back
CTIZAN AD

हिउँदमा बाँसको पुल, बर्खामा आकाशको भर

वि.सं.२०७३ पुस ५ मंगलवार

930 

shares

५ पुस,उर्लाबारी (मोरङ) । पूर्वी मोरङको गोविन्दपुर –१ का देवुकुमार राजवंशी झन्डै डेढ महिना विद्यालय जानबाट वञ्चित भए ।

गोविन्दपुर– ४ उलुघुट्टुस्थित सुनवर्षी माविमा राजवंशीसँगै पढ्ने लुखिराम हेमरम पनि विद्यालय जान पाएनन् । कारण थियो, बक्राहा खोलामा आएको बाढी ।

बर्सेनि बर्खाका समयमा राजवंशी र हेमरमजस्तै झन्डै २० विद्यार्थी आकाश हेरेर विद्यालय जान्छन् । बर्खायाममा जस्तै उनीहरूलाई हिउँदमा पनि जान उत्तिकै सकस पर्ने गरेको छ ।

कहिले लगाइएको लुगासमेत खोलेर खोला तर्दै विद्यालय जानुपर्ने बाध्यता रहेको राजवंशी सुनाउँछन् । सानोभन्दा सानो समस्या हुँदासमेत नजिकै रहेको दाम्राभिट्टा र इटहरा बजारसम्म जानुपर्ने भए पनि वर्षाका समयमा आकाशको फल झँै बन्ने गरेको तीतो यथार्थ स्थानीयवासीको मनभरि छ । गोविन्दपुर– १ का दिलीप राजवंशी भन्नुहुन्छ– “यो खोलामा पुल नहुँदा हामी कति रोएका छौँ कति ।”
निर्वाचन हुने समयमा निकै महत्व पाउने गरेको यो समस्या निर्वाचन सकिएलगत्तै त्यतिकै सेलाएर जाने गरेको स्थानीयवासीको गुनासो छ । नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालादेखि आमोदप्रसाद उपाध्याय समेतले निर्वाचन जितेको सो क्षेत्रको उक्त खोलामा अहिलेसम्म पक्की पुल निर्माण हुनसकेको छैन । आफ्नो समस्या सुनिदेलान् र सहज जीवनयापन होला भन्ने आशामा बस्दा पनि हिउँदमा बाँसको पुल र बर्खामा आकाशका भरमा बित्ने गरेको स्थानीयवासी बताउँछन् ।

निर्वाचनका समयमा गाउँमा आएर मीठा सपना बाँडेर चुनाव जित्ने अनि मुलुकको ठूला ठूला तह र तप्कामा पुग्ने गरे पनि आफूहरुले निर्वाचनताका गरेको आफ्नो हारगुहार पुनः पीडामा नै परिणत हुने गरेको राजवंशी बताउनुहुन्छ ।

हिउँदका समयमा यतिबेला भने बक्राहामा बनेको बाँसको पुलले स्थानीयवासीलाई आवतजावत गर्न सजिलो भएको छ । गोविन्दपुर– १ स्थित सो खोलामा करिब डेढ महिनायता बाँसको पुल सञ्चालनमा आएको हो । पुल स्थानीयवासी महोमद इनुसले आफ्नै लगानीमा निर्माण गर्नुभएको हो ।
करिब रु ६० हजारको लागतमा एक सय मि बाँसको पुल निर्माण गरिएको छ । उहाँका अनुसार गत असोजमा झन्डै एक सय १५ मि बाँसको पुल निर्माण गरिए पनि असोज २५ गते मध्यरातमा आएको बाढीले बगाएको थियो ।

पुलबाट दैनिक सरदर ४० देखि ५० जना मानिस ओहोरदोहोर गर्ने गरेका छन् । उहाँका अनुसार दिनमा ४० देखि ५० साइकल र ६० देखि ७० मोटरसाइकल वारपार हुने गरेका छन् ।

बाँसको पुलले हिउँदमा वारपार गर्न धेरै सजिलो भएको स्थानीयवासीको भनाइ छ । हिउँदमा बाँसको पुलले बक्राहा नदी तर्न सजिलो भए पनि बर्खामा भने इटहरा, राजघाट, गोविन्दपुर, हसन्दह र अमरदहका बासिन्दालाई उर्लाबारी वा डाइनिया पुग्नुपर्ने बाध्यता छ । आफूहरूले पटक पटक पुल निर्माणका लागि जिविसमा अनुरोध गरे पनि सम्बन्धित निकायले चासो नदेखाएको उनहिरुको गुनासो छ । रासस

वि.सं.२०७३ पुस ५ मंगलवार ०९:४० मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...