५ बैशाख, काठमाडौँ । भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्मा दुबईको क्रिकेट एकेडेमी “क्रिक किंग्डम” का ब्रान्ड एम्बेसडर बनेका छन ।
हाल कोरोना भाइरसको महामारीले गर्दा विश्वका सबै खेलकुद कार्यक्रमहरु स्थगित गरिएको छ । कोरोना भाइरसको महामारी सकिए पछि यस एकेडेमीले क्रिकेटको बारेमा अनलाइन कोचिंग उपलब्ध गराउने छ ।
यस क्रिकेट एकेडेमीका मेंटर भारतका फास्ट बलर धवल कलकर्णी रहेका छन ।
यस अनलाइन प्लेटफर्ममा २० भन्दा बढि कोचहरु सामिल रहने छन जसले जुनियर र अन्तराष्ट्रिय स्तरमा आफ्नो नाम कमाई सकेका छन ।
वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०९:५४ मा प्रकाशित






























