back
CTIZAN AD

स्वीडेनमा रहेका नेपाली संघसंस्थाको अपिल, बनाए यस्तो संयुक्त कार्ययोजना

वि.सं.२०७६ चैत २९ शनिवार

798 

shares

११ अप्रिल । कोरोना भाइरसको संक्रमणको यो बेला स्वीडेनमा क्रियाशिल नेपाली संघसंस्थाहरु संयुक्त रुपमा जुट्न थालेका छन् । स्वीडेनमा क्रियाशील जनसम्पर्क समिती स्वीडेन, प्रवासी नेपाली एकता मञ्च स्वीडेन र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनले संयुक्त रुपमा बैठक बसी संयुक्त कार्ययोजना समेत बनाएका छन् ।

बैठकमा कोरोना भाइरसको संक्रमणले नेपाली समुदायमा हाल पारेको तत्कालिक प्रभाव तथा भबिश्यमा नेपाली समुदायमा पर्न सक्ने असर र प्रभाव बारे संयुक्त रूपमा छलफल र समिक्षा गरिएको बताइएको छ ।

बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले अत्याबश्यक परेकाहरुका लागि हाल सानो सहयोगको प्याकेज (५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन, एक प्याकेट बेसार तथा हात धुने साबुन) निःशुल्क वितरण गर्ने निर्णय गर्दै सहयोगका यस्ता किसिमका प्याकेजहरु आवश्यकता अनुसार सहयोग हुँदै जाने बताइएको छ ।

साथै सम्भावित स्वास्थ्य समस्यालाई ध्यानाकर्षण गर्दै स्वीडेन सरकारको रजिस्टर हुनबाट बन्चित नेपालीहरु वा अन्य कसैलाई समस्या परेमा यस आपतकालीन सहयोग कमिटीमा तुरुन्त सुचित गर्नु हुन समस्त नेपालीहरुलाई अनुरोध गरिएको छ ।

सम्पर्कका लागि संस्थाका जिम्मेवार व्यक्तिहरुको नाम र सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ ।

सूचनामा भनिएको छ :

“स्वीडेन स्थित नेपाली समुदायमा सार्वजनिक सुचना तथा अपिल !

आदरणीय स्वीडेनबासि नेपाली दाजु भाई तथा दिदिबहिनि हरु,
स्वीडेनमा क्रियाशील विभिन्न संघ संस्थाहरु (जन सम्पर्क समिती स्वीडेन, प्रवासी नेपाली एकता मञ्च स्वीडेन र गैर(आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेन) का वर्तमान तथा निबर्तमान प्रतिनिधिहरुको ७ अप्रिल २०२० मा बसेको संयुक्त विद्युतीय बैठकले कोरोना भाइरसको संक्रमणले नेपाली समुदायमा हाल पारेको तत्कालिक प्रभाव तथा भबिश्यमा नेपाली समुदायमा पर्न सक्ने असर र प्रभाव बारे संयुक्त रूपमा छलफल र समिक्षा गरेको छ ।

COVID-19  को प्रत्यक्ष प्रभावलाइ मध्य नजर गर्दै माथि उल्लेखित तिन वटै संस्थाले संयुक्त रूपमा स्वीडेनमा अवस्थित नेपाली समुदायका नेपालीलाई यस स्थितीमा पर्न सक्ने हरेक किसिमका सहयोगको लागि हातमा हात मिलाइ सहयोग गर्ने प्रतिबद्धता यहाँहरुलाई अबगत गराउन चाहन्छौ । यसका साथै यस संयुत्त बिज्ञप्ति मार्फत अत्याबश्यक परेकाका लागि हाल सानो सहयोगको प्याकेज (५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन, एक प्याकेट बेसार तथा हात धुने साबुन) निशुल्क वितरण गर्ने घोषणा गरिएको छ । सहयोगका यस्ता किसिमका प्याकेजहरु आवश्यकता अनुसार सहयोग हुँदै जाने कुरा पनि यहाँहरुलाई अवगत गराउन चाहन्छौ ।

स्वीडेन भरि छरिएर रहेका सबै नेपालीहरुको समस्यालाइ दिर्घकालिन रुपमा समाधान गर्न समुदायका हरेक सदस्यले आफ्नो सम्बन्ध, सम्पर्क तथा पहुँच प्रयोग गरि, यो सुचना समुदायमा प्रवाह गर्ने समेत निर्णय भएको छ । सम्भावित स्वास्थ्य समस्यालाई ध्यानाकर्षण गर्दै स्वीडेन सरकारको रजिस्टर हुनबाट बन्चित नेपालीहरु वा अन्य कसैलाई समस्या परेमा यस आपतकालीन सहयोग कमिटीमा तुरुन्त सुचित गर्नु हुन समस्त नेपालीहरुलाई अनुरोध गरिन्छ ।

यहाँहरूले आफ्नो जटिल स्थितिमा आफ्ना समस्याहरु निर्वाध रुपमा आपतकालीन सहयोग कमिटीका कुनै पनि सदस्यलाई राख्न सक्नु हुनेछ। स्मरण रहोस् यहाँहरूको परिचय गोप्य रहनेछ।

आपतकालीन सहयोग कमिटीमा निम्न सदस्यहरू रहेका छन्:
नबिन थपलिया – 0739439055
– दिनेश श्रेष्ठ- 0723330999
– राम शरण ढकाल- 0739891698
– राज कुमार पाठक- 0739973799
– अर्जुन कुमार श्रेष्ठ- 076-291 83 98
– चिरन्जिबी खरेल- 0735460388
– देव भट्टराई- 0763134146
– नबराज रेग्मी- 073-971 62 49
– बिमल कुमार कार्की- 076-153 39 46

बिनित

गैरआवासीय नेपाली संघ, स्वीडेन
नेपाली जनसम्पर्क समिति, स्वीडेन
प्रवासी नेपाली एकता मंच, स्वीडेन

वि.सं.२०७६ चैत २९ शनिवार १६:१७ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...