back
CTIZAN AD

वनको बाघले होइन, मनको बाघले खानेमा चिन्ता नगरौँ

वि.सं.२०७७ वैशाख १ सोमवार

753 

shares

१ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वनको बाघले होइन, मनको बाघले खानेमा चिन्ता गर्नु नपर्ने बताएका छन् ।

काठमाडौँबाट प्रसारित एक टेलिभिजनसँगको विशेष अन्तरवार्तामा उनले अहिलेको विपद् र महामारीसँग लड्न राष्ट्रिय सहमति र समझदारी जरुरी भएकोमा पुनः जोड दिएका छन् ।

अहिले सामान्व अवस्था नरहेको र भोलि कुन संकट पर्ने हो निश्चित नभएको अवस्थामा विपत्तिसँग लड्ने, सहमति बनाउने र पारदर्शिताको अपनत्व लिने क्रममा पनि दलहरु बीच सहमति र समझदारी आवश्यक भएको उनले बताएका हुन् ।

‘यस्तो सहमति र समझदारीका लागि बन्ने संयन्त्र प्रधानमन्त्रीकै नेतृत्वमा बनाउने भनेको हो, यसले सरकारको संरचनामा कुने प्रभाव पु¥याउने शंका गर्नुपर्दैन’, उनले भनेका छन् ।

सर्वदलीय संयन्त्रका बारेमा पार्टी अध्यक्ष केपी ओली र तपाई बीच मतभेद भएको हो ? भन्ने प्रश्नमा उनले भनेका छन् ‘हामीमा त्यस्तो मतभेद छैन, मैले उहाँलाई लागेको कुरा भनेको हुँ । प्रधानमन्त्री हुनुहुन्छ । म आशावादी छु । तर म भएको भए यस्तो सयन्त्र बनाउन लागि हाल्थेँ । पार्टीमा अरु विषयमा फरक मत हुन सक्छन् तर ती विषय अहिले बोल्ने बेला होइन ।’

सरकारका कमजोरीको समिक्षाका बारे सोधिएको अर्को प्रश्नमा प्रचण्डले भनेका छन् ‘सरकारले मुलभूत रुपमा ठिकै गरेको छ । जनस्तरमा उठेका सवालहरु बारे प्रधानमन्त्री स्वयम्ले छानविन गर्छु भन्नु भएकोले यो विषय अहिले उठाउनु सान्दर्भिक छैन ।’

नचाहिँदो शंका गरेर हल्ला फैलाउनेहरु प्रति दुःख व्यक्त गर्दै प्राइम टेलिभिजनमा ऋषि धमलासँग उनले तत्काल सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको बताउँदै भनेका छन् ‘वनको बाघले भन्दा मनको बाघले खाएको जस्तो देखियो ।

वि.सं.२०७७ वैशाख १ सोमवार २१:११ मा प्रकाशित

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...