहरु विद्रोहीको नियन्त्रणमा रहेका थिए ।
सिरियाली सरकारी सुरक्षाबलले गत तीन हप्तायता जारी राखेको सुरक्षा कारबाहीमा अलेप्पोको ९९ प्रतिशत भाग नियन्त्रणमा लिएको छ । सरकारी नियन्त्रणपछि हजारौको सङ्ख्यामा व्यक्तिहरुलाई त्यहाँबाट निकाल्ने कार्य सुरु भएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनामा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । जारी गृहयुद्धको कारण २०११ देखि हालसम्मा मृत्यु हुनेको व्यक्तिको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले हालै जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले करिब एक हप्ता अगाडी सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजार सर्वसाधारण रहेका बताएको छ ।
यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौँ आफ्नो देश या विदेशका शरणार्थी जीवन बिताउन बाध्य छन् । रासस ÷सिन्ह्वा ÷एएफपी

वि.सं.२०७३ पुस ५ मंगलवार ०८:१५ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...