back
CTIZAN AD

डा. रवीन्द्र पाण्डेको सरकारसँग सवाल ‘के हाम्रो मानवता मरेको हो ?’

वि.सं.२०७६ चैत २९ शनिवार

1.2K 

shares

२९ चैत्र, काठमाडौँ । कोरोना भाइरस(कोभिड –१९) बाट कसरी सुरक्षित रहने, कसरी सर्तक रहन सकिन्छ भन्दै विभिन्न सुझाव दिँदै आएका जनस्वास्थ्य विज्ञ डा, रवीन्द्र पाण्डेले सरकारसँग सवाल गरेका छन् ।

उनले आफूले देखेका केही दृश्यले आफूलाई छट्पटि बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकारलाई निम्न वर्ग र सबै जनतालाई समान व्यवहार गर्न समेत आग्रह गरेका छन् ।

उनले सरकारसँग यसरी आक्रोशसमेत पोखेका छन् । उनले भनेका छन् ‘यो महाबिपतमा काम नलाग्ने सरकार जनतालाई किन चाहियो ? उनीहरुको मन कति भाँचिएको छ होला ? राजनैतिक इगोको कारण निम्न बर्गका जनतालाई यस्तो सजायं दिनु पाप हैन र ?’

उनी भन्छन् : 
‘प्रिय सरकार, के हाम्रो मानवता मरेको हो ?

केहि क्षण अघिं आदरणीय : Mukunda Adhikari  मुकुन्द अधिकारी दाइले भन्नुभयो – ‘ राति ११.३० बजे सयौं मान्छेहरु पोको र केटाकेटी बोकेर तिनकुने – कोटेश्वर हुँदै हिंडिरहेका थिएँ । त्यो अँध्यारो र चिसो रातमा सुत्केरी महिला बाटोमा बसेर २–३ महिनाका बच्चालाई दुध चुसाउन प्रयत्न गरिरहेका थिएँ । सुत्केरीले खान नपाएर होला, दुध नआएर शिशुहरु रोइरहेका थिएँ । त्यो दृश्य र चिच्याहटले मलाइ रातभर निद्रा लागेन । ‘लौन ! सरकारलाई सबैले ध्यानाकर्षण गरौँ ।’

मैले पनि एक महिना पहिलेदेखि भनिरहेको थिएँ । उनीहरुको ब्यथा सुन्दा मेरो मन रोएको थियो ।

बिरामी भएर उपचारको लागि सिमित पैसा बोकेर काठमाडौ आएका मान्छे, बिरामीका कुरुवा, दैनिक ज्यालादारी गरेर आफ्नो तथा बालबच्चाको हातमुख जोडेका, बाटोमा ससाना ब्यापार गरेर जीविका चलाएका, फलफुल तरकारी बेच्ने, कोरोनाले गर्दा बेरोजगार भएका तथा ज्यान परिवार पाल्न नसक्ने बर्गलाई कि सरकारले पाल्नु पर्यो कि उनीहरुको गाउँमा पुर्याउनु पर्यो । त्यस्ता लाखौँ व्यक्ति भोकले मर्ने अवस्था छ । त्यो सरकारले बुझोस् ।

उनीहरुलाई गाउँ पुर्याएर क्वारेन्टाइनमा राख्न सकिन्छ । त्यसपछि आफ्नो खेत, बारी जे छ, खनखोरस गरेर प्राणलाई धान्ने थिए ।

के सरकार यतिविधि कृतघ्न र गैह्रजिम्मेवार हुन मिल्छ ? के सत्तामा पुगेपछि सबै जनता आफुजस्तै कालिज र बँदेल खान सक्छन भन्ने सोंच छ, सरकारको ? भोलि भोट माग्न ती जनतासंग फेस हुने नैतिक बल नेतासंग रहला ? बिदेशका सरकारले आफ्ना नागरिकलाई चार्टर गरेर धमाधम लागिरहेका छन् । के हाम्रो सरकारले ३ दिन बस चलाएर आफ्नो गाउँ पुर्याउन नसक्ने भयो ?

दैनिक हजारौं मान्छे मध्यरातमा ४–५ दिन लगातार पैदल हिंडेर गाउँतर्फ लागिरहेका छन् । उनीहरुले बाटोमा के खालान् ? कहाँ सुत्लान ? बिरामी भए के गर्लान ? बालबालिका, गर्भवती, सुत्केरी, बिरामी तथा बृद्धबृद्धाको बाटोमा के हालत भएको छ होला ?

यो महाबिपतमा काम नलाग्ने सरकार जनतालाई किन चाहियो ? उनीहरुको मन कति भाँचिएको छ होला ? राजनैतिक इगोको कारण निम्न बर्गका जनतालाई यस्तो सजायं दिनु पाप हैन र ?

सरकार, ‘भुइँमान्छेको आवाज सुनियोस् ।’
मैले सरकारको बिरोध गरेको छैन, ती असहायको पक्षमा बोलिरहेको छु ।’
डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

वि.सं.२०७६ चैत २९ शनिवार १५:२३ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...