back
CTIZAN AD

कोरोनाका कारण युकेमा आज पनि एक नेपालीको मृत्यु, मृतकको संख्या ११ पुग्यो

वि.सं.२०७७ वैशाख १ सोमवार

762 

shares

१ बैशाख, बेलायत । बेलायतमा आज पनि कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु भएको छ ।
शनिबारमात्रै कोरोनाका कारण स्याङजाका याम बहादुर मल्ल र पोखराकी पुष्पा घलेको मृत्युको पीडा सेलाउन नपाउँदै फेरि बेलायतबासी नेपालीमा अर्को पीडा थपिएको छ ।

सोमबार (१३ अप्रिलमा) कास्कीको घान्द्रुकका ६५ वर्षीय लक्षिन गुरुङ (पूर्व गोर्खा सैनिक जि.आरका आर्मी नं २११६०७३०) को मृत्यु भएको हो ।
घान्द्रुक डब्लुटू नेपाल कपका पूर्ब चर्चित फुटबल खेलाडी समेत रहेका गुरुङ बेलायतको रेडिङमा बस्दै आएका थिए ।

१२ दिनदेखि रेडिङस्थित बक्सायर अस्पतालमा उपचाररत रहेका गुरुङको उपचारका क्रममा आज बिहान निधन भएको हो ।

पछिल्लो केही साता बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या बढ्दै गएको छ ।

लिला बहादुर राई, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राई, म्याग्दीका कुल बहादुर फगामी, चितवनका प्रशान्त अर्याल, बाग्लुङका कर्ण बहादुर क्षेत्री, स्याङजाका यम बहादुर मल्ल र पोखराकी पुष्पा घलेसहित ११ जनाको मृत्यु भएको समाचार संसारन्युजले प्राप्त गरेको छ ।

बेलायतमा कोरोना संक्रमणका कारण एक नेपाली चेलीको निधन

वि.सं.२०७७ वैशाख १ सोमवार २०:११ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...