back
CTIZAN AD

साउदीमा कोरोना संक्रमितको संख्या झण्डै पाँचहजार पुग्यो, ६५ जनाको मृत्यु

वि.सं.२०७७ वैशाख १ सोमवार

834 

shares

१ बैशाख, साउदी । साउदीमा कोरोना संक्रमितहरुको संख्या ४ हजार ९३४ पुगेको छ भने मृतकको संख्या ६५ पुगेको छ ।

साउदीमा आज ६ जनाको मृत्यु भएको छ भने आजै ४७२ जनामा नयाँ संक्रमण देखिएको छ । साथै उपचारपछि निको भएर घर फर्कनेको संख्या ८०५ पुगेको साउदी अधिकारीहरुले जानकारी दिएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार आज थप नेपालीमा संक्रमण भएको पाइएको छैन ।

त्यस्तै साउदीले हवाइजहाज, रेल तथा बस लगायतका सार्वजनिक यातायातका साधनहरुबाट एक स्थानबाट अर्को स्थानमा सजिलै र शीघ्र यो रोगको संक्रमण हुने भएकाले अहिले नियमित हवाइसेवा तथा अधिकांश सार्वजनिक यातायातहरु यथावतरुपमा बन्द रहेको छ ।

हवाई जहाजको यात्रा गरेकाहरुमा २ हप्ता भन्दा लामो समयसम्म पनि यो भाइरस शुसुप्त अवस्थामा रहने देखिएको बुझिएको छ ।

त्यसैगरी व्यक्तिगत स्पर्श र व्यक्ति व्यक्तिबीच आवश्यक दुरी कायम नहुँदा संक्रमण एक व्यक्तिबाट अर्कोमा शीघ्र हुने हुँदा सामाजिक दुरी कायम गर्न आवश्यक छ भनिएको छ । यसलाई पूर्णरुपमा मनन गरी संक्रमणको यो संकटको समयमा जहाँ छौ त्यहाँ सुरक्षित बसौँ भनेर सबै नेपालीलाई सर्तक बनाएको छ ।

वि.सं.२०७७ वैशाख १ सोमवार २१:५० मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...