back
CTIZAN AD

दिल्लीमा अलपत्र परेका ५ सय नेपालीलाई खाना वितरण

वि.सं.२०७७ वैशाख १ सोमवार

780 

shares

१ बैशाख, नयाँ दिल्ली । अखिल भारत नेपाली एकता मञ्चका युवा नेता आरबी खड्काले भारतीय भाइचारा, प्रवासी नेपाली संगठन र केही भारतीय नेताहरूको सहयोगमा दिल्ली वरपर रहेका ५०० सय नेपालीहरूलाई दैनिक रुपमा बिहान-बेलुकाको खाना खुवाउन थालेका छन् ।

पटेल नगर, पहाजगंज, ओखला, गोविन्दपुरी, दक्षिण भारतबाट दिल्लीमा अलपत्र परेका २६ जना छत्तरपुर रौतहट निवासी झन्डै पाँच सय भन्दा माथि अलपत्र परेका तथा नाबी करीम, पहाडगंज, नई दिल्ली, लगायतका स्थानमा ३ सय जनालाई खाना खुवाउने काम भइरहेको भन्दै खड्काले अब भने दैनिक छ सय जनालाई खाना खुवाइने बताएका छन् ।

खड्काले अखिल भारत नेपाली एकता मञ्चको पहलमा अल इण्डिया युनियन ट्याक्सी एसोसिएशन भारतका अध्यक्ष संजय सम्राट, सुपा देउराली टूर एण्ड ट्राभल्स, तुलाराम शर्मा, शोभाखर पन्थी, कृष्णा पौडेल लगायत भारतीय भाईचारामा सहयोग वितरण गरिएपनि लकडाउनका कारण विभिन्न स्थानमा गरिएका कडाइका कारण सबै स्थानमा पुग्न नसकिएको समेत बताएका छन् ।

त्यसैगरी दिल्लीमा आम आदमी पार्टीका केही विधायक, भाजपाका नेता र निगम पार्षदहरुसँग समन्वय भइरहेको र उनिहरुले आ–आफ्नो क्षेत्रमा आफ्ना नागरिक सरह नेपालीहरुलाई सहयोग गर्ने आश्वासन दिएको खड्का बताउँछन् । त्यसैगरि अहिलेको अवस्थामा कुनै नेपालीहरु विरामी परे उनिहरुको सहज उपचारका लागि केही अस्पतालहरुसँग पनि कुराहरु भइरहेको पनि खड्का बताउँछन् ।

वि.सं.२०७७ वैशाख १ सोमवार २२:१३ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...