back
CTIZAN AD

कोरोना अपडेट : अमेरिकामा एकै दिन २४०७ को मृत्यु, नेपालमा संक्रमितको संख्या १६ पुग्यो

वि.सं.२०७७ वैशाख ३ बुधवार

936 

shares

३ वैशाख, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख ३ (सन् २०२० अप्रिल १५) बिहान ८.०२ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १९ लाख २४ हजार ६ सय ७९ मानिसमा कोरोना भाइरस सल्केको छ । अघिल्लो दिनको तुलनामा थोरै बढेको छ । बुधबारमात्र ७३४३२ जना नयाँ बिरामी थपिएका छन् भने कूल मृत्युसंख्या १२६,६०४ रहेकोमा पछिल्लो चौबिस घण्टामा ६९१२ जनाको मृत्यु भएको छ ।

निको भएर घर फर्किएकाहरु संख्याको ४७८,६५९ छ भने उपचाररत बिरामीको संख्या १,३९२,८४८ रहेको छ । जसमध्ये १,३४१,२४० को अवस्था मध्यम छ भने ५१,६०८ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ६३१,८८६ पुगेको छ भने २६,९४५ को मृत्यु भएको छ । अमेरिकामा अघिल्लो दिन २३६४० संख्या रहेकोमा बुधबार बिहान यो संख्या २६०४७ पुगेको छ । यसरी हेर्दा अघिल्लो दिनको तुलनामा एकै दिन २४०७ जनाको मृत्यु भएको छ ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश बनेको छ । अघिल्लो हप्तादेखि इटालीमा मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १ लाख ६२ हजार ४ सय ८८ रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनमा मंगलबार ४६ नयाँ बिरामी थपिएका छन् । १ जनाको मृत्यु भएको छ । चीनमा प्रभावितको संख्या ८२२९५ रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो, इटाली दोस्रो, स्पेन तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं, बेल्जियम सातौँ र चीन आठौँ क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा संक्रमितको संख्या नियमित बढेको छ । मंगलबार थप दुई जनामा कोरोना भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको छ । मंगलबारसम्म ५,६९१ जनाको परीक्षण भएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएसकेका छन् भने हाल १३ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवतीको चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन तेस्रो हप्तासम्म लम्बिएर आगामी वैशाख ३ गते सकिँदैछ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

अर्को छिमेकी देश भारतमा संक्रमितको संख्या बढीरहेको छ । आइतबारसम्म ११,४८७ जना संक्रमित रहेको र ३९३ जनाको मृत्यु भएको देखिन्छ ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख ३ बुधवार ०८:२७ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...