back
CTIZAN AD

काठमाण्डौंको सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका

वि.सं.२०७७ वैशाख १ सोमवार

774 

shares

१ वैशाख, काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ए बिल्डिङमा एकै परिवारमा तीन जनामा कोरोना आशंका गरिएको छ । र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो ।

उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको पाटन अस्पतालले जानकारी दिएको छ ।

उनीहरु चैत्र ५ गते अघि मात्र बेलायतबाट फर्केको सनसिटीमा बस्ने एक छिमेकीले बताए । उनीहरुमा कोरोनासँग मिल्दो लक्षणहरु देखिएपछि यापिड टेष्ट गरिएको थियो । बेलायतबाट फर्किएपछि १४ दिनको क्वारेन्टिन पुरा गरेपछि उनीहरु परिवारसँग बस्न थालेका थिए ।

उनले अपार्टमेन्टमा जान आउनका लागि लिफ्टको प्रयोग हुने हुँदा अपार्टमेन्टमा रहेकाहरु सबैको र्‍यापिड टेष्ट गर्नुपर्ने बताइएको जानकारी समेत उनले दिए ।

र्‍यापिड टेस्टमा आएको नतिजा सही नहुन पनि सक्ने हुँदा आफूहरु उनीहरुको स्वाब नमुना पिसीआर पोजिटिभ नआइदिओस् भनेर कामना गरेको ती छिमेकीको भनाइ छ ।

तीनजना आशंकितलाई अस्पताल लगिएसँगै प्रहरीले सनसीटीका सबै अर्पाटमेन्ट सिलबन्दि गरिएको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

वि.सं.२०७७ वैशाख १ सोमवार २०:०२ मा प्रकाशित

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...