नेपालमा कोरोना संक्रमण सिद्धान्ततः तेस्रो चरणमा प्रवेश गर्दैछ । यो चरण रोक्नको लागि फरक ढंगले ब्यबहार तथा काम गर्नु अत्यावश्यक छ । असल सरकार, असल स्थानीय निकाय तथा असल नागरिक बन्नको लागि हामी सबै आफ्नो ठाउँमा जिम्मेवार बनौं ।
हरेक स्थानीय निकायले उच्च ज्वरो, सुख्खा लहरे खोकी तथा सास फेर्न गाह्रो भएका व्यक्तिलाई अनिबार्य २–३ हप्ता क्वारेन्टाइनमा राख्ने र । परिक्षण पर्खेर नबस्ने ।
-RDT अर्थात किटले ३० प्रतिशत गलत रिपोर्ट देखाउन सक्छ । तसर्थ माथिका लक्षण छन् तर किटमा नेगेटिभ आयो भने पनि २–३ हप्ता क्वारेन्टाइनमा बसौं । त्यो फल्स नेगेटिभ हुनसक्छ ।
-RDT पोजिटिभ आयो तर लक्षण देखिएन भनेपनि क्वारेन्टाइनमा बसौं
– PCR मा पोजिटिभ देखिएमा आइसोलेसनमा राखौं । लक्षण देखिएको छ तर PCR नेगेटिभ देखिएमा होम क्वारेन्टाइनमा बसौं ।
– हरेक स्थानीय निकायले आफ्नो पालिकामा कोरोना अस्पताल र ज्वरो तथा रुघा क्लिनिक तोकौं, निर्माण गरौँ ।
– हरेक प्रदेशले प्रत्येक जिल्ला सदरमुकामका कोरोना अस्पताल तथा जनरल अस्पताल तोकेर तदनुसार सेवा संचालन गरौँ । निजि अस्पतालमा बाध्यकारी ब्यबस्था गरौँ ।
– स्वास्थ्यकर्मीलाई गुणस्तरीय PPE लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएर सुरक्षित तथा उच्च मनोबलयुक्त बनाऔं ।
– अबका दिनहरुमा कोरोना संक्रमणको संख्या बढ्दै जानेछ । भौतिक तथा मानसिक रुपमा तयार बनौं । कोरोनाको मृत्युदर निकै कम छ । हामी कोरोनासंग लड्न सक्छौं ।
-लक डाउनलाई कर्फ्युको स्तरमा कडा गरौँ । बिहान, बेलुका र भित्री बस्तीमा प्रहरी परिचालन बढाउने ब्यबस्था गरौँ । उल्लङ्घन गर्नेलाई फाइनको ब्यबस्था गरौँ ।
– आइसोलेसन र क्वारेन्टाइनबाट मान्छेहरु भाग्ने क्रम रोकिएको छैन, त्यसैले त्यस्ता केन्द्रमा प्रहरी खटाऔं । क्वारेन्टाइन सेन्टरलाई बसौं बसौं लाग्ने बनाऔं । जेलजस्तो नबनाऔं ।
– हामी नागरिकले राजनैतिक विवाद गरेर सामाजिक संजाल प्रदुषित नगरौं । सबैजना जनजागरणमा लागौं । भ्रष्ट्राचार र ढिलासुस्ती जहाँ हुन्छ, खबरदारी गरौँ । यो राजनीति गर्ने समय हैन, आफु बाँच्ने र आफन्तलाई बचाउने समय हो ।
– निम्न आय भएका व्यक्तिलाई सबैले सहयोग गरौँ । कसैले खान नपाए, बस्न नपाए, बिरामी भए नजिकको वडा कार्यालय वा प्रहरी चौकीमा गएर आफ्नो समस्या राखौं । तर धेरै दिन हिंडेर गाउँ जाने जोखिम नबोकौं ।
– भ्रष्ट्राचार तथा कालोबजारी गर्ने जो सुकै होस्, तत्काल बर्खास्त तथा कारबाही गरौँ ।
-१ बर्षको लागि दैनिक उपभोग्य सामान तथा औषधिको स्टक प्रत्येक प्रदेशमा राखौं ।
डा. रवीन्द्र पाण्डेको सरकारसँग सवाल ‘के हाम्रो मानवता मरेको हो ?’
वि.सं.२०७७ वैशाख १ सोमवार २२:३५ मा प्रकाशित