back
CTIZAN AD

तनाव थप्दैछ अमेरिकाः डब्लुएचओका महानिर्देशक बारे यस्तो प्रचार

वि.सं.२०७७ वैशाख ३ बुधवार

921 

shares

३ बैशाख, काठमाण्डौं । परिस्थितिले वा बाध्यताले पारेपछि सहनु बाहेकको विकल्प छैन । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनतामाथि अर्को तनाव थपिरहेका छन् ।

माटो र राष्ट्रका लागि अडान लिने उनको शैलीकै कारण उनी राष्ट्रपति पनि भए । तर जिद्धि, हठ र अराजक स्वभावले उनीसँग अहिले विश्वमात्र चिढिएको छैन, स्वयम् अमेरिकी जनतामा उनीप्रतिको मोह भंग हुँदै गएको छ ।

संसारकै स्वास्थ्य र मानवतामा समर्पित विश्व स्वास्थ्य संगठनमाथि उनले चाहिदो नचाहिँदो आरोप लगाउँदै आएका छन् । उनले विश्व स्वास्थ्य संगठनका महोनिर्देशक डा ट्रेडोस आधानोमलाई गर्नु नगर्नु गाली गरेका छन् । उनको बोली र प्रतिक्रियालाई आधार मान्दै डा. ट्रेडोसलाई ‘वुहानमा रोग छेक्न भन्दा चीनको इमेज रक्षागर्न लागेको शुरुमा प्रचार भयो । त्यसपछि डब्लुएचओको निर्देशन नमान्ने मनोविज्ञान संप्रेषण गरियो, जसका कारण अमेरिका झन ठूलो थलामा पर्यो । डब्लुएच ओ गाइडलाइन धेरै लत्याइए । डब्लुएचओमाथि तेस्रो प्रहार भयो । अब पैसा किन दिने ? यसपछि चौथो प्रहार भयो ‘दूध खुवाएर ढाडे विरालो पालिदैन ।’ आदि इत्यादी धेरै प्रहारहरु भए । मंगलबारसम्म आइपुग्दा त सहयोग रोक्ने चेतावनी प्रष्टै सम्प्रेषण भएको छ ।

 

उता चीनसँग चिढिने र अमेरिकासँग लहसिने विश्लेषक र पत्रकारहरुले कार्टुनिष्टहरु प्रयोग गरी महानिर्देशक ट्रेडोस चिनियाँ कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको संप्रेषण गरेका छन् । फेब्रअरी ४ मै हङकङका ३१ वर्षीय युरीक चोले सार्वजनिक गरेको स्केच फोटोलाई अहिले अमेरिकी पक्षधरले फैलाएका छन् । फोटो अफ द डे, फोटो अफ द विक, फोटो अफ द मन्थ भन्दै डा ट्रेडोसले आँखामा सिपीसीको झण्डावाला पट्टी लगाएको र त्यसमाथि सर्जिकल चश्मा लगाएर बोलिरहेको फोटो निकै प्रचारमा ल्याइएको छ । ‘चीनले गरेको प्रयास र पादर्शिताबारे सहि बोलेको’ कारण ट्रम्प उत्तजेति भएको विश्लेषण पनि यतिबेला गरिएको छ ।

ताइवान न्युजले हङकङको स्केचलाई प्रचार गरेर शुरु गराइएको यो कच्चि खेलले अमेरिकालाई नै घाटा पुग्ने विश्लेषण पनि भइरहेका छन् । घमण्ड र उसको मनोवल गिराउन जे पनि बोल्ने ट्रम्पलाई विश्व मानव समुदायले राम्रो मानेका छैनन् । तस्बिर ऐजेन्सी

वि.सं.२०७७ वैशाख ३ बुधवार १९:१८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...