back
CTIZAN AD

पुल्चोकमा अटोमेटिक स्यानिटाइजर मेसिन सञ्चालन

वि.सं.२०७७ वैशाख ३ बुधवार

828 

shares

३ वैशाख, काठमाडौँ। नेपाली युवा उद्यमी मञ्च चितवनले नारायणगढको पुलचोकमा शुद्धीकरण यन्त्र (अटोमेटिक स्यानिटाइजिङ मेसिन) सञ्चालनमा ल्याएको छ ।

लकडाउनका बेला पनि बाटामा हिड्ने बटुवा देखि अलपत्र परेकाहरुलाई सहयोग गर्दै आएको मञ्चले कोरोना भाइरसको जोखिम कम गर्न अटोमेटिक स्यानिटाइजिङ मेसिन सञ्चालनमा ल्याइएको हो ।

मेसिन चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराईले शुभारम्भ गरे । उनले जनताको स्वास्थ्य सुरक्षाको जिम्मेवारी वहन गरेर युवा उद्यमीले निकै सकारात्मक काम गरेको भन्दै प्रशंसा गरे । चितवन भित्रीने बटुवा तथा सवारी साधनमा यात्रा गर्नेहरुलाई टनेलमा छिराएर सेनिटाईजर गरेपछि मात्र चितवन भित्र्याइने हुँदा यसले गर्दा चितवनमा संक्रमण फैलने दर कम हुने पनि उनले विश्वास व्यक्त गरेका ।

बटुवा तथा अत्यावश्यक काममा सवारी साधन लिएर हिँडेका यात्रुहरूलाई पूरै शरीर शुद्धीकरण गरी पठाउने उद्देश्यले मेसिन राखिएको मञ्चका अध्यक्ष दाताराम घिमिरेले बताए ।

नवलपरासी हुँदै चितवन आउने यात्रुहरू सो मेसिनमा सेनिटाइज भएर मात्र प्रवेश गर्न पाउँछन् । मेसिनमा एकचोटिमा ४ जना व्यक्ति छिर्न सकिन्छ भने  १० सेकेन्डमा पुरै शरीरलाई अटोमेटिक सेनीटाइज गर्दछ ।  शुद्धीकरणका लागि १ हजार लिटर पानीमा ५०० एमएल स्यानिटाइज केमिकल मिसाउने गरिन्छ ।

नेपाली युवा उद्यमी मन्चको पहल र भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय र उद्योग वाणिज्य संघ चितवनको समन्वय र सहजीकरणमा मेशिन निर्माण गरिएको मञ्चका पूर्व अध्यक्ष निरन्जन न्यौपानेले जानकारी दिए ।

यो मेसिनका लागि मञ्चले करिब डेढ लाख खर्च गरेको बताएको छ ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १९:०७ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...