back
CTIZAN AD

अमेरिकामा रहेका सामाजिक अभियन्ता प्रा.डा पौडेलको निधन

वि.सं.२०७७ वैशाख ३ बुधवार

837 

shares

 ३ बैशाख, अमेरिका अमेरिकामा रहेका नेपालीहरुका अभिभावक तथा सामाजिक अभियन्ता प्रा.डा विष्णु पौडेलको निधन भएको छ ।

अमेरिकामा रहेका सवै नेपालीका लागि प्रेरक व्यक्तित्व तथा बिद्धान पौडेलको ८९ बर्षको उमेरमा बुधबार (अप्रिल १५) निधन भएको हो ।

५० बर्ष भन्दा अगाडि अमेरिका आएका प्रा.डा. पौडेल अत्यन्तै क्रियाशील र सक्रिय थिए । नेपाली समुदायमा सामाजिक अभियन्ताका रुपमा परिचित रहेका प्रा.डा. पौडेलले नेपाली लगायत विभिन्न एसियन अमेरिकन संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह समेत गरेका थिए ।

स्व. पौडेल अंग्रेजी, संस्कृत, नेपाली, हिन्दी लगायत अन्य केही स्थानीय भाषाका ज्ञाता रहेका थिए । पौडेलले साउथ एशिया क्षेत्रको नीति अध्ययनमा ह्वाइट हाउसलाई परामर्श दिने टोलीलाई दुई कार्यकाल नेतृत्व समेत गरेका थिए । उनी नेपाल शिक्षा तथा सांस्कृति केन्द्र (एनईसीसी) को बोर्ड अफ ट्रस्टी (गुठी सदस्य) पनि रहेका थिए ।

उनले भर्जिनियाको फेयरफ्याक्स स्थित चर्चित दुर्गा मन्दिरको संचालन समितिमा दुई कार्यकालसम्म नेतृत्व गरेका थिए ।

नेपालवाट धेरै पहिले अमेरिका आउनेमध्येका एक स्व. पौडेललाई समुदायले सदैव एक बौद्धिक व्यक्तित्वको रुपमा हेर्ने गथ्यो । तार्किक शक्ति, प्रवचन, ज्ञानगुनका कुरामा निकै गहिरो ज्ञान राख्ने पौडेलको निधनले नेपाली समुदायलाई अपूरणीय क्षति भएको छ र समाजले एक सामाजिक अभियन्ता गुमाएको छ ।

वि.सं.२०७७ वैशाख ३ बुधवार ०८:३८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...