back
CTIZAN AD

भारतमा तिब्र रुपमा बढ्दै कोरोना संक्रमणः ९ हजार बढीमा संक्रमण, ३५१ को मृत्यु

वि.सं.२०७७ वैशाख १ सोमवार

876 

shares

१ बैशाख, काठमाण्डौं । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारी यतिबेला भारतमा पनि तिब्ररुपमा बढिरहेको छ ।
भारतको परिवार तथा कल्याण स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ९ हजार १५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने ३५१ जनाको मृत्यु भएको छ ।

मन्त्रायलका संयुक्त सचिव लव अग्रवालले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतभरी ७९६ नयाँ केस देखिएको छ । यसबीचमा ३५ जनाको मृत्यु भएको छ भने २४ घण्टामै १४१ जना निको भएको पनि बताइएको छ । भारतभरी अहिलेसम्म कोरोना संक्रमित भएका मध्ये ८५७ जना उपचारपछि निको भएको बताइएको छ ।

कोरोनाको कारण भारतमा २२ दिनको अन्तरालमा ९ हजार बढी संक्रमित भएको पाइएको हो । जसमा सबैभन्दा बढी आइतबार ४० जनाको मृत्यु भएको थियो भने, सोमबार मात्र १४ जनाको ज्यान गएको को समाचार छ ।

भारतमा अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा १६० जना संक्रमितको मृत्यु भएको छ । मध्ये प्रदेशमा ४५, गुजरातमा २६, तेलंगनामा १६, दिल्लीमा २४, पंजाबमा १२, तमिलनाडुमा ११, राजस्थान ११, पश्चिम बंगालमा ७, आन्ध्र प्रदेशमा ७, कर्नाटक ६, उत्तर प्रदेश ६, जम्मु कश्मिर ४, हरियाणा ४, हिमाञ्चल २, केरला ३, बिहार १, चंडीगढ २, आसाम १, झारखण्ड २ र उडिसामा १ जनासहित १५१ जनाको मृत्यु भएको हो ।

२१ दिनका लागि लकडाउन गरिएको भारतमा आज लकडाउनको २० दिन पुगेको छ । भारतमा लकडाउनको समय भोली सकिने छ । लकडाउन थपिने या नथपिने भन्ने बारेमा भोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन् ।

वि.सं.२०७७ वैशाख १ सोमवार २१:३२ मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...